Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

संसदमा एकअर्काप्रति व्यंग्य बाण

भाव पनि फरक फरक

Leaders.jpg

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेपछि संसदमा व्यंग्य बाण शुरु भएको छ । संसदमा बोल्ने क्रममा नेताहरुले एकअर्का विरुद्ध कटाक्ष र व्यंग्य बाण हानेका हुन् । 
अविश्वास प्रस्तावका प्रस्तावक एवं नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई ‘सेल्फसेन्ट्रिक’ भएको आरोप लगाए । उनले सरकार गठनको समय वित्दै जाँदा प्रधानमन्त्री ओली संघियता, धर्म निरपेक्षता र गणतन्त्र विरोधी हुँदै गएको आभाष भएको बताए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले ओली नेतृत्वको सरकारले आन्दोलनरत पक्षका मुद्धा सम्बोधन गर्न वेवास्ता गरेको, कालोबजारी, भ्रष्टाचार र मंहगी नियन्त्रण गर्न नसकेको र भुकम्प पीडितलाई राहत दिन नसकेको आरोप लगाए । संसदमा बोल्ने अन्तिम वक्ता नेकपा एमालेका नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले अविश्वासको प्रस्ताव पेश गर्ने प्रस्तावक र राजनैतिक संयन्त्रका संयोजक पुष्पकमल दाहाल एकै हुन् कि होइनन् भन्नेमा आफु अन्यौलमा परेको भन्दै व्यंग्य गरे । उनले दुबै एकै व्यक्ति नहोस् भन्दै उनिमाथि व्यंग्य बाण प्रहार गरे । असार २८ गतेसम्म सरकारमा संगै रहने र अविश्वासको प्रस्तावमा सरकारले केही नगरेको भन्दा सबैलाई आश्चर्य लागेको समेत नेम्वाङले बताए ।

कार्यक्रममा प्रस्ताव पेश गर्दै बोल्ने क्रममा माओवादी केन्द्रका संयोजक दाहाल कहिले भावुक, कहिले आक्रमक र कहिले हस्यौली पारामा देखिन्थे । दोस्रो वक्ता काँग्रेस नेता निधि सामान्य रुपमा प्रस्तुत भए । सभामुखको जिम्मेबारी पुरा गरेपछि पहिलो पटक रोष्टममा उभिएर बोलेको भन्दै आप्mनो अभिव्यक्ति शुरु गरेका एमाले नेता नेम्वाङ भने हसिलो मुद्रामा प्रस्तुत भएका थिए । आफुप्रति कटाक्ष भईरहँदा प्रधानमन्त्री ओली मलिन भावमा देखिन्थे । काँग्रेस सभापति शेरबहादुर देउवा सामान्य भावमा देखिन्थे भने माओवादी केन्द्रका संयोजक दाहाल हाँसिरहेका थिए ।
बैठक शनिबार ११ बजेसम्म स्थगित
व्यवस्थापिका संसदको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । अर्को बैठक शनिबार विहान ११ बजे बस्ने छ । तीन दिन अविश्वास प्रस्तावमाथि छलफल हुने सभामुख ओनसरी घर्तिले संसदलाई जानकारी दिएकी छिन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडामा हुने ३ दिने युवा सम्मेलनको तयारी पुरा
Capture-1715087749.JPG

२५ बैशाख, हेटौैँडा । बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजनामा प्रदेशको...

मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

कांग्रेसद्वारा गण्डकी सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता
img-04-1715067683.jpg

२५ बैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1715067279.jpg

२५ बैशाख, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो...

मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

थप समाचार