७ साउन, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेपछि संसदमा व्यंग्य बाण शुरु भएको छ । संसदमा बोल्ने क्रममा नेताहरुले एकअर्का विरुद्ध कटाक्ष र व्यंग्य बाण हानेका हुन् ।
अविश्वास प्रस्तावका प्रस्तावक एवं नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई ‘सेल्फसेन्ट्रिक’ भएको आरोप लगाए । उनले सरकार गठनको समय वित्दै जाँदा प्रधानमन्त्री ओली संघियता, धर्म निरपेक्षता र गणतन्त्र विरोधी हुँदै गएको आभाष भएको बताए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले ओली नेतृत्वको सरकारले आन्दोलनरत पक्षका मुद्धा सम्बोधन गर्न वेवास्ता गरेको, कालोबजारी, भ्रष्टाचार र मंहगी नियन्त्रण गर्न नसकेको र भुकम्प पीडितलाई राहत दिन नसकेको आरोप लगाए । संसदमा बोल्ने अन्तिम वक्ता नेकपा एमालेका नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले अविश्वासको प्रस्ताव पेश गर्ने प्रस्तावक र राजनैतिक संयन्त्रका संयोजक पुष्पकमल दाहाल एकै हुन् कि होइनन् भन्नेमा आफु अन्यौलमा परेको भन्दै व्यंग्य गरे । उनले दुबै एकै व्यक्ति नहोस् भन्दै उनिमाथि व्यंग्य बाण प्रहार गरे । असार २८ गतेसम्म सरकारमा संगै रहने र अविश्वासको प्रस्तावमा सरकारले केही नगरेको भन्दा सबैलाई आश्चर्य लागेको समेत नेम्वाङले बताए ।
कार्यक्रममा प्रस्ताव पेश गर्दै बोल्ने क्रममा माओवादी केन्द्रका संयोजक दाहाल कहिले भावुक, कहिले आक्रमक र कहिले हस्यौली पारामा देखिन्थे । दोस्रो वक्ता काँग्रेस नेता निधि सामान्य रुपमा प्रस्तुत भए । सभामुखको जिम्मेबारी पुरा गरेपछि पहिलो पटक रोष्टममा उभिएर बोलेको भन्दै आप्mनो अभिव्यक्ति शुरु गरेका एमाले नेता नेम्वाङ भने हसिलो मुद्रामा प्रस्तुत भएका थिए । आफुप्रति कटाक्ष भईरहँदा प्रधानमन्त्री ओली मलिन भावमा देखिन्थे । काँग्रेस सभापति शेरबहादुर देउवा सामान्य भावमा देखिन्थे भने माओवादी केन्द्रका संयोजक दाहाल हाँसिरहेका थिए ।
बैठक शनिबार ११ बजेसम्म स्थगित
व्यवस्थापिका संसदको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । अर्को बैठक शनिबार विहान ११ बजे बस्ने छ । तीन दिन अविश्वास प्रस्तावमाथि छलफल हुने सभामुख ओनसरी घर्तिले संसदलाई जानकारी दिएकी छिन् ।
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















