Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

 रुपान्तरणका लागी परिवर्तन आवश्यकः मुख्य मन्त्री पौडेल

IMG_7898-1560320975.JPG

सुनिल शिवाकोटी
२९ जेठ, हेटोँडा । प्रदेश ३का मुख्य मन्त्री डोरमणी पौडेलले सामाजीक तथा आर्थीक रुपान्तरणका लागि परिवर्तन आवश्यक रहेको बताएका छन । 
 प्रदेश ३ सरकार मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयको आयोजनामा बुधबार हेटौँडा सुरु भएको  प्रदेश परिषदको दोश्रो २ दिने बैठकलाई सम्बोधनका क्रममा मुख्य मन्त्री पौडेले अझै पनि प्रदेश सरकार र स्थानिय सरकार पुरानो शैलीमा काम गर्दै गइरहेको बताउदै सामाजीक तथा आर्थीक रुपान्तरणका लागि परिवर्तन आवश्यक रहेको बताएका हुन ।
कार्यक्रमका प्रमुख अतिथि रहेको मुख्य मन्त्री पौडेलले प्रदेश तथा स्थानीय सरकारसंग साझा सहकार्य हुनुपर्ने भन्दै योजनाहरुमा प्राथिमिकिकरण आवश्यक रहेको बताए ।उनले हरेक बर्ष बैठम मात्र बसेर, योजना मात्र बनाएर नहुने भन्दै योजना कार्यन्वयनमा ध्यानदिनुपर्ने बताए । 
त्यसैगरी कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेले गराइमा र भनाईमा तालमेल नमिलेको बताउदै प्रदेश सरकार र स्थानिय सरकारको बिचको  एकताले मात्र संघीय व्यवस्था सफल हुने बताएका छन । उनले राज्य गरिबको लागि भएको तर सरकार तथा राज्यबाट आएको बजेटले तल्लो तहका नागरिकलाई समेटन नसकेको बताए ।मन्त्री जम्कट्टेले स्थानीय तह सुचनामैत्री नभएको कटाक्ष गर्दै उनले सबै तह प्रविधि मैत्री हुनुपर्ने बताए । 

त्यसैगरी कार्यक्रममा बोल्दै प्रदेश सभा प्रदेश नम्बर ३का सभामुख सानु कुमार श्रेष्ठले निति बनाउनु भन्दा कार्यन्वयनको पाटोमा चुनौती देखिएको बताए। उनले निति, नियम कार्यन्वयनको पाटो डिपरेसन भएको मानिस जस्तो देखिएको बताए । 
प्रदेश ३का मुख्य मन्त्री डोरमणी पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ३ सामाजिक विकास मन्त्री युवराज दुलाल,आर्थिक मामिला तथा योनजा मन्त्री कैलाश ढुंगेल,भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, उपसभामुख राधिका तामाङ्, मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रमुख सचिव आन्नद राज ढकाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, प्रदेश सभाका सचेतक तथा प्रदेश ३ का १३ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख,  महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउपालिका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको छ । 
भोलि बहिबार सम्म चल्ने बैठकमा प्रदेश राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगका अध्यक्ष तथा निति तथा योजना आयोगका उपाध्यक्ष सहित विभिन्न मन्त्रालयको सचिव तथा सहसचिवले ४ वटा बिषयमा कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ  ।  
 

IMG_7872-1560320975.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार