सुनिल शिवाकोटी
२९ जेठ, हेटोँडा । मकवानपुर जिल्लाका साथै हेटौँडा बजारमा देखिएको रसायनिक मलको अभाव हटदै गएको छ । कृषि सामग्री कम्पनी लिमिटेड हेटौँडा कार्यालय जिल्लाका विभिन्न स्थानमा मल पठाएपछि अभाव हटदै गएको हो ।
वैशाख ६ गते देखि मकवानपुर जिल्लामा मलको अभाव भइरहकोमा अवस्थामा २३ गतेपछि मल आएपछि अहिले बिस्तारै अभाव हटदै गएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय हेटोँडाले दाबी गरेको छ ।
खेलि लगाउने बेलामा जिल्लाभर तथा उपमहानगरपालिका भित्र देखिएको रसायनीक मलको अभावको बारेमा बुझन प्रस्ट खबर टिम हेटौँडा २ स्थीत सिद्धार्थ मार्गमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयमा पुग्यौ ।
सधै खेती गर्ने बेलामा किन मल अभाव हुन्छ भनेर सोध्दा कम्पनी हेटौँडा शाखा प्रमुख शर्मिला घिमिरेले किसानको माग र आपूर्तिबीचको खाडलले गर्दा नै मलको अभाव भएको बताउदै अब भोलीबाट बिस्तारै अभाव हटने बताइन ।
घिमिरेले मंगलबार १ सय ७० बोरा मल दिएकोमा बुधबार संख्या बढाएर जिल्लाभर १ हजार २ सय ९० बोरा मल पठाएको बताइन ।
जसमा मनहरी तर्फ ३ सय बोरा, हेटोँडा बजार सहित नगर भित्र ५८० बोरा, ईन्द्रसरोवरमा १ सय ६० बोरा, कैलाशमा १ सय बोरा, थाहानगरमा ८० बोरा र बकैयामा ७० बोरा मल पठाइएको भन्दै बाग्मती गाउँपालिकामा हालसम्म मलको माग नै नआएको बताइन ।
उनले जेठ २३ गते बाट २८ गते सम्म ८ हजार ६ सय बोरा मल आएको र आज बुधबार सम्म ८ हजार १ सय ५० बोरा जिल्ला तथ नगर भित्र पठाइसकेको बताउदै अब कृषि सामग्री कम्पनी लिमिटेड हेटौँडाको गोदाममा ४ सय ५० बोरा बाकि रहेको र त्यसलाई पनि आवश्यक परे वितरण गर्ने बताइन ।
यता हेटौँडा नगर भित्रका हेटौँडा ४ मा रहेको कृषक कृषी सहकारी लाई ५० बोरा,हेटौँडा २मा रहेको किसान कृषी सहकारी लाई ५०बोरा र हेटोँडा १० मा रहेको खेति किसान कृषि सहकारीलाई ५० बोरा मल वितरण गरिएको र अभावलाई मध्यनजर गरेर १ जना किसानलाई २५ किलोको दर मल दिने व्यवस्था गरिएको शाखा प्रमुख घिमिरेले बताइन ।
यता हिजो मंगलबार मलको अभाव भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा कृषि सामग्री कम्पनी लिमिटेड मकवानपुरका कार्यालय प्रमुख शर्मिला घिमिरे सहित उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष वासु खतिवडा सहितको टोलीले हेटौडा उपमहानगरपालिकाका ५ ओटा कृषि सहकारी संस्थामा मल वितरण कार्यको सम्बन्धमा अनुगमन गरेको थियो ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















