३० जेष्ठ, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ औं आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत १७ औँ खेलमा साविक विश्व विजेता अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले हराएको छ ।
बुधबार राती सम्पन्न खेलमा पाकिस्तानलाई ४१ रनले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा ४ खेलमा तेस्रो जित निकालेको छ ।
३ सय ८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४५.४ ओभरमा अल आउट हुँदै २ सय ६६ रनमा समेटिए पछि अष्ट्रेलिया विजयी भयो ।
पाकिस्तानका लागि ओपनर इमाम उल हकले सर्वाधक ५३ रनको योगदान दिए । निकै खराब सुरुवात गरेको पाकिस्तानले दुई रनमा पहिलो विकेट गुमाएको थियो । उसका ओपनर फकर जमान खाता खोल्न नपाउँदै आउट भए ।
दोस्रो विकेटका लागि इमाम उल हक र बाबर आजमबीच अर्धशतकीय पारीको साझेदारी भएको थियो । जसमा अजाम ३० रनमा आउट भए । तेस्रो विकेटका लागि इमाम र मोहम्मद हफिजबीच पनि ८० रनको साझेदारी हुँदा पाकिस्तान सम्हालिन खोजेको थियो । तर इमाम ५३ रनमा आउट भएपछि पाकिस्तानले तेस्रो विकेट खेर फाल्यो ।
लगत्तै मोहम्मद हफिज ४६ रनमा आउट भएपछि पाकिस्तानको एक सय ४६ रनमा चौथो विकेट गयो । त्यसपछि सोयब मलिकले खाता खोल्न नसक्दा र आसिफ अली ५ रनमा आउट भएपछि पाकिस्तानले दुई सय रन बनाउदा सात विकेट गुमायो । उसका हसन ली ३२ रनमा पेभेलियन फर्किए ।
आठौं विकेटका लागि वाहेब रियाज र कप्तान सरफराज अलीले ६४ रनको साझेदारी गरेका थिए । तर रियाज ४५ रनमा आउट हुन पुगे । र त्यसपछि भने पाकिस्तानले एकपछि अर्को विकेट गुमाउन पुग्यो ।
बलिङमा अष्ट्रेलियाका प्याट कुमिन्सले तीन तथा मिचेल स्टार्क र रिचार्डसनले दुई दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा तीन सय सात रन बनायो । उत्कृष्ट सुरुवात गरेको अष्ट्रेलियाले पहिलो विकेटका लागि एक सय ४६ रनको साझेदारी गरेको थियो ।
जसमा उसका कप्तान आरोन फिन्चले ८२ रन बनाए । त्यसपछि स्टिभ स्मिथ मात्र १० रनमा आउट भएपछि अष्ट्रेलियाले एक सय ८९ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि क्रिजमा आएका ग्लेन म्याक्सवेल पनि ब्यक्तिगत २० रनमा आउट भए । मध्यक्रमका खेलाडी क्रिजमा टिक्न नसकेका बेला ओपनर डेविड वार्नरले शतकीय पारी खेले । उनले एक सय सात रन बनाए ।
बलिङ तर्फ पाकिस्तानका मोहम्मद आमीरले ५ विकेट लिन सफल भए भने साहिन साह अफ्रिदीले दुई विकेट हात पारे ।
यस अघि अफगानिस्तान र वेस्ट इन्डिजलाई पराजित गरेको अष्टे«लिया भारतसँग स्तब्ध भएको थियो । अष्टे«लियाले आफ्नो पाँचौ खेल आगमी शनिवार श्रीलंकासँग खेल्ने छ भने पाकिस्तानले आफ्नो पाँचौ खेल आगमी असार १ गते भारतसँग खेल्ने छ । (एजेन्सी)
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




