Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

नेता बानियाँले गरे गढीमा रहेको रतनदेवी मन्दिरमा प्राण प्रतिष्ठा पुजा

64225608_2351604321780097-1560444246.jpg

३० जेठ, हेटौँडा । ओझेलमा परेको मकवानपुरगढी गाउँपालिका १ डाडाँगाउँमा रहेको ऐतिहासिक तर जिर्ण अवस्थामा रहेको रतनदेवी माता मन्दिरको बिहिबार प्राण प्रतिष्ठा पुजा गरी उद्घाटन गरिएको छ । जिर्ण अवस्थामा रहेको रतनदेवी माता मन्दिरको  प्रदेश ३ का प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बानियाँले प्राण प्रतिष्ठा गरी उद्घाटन गरेका हुन ।  
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाँले झण्डै २०१३ साल भन्दा अघि तिरको ऐतिहासिक रुपमा रहको रतनदेवि मन्दिर हेटौंडाको भुटनदेवी मन्दिर झै इतिहास बोकेको बताउदै ऐतिहासीक धरोहरको संरक्षण गरिनुपर्ने बताए । 
आगामी आर्थिक वर्षमा यस मन्दिर क्षेत्रलाई विकास गर्न गाउँपालिकाबाट थप बजेट माग गरि काम अगाडी बढाउने गाउपालिका वडा नम्बर १का वडाध्यक्ष आइत सिं लो ले बताए । वडा कार्यालयको १ लाख बजेट र नेता बानियाँको आर्थिक सहयोगमा ऐतिहासिक रुपमा रहेको रतनदेवी माताको पुरानो मन्दिर परिसरमा नयाँ संरचना बनाई आज प्राण प्रतिष्ठा गरि मुर्ति प्रतिस्थापना गरिएको जनाईएको छ । 

वडा नम्बर १का वडाध्यक्ष आइत सिं लोको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस मकवानपुरका सहसचिव राम बाबू बानियाँ, गाउपालिका वडा ७ का वडा अध्यक्ष सुर्य बहादुर रुम्बा, वडा १ का सदस्य सुवात सिं थिङ, ठुलीमाया विक, शान्तकुमारी डिम्डुङ, गणेशमान गोले, समाजसेवी फुलमान गोले, भुपु वडा अध्यक्ष मान बहादुर घिसिङ,पुजा आयोजक समितिका संयोजक प्रल्हाद सापकोटा, सुन्दर सिं लो लगायतको उपस्थिती रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
yadav-chandra-sharma-1714527108.jpg

१९ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १३५ औं अन्तराष्ट्रिय...

मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्छ: राष्ट्रपति
president-Ram-chandra-pou-1714526058.jpg

१९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा...

भीम विराग प्रतिष्ठानले शनिबार ११ जनालाई सम्मान गर्ने
Capture-1714525569.JPG

१९ बैशाख, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले यही २२ गते शनिबार विभिन्न विधाका ११ जनालाई...

नेपाल र वेस्ट इन्डिजबिचको तेस्रो खेल बुधबार हुँदै
20240501_065307-1714525749.jpg

१९ बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल बुधबार हुँदैछ।  खेल कीर्तिपुरस्थित त्रिवि...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714524817.jpg

१९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली...

थप समाचार