Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नेता बानियाँले गरे गढीमा रहेको रतनदेवी मन्दिरमा प्राण प्रतिष्ठा पुजा

64225608_2351604321780097-1560444246.jpg

३० जेठ, हेटौँडा । ओझेलमा परेको मकवानपुरगढी गाउँपालिका १ डाडाँगाउँमा रहेको ऐतिहासिक तर जिर्ण अवस्थामा रहेको रतनदेवी माता मन्दिरको बिहिबार प्राण प्रतिष्ठा पुजा गरी उद्घाटन गरिएको छ । जिर्ण अवस्थामा रहेको रतनदेवी माता मन्दिरको  प्रदेश ३ का प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बानियाँले प्राण प्रतिष्ठा गरी उद्घाटन गरेका हुन ।  
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाँले झण्डै २०१३ साल भन्दा अघि तिरको ऐतिहासिक रुपमा रहको रतनदेवि मन्दिर हेटौंडाको भुटनदेवी मन्दिर झै इतिहास बोकेको बताउदै ऐतिहासीक धरोहरको संरक्षण गरिनुपर्ने बताए । 
आगामी आर्थिक वर्षमा यस मन्दिर क्षेत्रलाई विकास गर्न गाउँपालिकाबाट थप बजेट माग गरि काम अगाडी बढाउने गाउपालिका वडा नम्बर १का वडाध्यक्ष आइत सिं लो ले बताए । वडा कार्यालयको १ लाख बजेट र नेता बानियाँको आर्थिक सहयोगमा ऐतिहासिक रुपमा रहेको रतनदेवी माताको पुरानो मन्दिर परिसरमा नयाँ संरचना बनाई आज प्राण प्रतिष्ठा गरि मुर्ति प्रतिस्थापना गरिएको जनाईएको छ । 

वडा नम्बर १का वडाध्यक्ष आइत सिं लोको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस मकवानपुरका सहसचिव राम बाबू बानियाँ, गाउपालिका वडा ७ का वडा अध्यक्ष सुर्य बहादुर रुम्बा, वडा १ का सदस्य सुवात सिं थिङ, ठुलीमाया विक, शान्तकुमारी डिम्डुङ, गणेशमान गोले, समाजसेवी फुलमान गोले, भुपु वडा अध्यक्ष मान बहादुर घिसिङ,पुजा आयोजक समितिका संयोजक प्रल्हाद सापकोटा, सुन्दर सिं लो लगायतको उपस्थिती रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार