३१ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशसभाको शुक्रबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरुले संघीय संसदमा पेश भएको गुठी विधेयकको चर्को विरोध गरेका छन् । प्रदेशसभाको विशेष समयमा बोल्ने सत्तापक्ष र प्रतिपक्ष दुबैतर्फका प्रदेशसभा सदस्यहरुले विधेयकको विरोध गरेका हुन् ।
बैठकमा प्रदेशसभा सदस्य राजकाजी महर्जनले गुठि विधेयक संस्कृति, परम्परा र मुटुमाथिको प्रहार भएको बताए । उनले गुठी संस्थाले २०२१ सालदेखि धर्म संस्कृतिमाथि प्रहार जारी रहेको भन्दै विधेयक यसको अन्तिम रुप भएको बताए । उनले ठेकेदारलाई कम्पनीमार्फत संचालन गर्न दिएर संस्कृति, परम्परा नजोगिने उनले बताए । प्रदेशसभा सदस्य नरोत्तम बैद्यले संविधान विपरित विधेयक आएको भन्दै यसको खारेजीको माग गरे ।
संविधानको अनुसुचि ६ अनुसार गुठिको व्यवस्थापन प्रदेश सरकारमार्फत हुनुपर्नेमा संघीय सरकारले हस्तक्षेप गर्न खोजेको भन्दै आफ्नो अधिकार लिन प्रदेश सरकारको ध्यानाकर्षण गराए । उनले आफुलाई ‘दाजु जिल्ला विकास समिति’ कै भुमिकामा कायम नराख्न प्रदेश सरकारसंग आग्रह गरे ।
बैठकमा प्रदेश सांसद बसन्त मानन्धरले गुठि विधेयक नेपालको संविधान २०७२ को धारा २९० र अनुसुचि ६ को बुँदा २१ को उल्लंघन भएको बताए । त्यस्तै सांसद राजेश शाक्यले गुठी विधेयक विरुद्धको आन्दोलनले हिंसात्मक रुप नलियोस् भन्नेतर्फ संघीय सरकार सचेत रहनुपर्नेमा जोड दिंदै विधेयकको दफा २३,२४ र २५ धातक रहेको बताए । संसमा विधेयको विरोधमा सांसद पुकार महर्जन, रिता माझी, शोभा शाक्य, विराजभक्त श्रेष्ठले आफ्नो धारणा राख्दै विरोध फिर्ताको माग गरेका थिए ।
उता, नेकपाका मूख्य सचेतक रामेश्वर फुँयालले गुठी पुरानै ढंगले संचालन हुन नसक्ने बताउँदै परिस्कृत र परिमाजन आवश्यक रहेको बताए । सांसद सरेश नेपालले गुठि विधेयक पुरानो भएको बताउँदै गुठिका जग्गा संरक्षणका लागि पनि विधेयक आवश्यक रहेको बताए ।
बैठकमा सांसद रमेश पौड्याल, सन्तबहादुर प्रजा, ओमबहादुर ग्लान लगायतले समसामयिक विषयमा धारणा राखेका थिए ।
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

















-1780-1781487498.jpg)