३१ जेठ, हेटौँडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले विधेयक ल्याउने मात्र काम गरेको आरोप लगाएका छन ।
शुक्रबार हेटौंडामा सुरु भएको नेपाल सांस्कृतिक संघको राष्ट्रिय प्रशिक्षण भेलालाई सम्बोधनका क्रममा सभापति देउवाले सरकारले कहिले मिडिया काउन्सिल विधेयक त कहिले गुठी सम्बन्धि विधेयक ल्याउने काम मात्र गरेको बताउदै गुठी सम्बन्धि विधेयक र मिडिया काउन्सिल विधेयक कुनै हालतमा पारित हुन नदिने चेतावनी दिएका छन ।
. गुठी सम्बन्धि नेपालीहरुको संस्कृति र सभ्यता भएको दावी गर्दै उनले यो विधेयक क’नै हालतमा पारित हुन नदिने चेतावी दिएका हुन् ।देउवाले ओली सरकारले स्वतन्त्र प्रेसलाई नियन्त्रणमा लिन खोजेको भन्दै प्रेस काउन्सिललाई लत्याएर पत्रकारलाई दण्डित गर्ने गरी ल्याउन लागेको मिडिया काउन्सिल विधेयक पनि पारित हुन नदिने बताएका छन । उनले कम्युनिष्टको यस्तै रबैयाको कारण अबको चुनावमा कांग्रेसको बहुमत आउने दावी गर्दै . गीतसंगीत माथि समेत सरकारले प्रतिबन्द लगाइरहेको बताएका छन । कार्यक्रममा बेल्दै सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपालमा अर्को निर्वाचनबाट कम्य’निष्ट सत्ता विस्थापित हुने चेतावनी दिएका छन । उनले अहिले अन्तर्राष्ट्रिय सम्बन्ध लाजमर्दो भएको भन्दै उनले संसारभर फेल भएको कम्य’निष्ट सिद्धान्त नेपालमा परीक्षण भैरहेको बताए ।
सांस्कृतिक संघका केन्द्रीय सभापति तीर्थ बहादुर थापा अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका बरिष्ठ नेता गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्यहरु प्रदीप पौडेल, देवेन्द्रराज कंडेल, गुरुराज घिमिरे, महालक्ष्मी उपाध्याय डीना, प्रदेश ३ का संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँ, तरुण दल केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, बरिष्ठ कलाकार निर शाह, चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, सांस्कृतिक संघ जिल्ला सभापतिहरुको तर्फबाट काभ्रे सभापति हरिकुमार कर्माचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी केही नेता तथा कलाकार कांग्रेसमा प्रवेश गरेका छन । शुक्रबारबाट सुरु भएको नेपाल सांस्कृतिक संघको राष्ट्रिय प्रशिक्षण भेला भोलि अर्थात शनिबार सकिने जनाईएको छ ।
१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...
१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...









-1782436668.jpg)




-1780-1781487498.jpg)



