३२ जेठ, हेटौँडा । हेटौँडा-१७ मा रहेको प्रगतिशिल महिला आपसी विकास संस्थाको अध्यक्षमा पुनः प्रमिला सिग्देल चयन भएकी छिन् ।
संस्थाको शनिबार सम्पन्न १६ औं बार्षिक साधारणसभाबाट सिग्देलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा गायत्री घिमिरे, सचिवमा मन्दिरा घिमिरे, कोषाध्यक्षमा बनारसी उप्रेति, सहसचिवमा अमृता गिरी र सदस्यहरुमा सुमित्रा सुर्खेति, मञ्जु गौतम, सिता नेपाली, पार्वती आचार्य, इन्दिरा गौतम, कमला गौतम, भवानी दुलाल र सर्मिला ढकाल रहेका छन् । प्रतिनिधिसभा सदस्य एवं अर्थ समिति सभापति कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष प्रमिला सिग्देलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, सञ्चारकर्मी भीमसेन पौडेल, रुपेश दुलाल, एसियन पेन्ट्सका सप्लाई चेन म्यानेजर सञ्जय सिग्देल, मोर्डन ईन्फ्रास्टक्चर प्रालिका उदय विडारी, सल्लाहकारहरु प्रमेश पुराजुली, हरिप्रसाद सिग्देल, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, संस्थाका व्यवस्थापक कल्पना पराजुली, मूर्तिकार हर्क लामा, यातायात व्यवसायी दिनेश राई, शिवम सिमेन्टसहित संस्थालाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष सिग्देलले प्रगति प्रतिवेदन, सचिव मन्दिरा घिमिरेले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष बनारसी उप्रेतिले आर्थिक प्रतिवेदन र व्यवस्थापक चालु आवको हालसम्मको आम्दानी खर्च प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, १७ नम्बर वडा अध्यक्ष भैरवबहादुर राई, सल्लाहकार हरि सिग्देल, प्रमेश पराजुली, कामधेनु बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गौरबकुमार पराजुली, कमलपोखरी टोल विकास संस्थाका अध्यक्ष जयराम घिमिरे, नारी चेतना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानु अर्याल, चुच्चेखोला सामुदायिक वन समूहका अध्यक्ष अर्जुनप्रसाद दाहाल, संस्थाका सदस्य गोमा काफ्ले लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







