Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

न्यायमा पहुँच अभिबृद्धिका लागि धेरै काम गर्न बाँकी : प्रधानन्यायाधिश कार्की

Sushila-Karki-1481535622.jpg

२७ मंसिर, काठमाण्डौ । सर्वोच्च अदालतकी प्रधानन्यायाधीश सुशिला कार्कीले न्यायमा पहुँच अभिबृद्धिका लागि धेरै काम गर्न बाँकी रहेको बताएकी छिन् ।

सोमबार हेटौँडामा भएको 'न्यायमा पहुँच अभिबृद्धिका लागि सरोकारवालाहरुको भूमिका' विषयक कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश कार्कीले अझैं पनि ग्रामिण भेगमा अदालती प्रक्रियाबारे अवगत नरहेको भन्दै जनचेतना अभिबृद्धिका लागि सरोकारवाला निकायले समनवय गर्नु जरुरी रहेको बताईन् । उनले जघन्य अपराधका घटनामा पनि गाउँमै मिलापत्र गर्ने क्रम नघटेको भन्दै न्यायमा पहुँच अभिबृद्धि हुन नसक्दा यस्तो समस्या समाजमा रहेको बताईन् ।

अदालती प्रक्रिया जटिल र महंगो रहेको गुनासो रहेको भन्दै उनले छिटो छरितो न्याय सम्पादन हुँदा मात्रै पीडितले न्याय पाउने बताईन् । उनले यसका लागि न्याय प्रशासनमा सुधारको खाँचो रहेको बताईन् । महिला, बालबालिका, पछि पारिएका नागरिकको न्यायिक अधिकार सुरक्षित गर्न सबै पक्षको समन्वय आवश्यक रहेको उनको भनाई थियो ।

उच्च अदालत पाटन, हेटौँडा इजलासका न्यायधिश बाबुराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा न्यायधीश नागेन्द्रलाभ कर्ण, मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसी, प्रमुख जिल्ला अधिकारी नारायणशर्मा दुबेडी, संघसंस्थाका प्रतिनिधि, कानून व्यवसायी लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार