Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्वकप क्रिकेटः पाकिस्तानलाई हराउँदै भारत विजयी

1560732594rohit-1560734925.jpg

२ असार, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ औँ एकदिवसिय विश्वकप क्रिकेटमा भारतले जितलाई निरन्तरता दिदैँ आइतबार रातिको खेलमा चिरपरिचित प्रतिद्वन्दि पाकिस्तानलाई भारतले ८९ रनल हराएको छ ।
आइतबार रातिको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले पाकिस्तानलाई ३३७ रनको लक्ष्य दिएको थियो । पाकिस्तानले लक्ष्य पछ्याउन क्रममा ३५ ओबरमा ६ विकेट गुमाएर १६६ रन बनाएको अवस्थामा पानि परेपछि खेल रोकिएको थियो । 
४० ओभरमा घटाइएको खेलमा निर्धारण गरिएको नयाँ लक्ष्य भेट्टाउन नसकेपछि पाकिस्तान ८९ रनले पराजित भयो ।
जितका लागि पाकिस्तानले ५ ओभरमा १३६ रन बनाउनुपर्ने भएपनि लक्ष्य भेट्टाउन नसकेपछि डीएल मेथडमा पाकिस्तान ८९ रनले पराजित भएको हो ।
पाकिस्तानका लागि ओपनर फखर जमानले सर्वाधिक ६२ रन बनाए भने बाबर आजमले ४८ रनको योगदान दिए । यसैगरी इमाद वासिमले नटआउट ४६ रन बनाए । यस बाहेक पाकिस्तानका अन्य कुने पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङग तर्फ भारतका लागि  भीजे शंकर, हार्दिक पांड्या तथा कुलदिप यादवले समान २÷२ विकेट लिए ।
यसअघि भारतले ५० ओभरमा ५ विकेटको क्षतिमा ३३६ रन बनाएको थियो । भारतका लागि ओपनर रोहित शर्माले सतक प्रहार गरे भने अर्का ओपनर केएल राहुलले ५७ रन रनको योगदान दिए । 
यस्तै कप्तान विराट कोहलीले ७७,  हार्दिक पाण्ड्याले २६,  विजय शंकरले १५, केदार जादवले ९ र महेन्द्रसिंह धोनीले १ रन बनाए ।
बलिङमा पाकिस्तानका मोहमद आमिरले ३ विकेट लिए भने वाहेब रिजय र हसन अलीले १÷१ विकेट लिए ।
जितसँगै भारत ७ अंक सहित तेश्रो स्थानमा कायमै छ भने समान अंक भएको न्यूजिल्याण्ड नेट रनरेटका आधारमा दोश्रो स्थानमा छ । (एजेन्सी)
 

cricket_NUF7CIRDa0-1560734926.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार