Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सालक पार्कमा चुरे दिवसमा वृक्षारोपण 

Chure-1560760482.jpg

२ असार, हेटौडा । 'चुरेको माटो, पानी जोगाऔं, तराई मधेश बचाऔं ' भन्ने नाराका साथ पाँचौ चुरे दिवसको अवसरमा विभिन्न प्रजातीका विरुवा र फूलहरुको वृक्षरोपण गरि मनाईएको छ । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहद्धारा निर्मित सालक पार्कमा विभिन्न प्रजातीका विरुवा र फूलहरु रोपी दिवस मनाईएको हो । 
श्रीखण्ड, धूपी, स्वामी र विभिन्न प्रकारका फूलहरुको वृक्षरोपण गरिएको समूहका कार्यालय सचिव केदार गौतमले बताए । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति खुमलटारको आयोजनाको आयोजनामा कार्यक्रम भएको थियो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ३ का सचिव शिवकुमार वाग्लेको प्रमुख आतिथ्यता एवम राष्ट्रपति चुरे मधेश तराई संरक्षण विकास समितिका उपसचिव राजन रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रदेश नम्बर ३ का वन निर्देशक विद्यानाथ झा, प्रदेश नं. ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव गोपाल गौतम, हेटोडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, चन्द्रोदय माविका प्रअ दीपकुमार थापा, बसन्तराज गौतम लगायतकाले चुरेको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा चुरे दिवसको अवसरमा आयोजना गरिएको मावि स्तरीय निवन्ध प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा चन्द्रोदय माविकी करुणा भुजेल प्रथम, सोहि विद्यालयकी प्रतिमा पौडेल द्धितिय, चुरियामाई माविका सुनिता थिङ तृतिय र जनप्रिय माविका सविन श्रेष्ठ र चुरियामाईका आकाश ओझाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । 
प्रतियोगिताको निर्णायकमा कृष्णप्रसाद दाहाल, बसन्तराज गौतम र राजन रेग्मी रहेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार