२ असार, हेटौडा । 'चुरेको माटो, पानी जोगाऔं, तराई मधेश बचाऔं ' भन्ने नाराका साथ पाँचौ चुरे दिवसको अवसरमा विभिन्न प्रजातीका विरुवा र फूलहरुको वृक्षरोपण गरि मनाईएको छ । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहद्धारा निर्मित सालक पार्कमा विभिन्न प्रजातीका विरुवा र फूलहरु रोपी दिवस मनाईएको हो ।
श्रीखण्ड, धूपी, स्वामी र विभिन्न प्रकारका फूलहरुको वृक्षरोपण गरिएको समूहका कार्यालय सचिव केदार गौतमले बताए । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति खुमलटारको आयोजनाको आयोजनामा कार्यक्रम भएको थियो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ३ का सचिव शिवकुमार वाग्लेको प्रमुख आतिथ्यता एवम राष्ट्रपति चुरे मधेश तराई संरक्षण विकास समितिका उपसचिव राजन रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रदेश नम्बर ३ का वन निर्देशक विद्यानाथ झा, प्रदेश नं. ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव गोपाल गौतम, हेटोडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, चन्द्रोदय माविका प्रअ दीपकुमार थापा, बसन्तराज गौतम लगायतकाले चुरेको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा चुरे दिवसको अवसरमा आयोजना गरिएको मावि स्तरीय निवन्ध प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा चन्द्रोदय माविकी करुणा भुजेल प्रथम, सोहि विद्यालयकी प्रतिमा पौडेल द्धितिय, चुरियामाई माविका सुनिता थिङ तृतिय र जनप्रिय माविका सविन श्रेष्ठ र चुरियामाईका आकाश ओझाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगिताको निर्णायकमा कृष्णप्रसाद दाहाल, बसन्तराज गौतम र राजन रेग्मी रहेका थिए ।
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...
१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...
११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...


















-1761227295-1778632336.jpg)