Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

आर्थिक मन्त्री–बजेट कार्यान्वयन हुन्छ, विपक्षी–आशंका छ

IMG_8958-1560761388.JPG

२ असार, हेटौँडा । ३ नम्बर प्रदेश सरकारले आइतबार आगामी आर्थिक बर्ष ०७६/०७७ का लागि ४७ अर्ब ६० करोड ७८ लाख रुपैँयाको बजेट ल्याएको छ । यो गतबर्ष भन्दा १२ अर्बले बढि हो ।
आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार अर्थात ५१ प्रतिशत, पूँजिगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात ४८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३० करोड अर्थात १ प्रतिशत विनियोजन गरिएको छ । तर बजेट अमूर्त र स्पष्ट नभएको भन्दै यसले प्रदेशको हित नगर्ने प्रतिपक्षहरुको आरोप छ । ‘बजेट कार्यान्वयनमा आशंका छ, गोलमटोल आएको छ ।’– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले भने । त्यस्तै धारणा छ प्रदेशसभा सदस्य रिता माझीको पनि ।
प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि ल्याएको बजेट कार्यान्वयनको अवस्था कमजोर रहेको छ । बजेटमध्ये पूँजिगत खर्च हालसम्म २० प्रतिशत मात्रै पुगेको छ । यस्तो अवस्थामा आगामी आर्थिक बर्षका लागि अझ ठूलो आकारको बजेट प्रदेश सरकारले ल्याएको छ । विगतको समिक्षा विना ल्याईएको आगामी बर्षको बजेट कार्यान्वयन हुनेमा आशंका रहेको प्रदेशसभा सदस्य रमेश पौड्याल बताउँछन् । 
तर प्रदेश सरकार भने बजेट कार्यान्वयन हुनेमा विश्वस्त छ । सोमबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री ढुंगेलले विगतमा अनुभवको कमी, प्रदेशमा कर्मचारी संरचनाको अभाव, ऐन कानून लगायतका समस्याका कारण बजेट कार्यान्वयन हुन नसकेको बताए । आगामी बजेट कार्यान्वयनमा समस्या नहुने आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको दावि छ । विरोध गरेर विपक्षीले आफ्नो धर्म निर्वाह गरेको भन्दै उनले आफुहरु त्यसतर्फ नलाग्ने बताए ।
पत्रकार सम्मेलनमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा, आयोगका सदस्यहरु, मन्त्रालयका सचिव बालकृष्ण घिमिरे, उपसचिव घनश्याम पन्थी लगायतको उपस्थिति रहको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार