२ असार, हेटौँडा । ३ नम्बर प्रदेश सरकारले आइतबार आगामी आर्थिक बर्ष ०७६/०७७ का लागि ४७ अर्ब ६० करोड ७८ लाख रुपैँयाको बजेट ल्याएको छ । यो गतबर्ष भन्दा १२ अर्बले बढि हो ।
आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार अर्थात ५१ प्रतिशत, पूँजिगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात ४८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३० करोड अर्थात १ प्रतिशत विनियोजन गरिएको छ । तर बजेट अमूर्त र स्पष्ट नभएको भन्दै यसले प्रदेशको हित नगर्ने प्रतिपक्षहरुको आरोप छ । ‘बजेट कार्यान्वयनमा आशंका छ, गोलमटोल आएको छ ।’– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले भने । त्यस्तै धारणा छ प्रदेशसभा सदस्य रिता माझीको पनि ।
प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि ल्याएको बजेट कार्यान्वयनको अवस्था कमजोर रहेको छ । बजेटमध्ये पूँजिगत खर्च हालसम्म २० प्रतिशत मात्रै पुगेको छ । यस्तो अवस्थामा आगामी आर्थिक बर्षका लागि अझ ठूलो आकारको बजेट प्रदेश सरकारले ल्याएको छ । विगतको समिक्षा विना ल्याईएको आगामी बर्षको बजेट कार्यान्वयन हुनेमा आशंका रहेको प्रदेशसभा सदस्य रमेश पौड्याल बताउँछन् ।
तर प्रदेश सरकार भने बजेट कार्यान्वयन हुनेमा विश्वस्त छ । सोमबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री ढुंगेलले विगतमा अनुभवको कमी, प्रदेशमा कर्मचारी संरचनाको अभाव, ऐन कानून लगायतका समस्याका कारण बजेट कार्यान्वयन हुन नसकेको बताए । आगामी बजेट कार्यान्वयनमा समस्या नहुने आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको दावि छ । विरोध गरेर विपक्षीले आफ्नो धर्म निर्वाह गरेको भन्दै उनले आफुहरु त्यसतर्फ नलाग्ने बताए ।
पत्रकार सम्मेलनमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा, आयोगका सदस्यहरु, मन्त्रालयका सचिव बालकृष्ण घिमिरे, उपसचिव घनश्याम पन्थी लगायतको उपस्थिति रहको थियो ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...









-nepal-1792111426.jpg)







