२ असार, हेटौँडा । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रताको सवालमा इमान्दार बन्न नेपाल सरकारलाई आग्रह गरेका छन् ।
उपाध्यक्ष पोख्रेलले गत भदौ १ गतेदेखि लागु भएका संहिताका कही प्राबधानहरु संसोधन गर्छु भनेको सरकारले अहिलेसम्म संसोधन प्रक्रिया नै अगाडि नबढाएको र मिडिया काउन्शिल बिधेयक त पत्रकारिता नै समाप्त पार्ने खालको ल्याएको भन्दै सरकार प्रेस स्वतन्त्रता प्रति इमान्दार नदेखिएको दावी गरे ।
‘क्रमशः कडा कानुन ल्याउदै नेपाल सरकारले प्रेस स्वतन्त्रतालाई संकुचन गर्दै छ र प्रेस स्वतन्त्रताको पक्षमा पत्रकातिता क्षेत्र तथा नागरिक समाजवाट आएको आवाजलाई वेवास्ता गर्दै छ’ उनले भने, ‘यो कुरामा आफुलाई नसच्याएर प्रेस स्वतन्त्रता बिरोधी मनसाय राखिरहेमा त्यो सरकारकै लागि दूर्भाग्य हुने छ ।’
आफुहरुले प्रेस स्वतन्त्रता माग्दा सरकारले सत्ता नै मागेझै गरी प्रतिक्रिया दिइरहेको भन्दै पोख्रेलले स्वतन्त्रताका पक्षधरहरुलाई नजिस्काउन सरकारलाई चेतावनी पनि दिए ।
‘सबै दलहरुको चुनावी घोषणापत्रका प्रेस स्वतन्त्रताको कुरा छ, हाम्रो सञ्चार नीतिले स्वतन्त्र प्रेसको परिकल्पना गरेको छ, संबिधानमा पुर्ण स्वतन्त्रता लेखिएको छ’ पोख्रेलले भने, ‘त्यही प्रेस स्वतन्त्रता माग्दा पत्रकारिता क्षेत्रलाई उल्टो आक्षेप लगाउने र पत्रकार महासंघको मानमर्दन गर्ने खेलमा स्वयं सरकारका मन्त्रीहरु देखिनु अनौठो हो ।’
सरकारले ल्याउन चाहेका कानुनहरुवाट सरकार नियन्त्रणमुखी हुदै गएको प्रतित भएको दावि गर्दै पोख्रेलले प्रश्न गरे, ‘कानुन ल्याउने प्रयास हुँदा सरोकारवालाहरु असन्तुष्ट बन्छन् भने सरकारले कस्का लागि कानुन बनाउदै छ रु’ उनले असन्तुष्टहरुसंग संवाद नचाहने सरकारी प्रबृत्तिले देशलाई भयावहको अबस्था तर्फ धकेल्ने खतरा पनि औल्याए ।
‘अहिले अलग अलग रुपमा जुन असन्तुष्टि सडकमा पोखिदै छ, त्यसले संगठित भएर शसक्त आन्दोलनको रुप धारण ग¥यो भने के होला रु भन्ने तर्फ सोच्न पनि सरकारको ध्यानाकर्षण हुन जरुरी छ’ उपाध्यक्ष पोख्रेलले भने ।
पत्रकार महासंघ कतारले आयोजना गरेको तालिममा सहभागि हुन कतार पुगेका उनले त्यहाँका पत्रकारहरुसंगको कुराकानीका क्रममा पत्रकार महासंघले स्वतन्त्रताको पक्षमा लडाई शुरु गरेको जानकारी गराउँदै स्वतन्त्रताको पक्षको लडाइ सधै सफल हुने दावी गरे । फोटोः फाईल
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...


















-1780-1781487498.jpg)