Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

विश्वकप क्रिकेटः बंगलादेशको दोश्रो जित, वेष्ट इण्डिज पराजित

Kx9QoOcN7g9235pslcv7-1560821262.jpg

३ असार, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ औँ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा बंगलादेशले दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई सात विकेटले हराएको हो ।
सोमबारराति भएको खेलमा टाउनटनस्थित काउन्टी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धात् ि५० ओभरमा ८ विकेटको क्षतिमा ३२१ रन बनाएको थियो ।
ओपनिङ ब्याट्सम्यान क्रिस गेल र आन्द्रे रसेलले रनको खाता खोल्न नसके पनि साई होपको आकर्षक ९६ रनको प्रदर्शनले वेस्ट इन्डिजले उच्च योगफल बनाएको थियो ।
उसका लागी एभिन लेविसले ७०, शिम्रन हेट्मायरले २६ बलमा ५०, कप्तान जासन होल्डरले १५ बलमा ३३ रनको योगदान दिए ।
बलिङग तर्फ बंगलादेशका मोहम्मद साइफुदिन र मुस्तफिजुर रहमानले समान ३–३ विकेट लिए भने सकिब अल हसनले २ विकेट लिए । 
जवाफमा बंगलादेशले ४१ ओभर तीन बलमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । राम्रो सुरुवात गरेको बंगलादेशले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरेको थियो ।
उसकालागी शानदार प्रदर्शन गर्ने क्रममा तमिम इकवालले १ सय २४ रनको पारी खेले । यस्तै लिटनले ९४, तमिम इक्वाल ४८, सौम्य सरकारले २९ रनको योगदान दिए ।
वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र ओशन थोमसले समान १–१ विकेट लिए । (एजेन्सी)

Shakib-Al-Hasan-Banglades-1560821262.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार