Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रतिपक्षी दलको आवाज दबाउने प्रयत्न नगरियोसः सांसद पाण्डे

bajet-ko-2-1560862270.jpg

३ असार, हेटौँडा । राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले सदनमा प्रतिपक्षी दलको आवाज दबाउने प्रयास गरे सडक संघर्ष चर्कने चेतावनी दिएका छन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै नेता पाण्डेले सदनमा प्रतिपक्षी दलको मुख थुन्ने काम गरिए त्यो सडकमा गएर पोखिने चेतावनी दिए । 
सत्तारुढ दल नेकपाका नेता दिनानाथ शर्माले प्रतिपक्षी दलले संसदीय मर्यादा विपरित प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई बोल्न नदिएको बताएपछि नेता पाण्डेले प्रतिपक्षी दलको मुख थुन्ने प्रयत्न नगर्न चेतावनी दिएका हुन् ।
उनले प्रतिपक्षीलाई सदनभित्रपनि मुख थुन्ने प्रयास गरिएको आरोप लगाउँदै, प्रतिनिधिसभामा प्रधानमन्त्रीले मात्रै बोल्न पाउने अनि प्रतिपक्षी दलले बोल्न  नपाउने ? भनि प्रश्न गरे ।  
संसदीय मुल्य मान्यताका बारेमा कसैले कांग्रेसलाई सिकाउनु नपर्ने भन्दै नेता पाण्डेले आफुहरुको धर्यता र संयंतालाई कम्जोर नठान्न चेतावनी दिए ।
सरकारले संविधान विपरित ल्याएका विधेयकका विरुद्ध जनता सडकमा ओर्लिएको र टोलटोलमा सरकारको विरोधमा प्रर्दशन भईरहेको भन्दै उनले सरकारलाई संयमित भएर संविधान अध्ययन गर्न सुझाव दिए ।
अधिकारका लागि माईती घर मण्डलामा जम्मा भएका गुठीयारमाथि सरकारले गरेको दमन विरुद्ध जनप्रतिनिधिहरुले सदनमा आवाज उठाएको भन्दै सांसद पाण्डेले संसदीय प्रक्रिया विपरित विधेयक बारे प्रतिनिधिसभामा कुरा गरियो भन्न नमिल्ने तर्क गरे ।
उनले सरकारले संविधान भन्दा बाहिर गएर सुरक्षा परिषद् सम्बन्धी विधेयक, मानवअधिकार सम्बन्धी विधेयक, सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक र गुठी विधेयक ल्याएको आरोप लगाए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार