Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

प्रतिपक्षी दलको आवाज दबाउने प्रयत्न नगरियोसः सांसद पाण्डे

bajet-ko-2-1560862270.jpg

३ असार, हेटौँडा । राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले सदनमा प्रतिपक्षी दलको आवाज दबाउने प्रयास गरे सडक संघर्ष चर्कने चेतावनी दिएका छन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै नेता पाण्डेले सदनमा प्रतिपक्षी दलको मुख थुन्ने काम गरिए त्यो सडकमा गएर पोखिने चेतावनी दिए । 
सत्तारुढ दल नेकपाका नेता दिनानाथ शर्माले प्रतिपक्षी दलले संसदीय मर्यादा विपरित प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई बोल्न नदिएको बताएपछि नेता पाण्डेले प्रतिपक्षी दलको मुख थुन्ने प्रयत्न नगर्न चेतावनी दिएका हुन् ।
उनले प्रतिपक्षीलाई सदनभित्रपनि मुख थुन्ने प्रयास गरिएको आरोप लगाउँदै, प्रतिनिधिसभामा प्रधानमन्त्रीले मात्रै बोल्न पाउने अनि प्रतिपक्षी दलले बोल्न  नपाउने ? भनि प्रश्न गरे ।  
संसदीय मुल्य मान्यताका बारेमा कसैले कांग्रेसलाई सिकाउनु नपर्ने भन्दै नेता पाण्डेले आफुहरुको धर्यता र संयंतालाई कम्जोर नठान्न चेतावनी दिए ।
सरकारले संविधान विपरित ल्याएका विधेयकका विरुद्ध जनता सडकमा ओर्लिएको र टोलटोलमा सरकारको विरोधमा प्रर्दशन भईरहेको भन्दै उनले सरकारलाई संयमित भएर संविधान अध्ययन गर्न सुझाव दिए ।
अधिकारका लागि माईती घर मण्डलामा जम्मा भएका गुठीयारमाथि सरकारले गरेको दमन विरुद्ध जनप्रतिनिधिहरुले सदनमा आवाज उठाएको भन्दै सांसद पाण्डेले संसदीय प्रक्रिया विपरित विधेयक बारे प्रतिनिधिसभामा कुरा गरियो भन्न नमिल्ने तर्क गरे ।
उनले सरकारले संविधान भन्दा बाहिर गएर सुरक्षा परिषद् सम्बन्धी विधेयक, मानवअधिकार सम्बन्धी विधेयक, सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक र गुठी विधेयक ल्याएको आरोप लगाए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार