४ असार, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली शिर्षस्थानमा उक्लिएको छ ।
मंगलबारराति भएको अफगानिस्तानसँगको खेल १ सय ५० रनले जिते पछि घरेलु टोली इंग्ल्याण्ड शिर्षस्थानमा उक्लिएको हो ।
वल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ९७ रन बनायो ।
उसका लागी कप्तान इयान मोर्गनले कीर्तिमानी प्रदर्शन गरे । विस्फोटक ब्याटिङ गरेका मोर्गनले ७१ बलमा १७ छक्कासहित १४८ रन बनाए । मोर्गन एकदिवसीय क्रिकेटको एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी समेत बनेका छन् ।
उनले एकदिवसीय क्रिकेटमा रोहित शर्मा, क्रिस गेल र एवी डिभिलियर्सको एकै पारीमा धेरै छक्का हान्ने रेर्कड तोडेका छन् ।
बलिङ तर्फ अफगानिस्तानका गुल्बादिन नायब र दावलात जार्दनले ३–३ विकेट लिए ।
जवाफमा अफगानिस्तान ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय ४७ रनमा समेटियो । उसकालागी हस्मतुल्लाह साहिदीले ७६, रहमात शाह ४६, अस्घर अफगानले ४४, कप्तान गुल्बादिन नायबले ३७ रन बनाउँनु बाहेक अरुले राम्रो रन बनाउन सकेनन् ।
बलिङतर्फ इंग्ल्याण्डका आदिल रासिदले ३ तथा जोफ्रा आर्च र मार्क उडले २–२ विकेट लिए ।
जितसँगै इंग्ल्यान्ड ५ खेलबाट ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भए पनि रनरेटका आधारमा अस्ट्रेलिया दोस्रो स्थानमा झरेको छ । अंकविहीन अफगानिस्तान तालिकाको पुछारमै छ । (एजेन्सी)
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...


-1792888897.jpg)










-nepal-1792111426.jpg)




