सुनिल शिवाकोटी
५ असार, हेटौंडा। गाँजा ओसार प्रसारमा गाँजा कारोबारीले नयाँ तरिका अपनाउने गरेको पाइएको छ। पारिवारिक सदस्य बनाई प्रति टिप ८ हजार दिने सहमतिमा भाडाको महिला प्रयोग कारोबारीले लागु औषध गाँजा ओसार प्रसार गर्ने गरेको पाइएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार हेटौंडाबाट विरगंज तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बि आर ०१ सि एन ६९८६ नम्बरको कारलाई पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ९ मा चेक जाच गर्दा ३७ किलो लागु औषध गाँजा फेला पारे पछि कारोबारीले भाडामा महिलाको प्रयोग गरी गाजा अोसार प्रसार गर्ने गरेको तथ्य बाहिर आएको हो।
बिहिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले यस बारेमा जानकारी गराएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुण कुमार कुशवाहा को नेतृत्वमा खटि गएको प्रहरी टोलीले हेटौंडा ९ मा पर्ने पुर्व पश्चिम लोकमार्गबाट ३७ किलो गाँजा सहित ३ जनालाई पक्रन सफल भएको र पक्राउ पर्नेमा १ जना महिला रहेको बताए।
पक्राउ पर्ने महिला भारत बिहार जिल्ला नालन्दा मगइ नोगवा उमेद्वार बस्ने ४५ बर्षीया अन्नु देवी पासवान रहेको र उनलाइ प्रत्येक पटक असार प्रसार गराए बापत ८ हजार दिने सहमति भएको अनुसन्धानको क्रममा खुलेको उपरीक्षक सिंहले बताए।
पक्राउ परेका अन्य दुई जनामा कार चालक पर्सा सुगौली गाउँपालिका १ बस्ने ३२ बर्षीया साम सहमत र भारत बिहार बैसाली मोहनपुर चैदाबाद बस्ने २४ बर्षीय मनिष कुमार रहेको र निजहरुले उक्त महिलालाई पारिवारिक सदस्य बनाइ , प्रहरीलाइ झुक्याएर गाँजा अोसार प्रसार गराउन प्रयोग गरेको उपरीक्षक सिंहले बताए।
पक्राउ परेका तिनै जना माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















