५ असार, हेटौँडा । ३ नम्बर प्रदेशको वजेट बक्तव्यमा उल्लेख गरिएको प्रदेश पूर्वाधार विकास कार्यक्रममा पक्ष विपक्षमा आधारणा आएको छ ।
असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले प्रस्तुत गरेको बजेट वक्तव्यमाथि विहिबार धारणा राख्ने प्रदेशसभा सदस्यहरु पूर्वाधार विकास कार्यक्रममा पक्ष विपक्षमा उभिएका हुन् । प्रदेश पूर्वाधार विकास कार्यक्रममा प्रदेश सरकारले १ अर्ब ९८ करोड रुपैँया विनियोजन गरिएको थियो । प्रतिपक्षी सांसदहरुले यसको विरोध गरिरहँदा सत्तापक्षीय सांसदहरुले यसको प्रशंसा गरेका थिए ।
बैठकमा कांग्रेस प्रमुख सचेतक राधा घलेले प्रदेश पूर्वाधार विकास कार्यालयको औचित्यमाथि प्रश्न गरिन् । उनले प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित सांसदलाई विभेद गर्ने र मर्यादामा चोट पुर्याउने काम भएको भन्दै विरोध गरिन् । उनले विगतदेखि नै स्थानीय पहिचानका आधारमा रहेका योजना र अस्पतालमा नेताहरुको नाम राखेर पुरानो पहिचान मेट्नु भन्दा नयाँ योजना ल्याउन सुझाव दिईन् । सांसद नरोत्तम बैद्यले संघीयदेखि ७ वटै प्रदेश सरकारलाई पूर्वाधार विकास कार्यक्रममा बजेट राख्दा ५ खर्ब सांसदहरुलाई बाँडिने उल्लेख गर्दै आर्थिक सिद्धान्त र अनुशासन विपरितको काम नगर्न सुझाव दिए । उनले यो रकम जलविद्युत आयोजनामा लगानी गर्न सुझाव समेत दिंदै भ्रष्टाचारलाई रोक्न प्रदेशका योजना अनुगमनलाई प्रभावकारी बनाउन माग गरे । त्यस्तै, सांसद जीवन डंगोल, भीमसेन खत्रि, निमा लामाले बजेट प्रशंसायोग्य नरहेको र सपना नै सपना बाँड्न खोजिएको धारणा राखेका थिए ।
विवेकशिलका प्रदेशसभा सदस्य रमेश पौड्यालले मूख्यमन्त्रीले खल्तिबाट योजना नआउने र प्रदेश परियोजना बैंकबाट आउने भनेको उल्लेख गर्दै प्रदेश विकास पूर्वाधार कुन परियोजना बैंकबाट आएको भन्ने प्रश्न गरे । उनले कि हुण्डि कारोबार गर्न खोजिएको हो भन्दै विधिको नभई सांसदको शासनलाई प्रोत्साहन गर्न खोजिएको बताए । बजेटको ९ प्रतिशत यस्तो योजनामा खर्च गर्दा प्रदेशको समृद्धि नहुने बताउँदै उनले यदि हुन्छ भने सबै पूँजिगत बजेट सांसदहरुलाई बाँड्न समेत आग्रह गरे ।
बैठकमा नेकपाका सांसद मैना आछामीले मागमा आधारित योजना प्रभावकारी ढंगबाट कार्यान्वयन भईरहेको भन्दै प्रदेश पूर्वाधार विकास कार्यक्रम अघि बढाउनु सकारात्मक रहेको बताईन् । सांसद सरेश नेपालले पूर्वाधार विकास कार्यक्रमको प्रशंसा गर्दै सबै सांसदहरुसंग समन्वय गरी कार्यान्वयन गर्नु जरुरी रहेको बताए ।
बैठकमा नेमकिपा सांसद सुरेन्द्रराज गोसाईले पहिलो र दोस्रो बजेट असफल भएको भन्दै तेस्रो बजेट पनि उस्तै आएको बताए । उनले आफ्नो आयुको हेक्का नराखी पर्यटन दर्शक ल्याएको भन्दै प्रदेश सरकारप्रति व्यंग्य गरे । बैठकमा पहिलो दिन दुई दर्जन सांसदले बजेटमाथि आफ्नो धारणा राखेका थिए । यसअघि मन्त्री ढुंगेलले बजेटको छलफल शुभारम्भ गर्न आग्रह गर्दै आफ्नो धारणा राखेका थिए । बैठक शुक्रबार विहान ११ बजे बस्दैछ ।
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

















-1780-1781487498.jpg)