५ असार, हेटौँडा । ३ नम्बर प्रदेशको वजेट बक्तव्यमा उल्लेख गरिएको प्रदेश पूर्वाधार विकास कार्यक्रममा पक्ष विपक्षमा आधारणा आएको छ ।
असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले प्रस्तुत गरेको बजेट वक्तव्यमाथि विहिबार धारणा राख्ने प्रदेशसभा सदस्यहरु पूर्वाधार विकास कार्यक्रममा पक्ष विपक्षमा उभिएका हुन् । प्रदेश पूर्वाधार विकास कार्यक्रममा प्रदेश सरकारले १ अर्ब ९८ करोड रुपैँया विनियोजन गरिएको थियो । प्रतिपक्षी सांसदहरुले यसको विरोध गरिरहँदा सत्तापक्षीय सांसदहरुले यसको प्रशंसा गरेका थिए ।
बैठकमा कांग्रेस प्रमुख सचेतक राधा घलेले प्रदेश पूर्वाधार विकास कार्यालयको औचित्यमाथि प्रश्न गरिन् । उनले प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित सांसदलाई विभेद गर्ने र मर्यादामा चोट पुर्याउने काम भएको भन्दै विरोध गरिन् । उनले विगतदेखि नै स्थानीय पहिचानका आधारमा रहेका योजना र अस्पतालमा नेताहरुको नाम राखेर पुरानो पहिचान मेट्नु भन्दा नयाँ योजना ल्याउन सुझाव दिईन् । सांसद नरोत्तम बैद्यले संघीयदेखि ७ वटै प्रदेश सरकारलाई पूर्वाधार विकास कार्यक्रममा बजेट राख्दा ५ खर्ब सांसदहरुलाई बाँडिने उल्लेख गर्दै आर्थिक सिद्धान्त र अनुशासन विपरितको काम नगर्न सुझाव दिए । उनले यो रकम जलविद्युत आयोजनामा लगानी गर्न सुझाव समेत दिंदै भ्रष्टाचारलाई रोक्न प्रदेशका योजना अनुगमनलाई प्रभावकारी बनाउन माग गरे । त्यस्तै, सांसद जीवन डंगोल, भीमसेन खत्रि, निमा लामाले बजेट प्रशंसायोग्य नरहेको र सपना नै सपना बाँड्न खोजिएको धारणा राखेका थिए ।
विवेकशिलका प्रदेशसभा सदस्य रमेश पौड्यालले मूख्यमन्त्रीले खल्तिबाट योजना नआउने र प्रदेश परियोजना बैंकबाट आउने भनेको उल्लेख गर्दै प्रदेश विकास पूर्वाधार कुन परियोजना बैंकबाट आएको भन्ने प्रश्न गरे । उनले कि हुण्डि कारोबार गर्न खोजिएको हो भन्दै विधिको नभई सांसदको शासनलाई प्रोत्साहन गर्न खोजिएको बताए । बजेटको ९ प्रतिशत यस्तो योजनामा खर्च गर्दा प्रदेशको समृद्धि नहुने बताउँदै उनले यदि हुन्छ भने सबै पूँजिगत बजेट सांसदहरुलाई बाँड्न समेत आग्रह गरे ।
बैठकमा नेकपाका सांसद मैना आछामीले मागमा आधारित योजना प्रभावकारी ढंगबाट कार्यान्वयन भईरहेको भन्दै प्रदेश पूर्वाधार विकास कार्यक्रम अघि बढाउनु सकारात्मक रहेको बताईन् । सांसद सरेश नेपालले पूर्वाधार विकास कार्यक्रमको प्रशंसा गर्दै सबै सांसदहरुसंग समन्वय गरी कार्यान्वयन गर्नु जरुरी रहेको बताए ।
बैठकमा नेमकिपा सांसद सुरेन्द्रराज गोसाईले पहिलो र दोस्रो बजेट असफल भएको भन्दै तेस्रो बजेट पनि उस्तै आएको बताए । उनले आफ्नो आयुको हेक्का नराखी पर्यटन दर्शक ल्याएको भन्दै प्रदेश सरकारप्रति व्यंग्य गरे । बैठकमा पहिलो दिन दुई दर्जन सांसदले बजेटमाथि आफ्नो धारणा राखेका थिए । यसअघि मन्त्री ढुंगेलले बजेटको छलफल शुभारम्भ गर्न आग्रह गर्दै आफ्नो धारणा राखेका थिए । बैठक शुक्रबार विहान ११ बजे बस्दैछ ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...









-nepal-1792111426.jpg)







