Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

यस्तो छ घटनास्थल(स्थलगल रिर्पोटिङ सहित फोटो फिचर )

64681348_658599804609330_-1561107437.jpg

सुनिल शिवाकोटी ( भैरवडाँडा)

६ असार,हेटौँडा । शुक्रबार बिहान करिब ७ बजे एक जना स्थानियले हेटौंडा उपमहानगरपालिका १ भैरवडाँडामा रहेको पाथीभरा मन्दिर नजिकै  रुखमा आड लागेको आवस्थामा एक युवतिको शव  देखियो भनेर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा फोन गरे।
घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी मकवानपुरका प्रहरी निरीक्षक पवन कुमार झाको टोलि उक्त स्थानमा पुग्यो । घटनास्थल पाथीभरा मन्दिर जाने सिडिको बाटोबाट करिब २० मिटर तल पर्छ । घटनास्थाललाई सिल गरेर अनुसन्धान सुरु गरिसकेको छ । घटना र घटनास्थलको प्रकृति हेर्दा उनको विभत्य तरिकाले ढुङगाले हानेर हत्या गरेर करिब सिडीको बाटोबाट २० मिटर तल फालिएको पाईएको छ । शव सालको रुखमा अल्झिएको अवस्थामा रहेको थियो । घटनास्थल वरपर खप्परको हड्डी फुटेको र गिदी छरपस्ट अवस्थामा रहेको पाइएको छ । रगत लागेको ढुङगा समेत रहेको र मृतक युवतीले लगाएको लुगा रगतले भिजेको छ भने कपाल च्यापन प्रयोग भएको काटा टुक्रा टुक्रा भएको अवस्थामा छरिएको पाईएको छ । घटनास्थल हेर्दा उनलाई हत्या गरेर फालेको देखिएको छ । 
अन्दाजी २५ वर्ष उमेरको तराई तिरको देखिने युवतिको पहिचान खुलेको छैन  । घटनास्थलमा प्रहरी निरीक्षक पवन कुमार झाको टोली र वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको संयुक्त टोलिले अनुसन्धान गरिरहेको छ । प्रहरीले कुकुर परिचालन गरी खोजी कार्य थालनी गरेको छ ।  
यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले घटनाको शुस्म तरिकाले अनुसन्धान सुरु गरिएको बताएका छन ।यस अघि भैरवडाँडामै संचारकर्मी मनोहर ढकालको पुस २५ गते हत्या गरि फालिएको अवस्थामा फेला पछि मकवानपुर प्रहरीले हत्यारा पत्ता लगाउन सफल भएको थियो । 

64701584_2097724220521208-1561107438.jpg
64859020_437915690323334_-1561107500.jpg
64655056_2273134852904342-1561107500.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार