Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

दोस्रो दिन पनि प्रदेश बजेटमाथि छलफल

Photo1-1561109347.jpg

६ जेठ, हेटौँडा । ३ नम्बर प्रदेश सरकारले प्रस्तुत गरेको आव ०७६/०७७ को बजेटमाथिको छलफल शुक्रबार पनि चलेको छ । 
छलफलका क्रममा सत्तापक्षीय सांसद रामेश्वर फुँयालले शिक्षा क्षेत्रमा छुट्याएको बजेट प्रशंसनीय रहेको बताए । उनले बजेटको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक बर्ष बैशाखदेखि चैतसम्म बनाउनुपर्ने धारणा राखे । अर्का सांसद बसनतकुमार मानन्धरले कृषि क्षेत्रमा गरेको लगानी प्रभावकारी देखिएको भन्दै यसको निरन्तरताको प्रशंसा गरे । सांसद शशीजंग थापाले बजेट सन्तुलित र कार्यान्वयनमुखी आएको बताएका थिए । सांसद मुनु सिग्देलले अपेक्षा धेरै तर बजेट कम भएपनि प्रशंसायोग्य बजेट आएको बताईन् । उनले बजेट कार्यान्वयनमा खबरदारी गर्ने धारणा राखिन् ।
सत्तापक्षीय सांसदको सुझाव
सत्तापक्षीय सांसद सिता अधिकारीले बजेटको सफल कार्यान्वयनका लागि सुझाव दिएकी छिन् । उनले बजेट वितरणमुखी भएको बताउँदै पूँजिगत खर्च बढाउने र चालु खर्च घटाउनेतर्फ ध्यान दिनुपर्ने बुझाव दिईन् । उनले कृषि क्षेत्रमा छुट्याएको १० प्रतिशत बजेट कम भएको गुनासो गरिन् ।
त्यस्तै, सांसद प्रेमबहादुर पुलामीले हेटौँडाको पुरानो बन्द अवस्थामा रहेको रोप वे व्यवस्थापनबारे ध्यान दिन र प्रदेश राजधानीमा हवाई उडानको व्यवस्थापनतर्फ ध्यान दिन सुझाव दिए ।
सांसद आङदेम्बे लामाले बजेटमा समान व्यवहार गर्न सरकारलाई सुझाव दिए । बजेट कितावमा समानुपातिक आधारमा बजेट विनियोजन नभएको पाईएमा प्रतिपक्षमा उभिनुपर्ने अवस्था सिर्जना हुने भन्दै सचेत गराएका छन् । सांसद लक्ष्मण लम्सालले पहुँचका आधारमा बजेट विनियोजन हुने भएकाले सांसदहरुलाई बजेट आवश्यक परेको उल्लेख गर्दै यसलाई बढाउन माग गरे । उनले सरकारले विनियोजन गरेको बजेट खर्च हुन नसकिरहेको अवस्थामा सांसदहरुले लिएर गएका बजेट खर्च भएको समेत उदाहरण प्रस्तुत गरे ।
प्रतिपक्षको विरोध
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रभातकुमार तामाङले बजेटले तीन खम्बे अर्थ नीतिलाई आत्मसाथ गर्न नसकेको बताए । उनले प्रदेशभरीका सबै आर्थिक पक्षको विश्लेषण बजेटमा नआएको बताए । उनले कानून बनाउने सांसदलाई पैसा बोकेर पठाउने काम बन्द गर्नुपर्ने बताए । अर्का सांसद न्हुच्छेनारायण श्रेष्ठले बजेट नेता र मन्त्रीमुखी भएको भन्दै आलोचना गरे । उनले प्रतिपक्षले दिएको सुझावलाई ग्रहण गर्न समेत सत्तापक्षलाई आग्रह गरे । सांसद कल्पना नेपालीले चालु बर्षको बजेटमा एक घर एक रोजगार भनिएको र यो बर्ष एक घर एक धारा भनिएको उल्लेख गर्दै रोजगारीको कुरा नारामै सिमित भएजस्तै धाराको कुरा पनि नारामै सिमित नहोस् भन्नेतर्फ सचेत रहन सुझाव दिईन् । उनले समावेशिताको सिद्धान्त अन्तरगत महिला, दलित, जनजाति, अपांगता लगायतका क्षेत्रलाई बजेटले उपेक्षा गरेको बताईन् । प्रदेशसभा सदस्य पुकार महर्जन, सन्तबहादुर चेपाङ, दिपेन्द्र श्रेष्ठ लगायतले कार्यान्वयन हुन नसक्ने बजेट ल्याएको भन्दै यसको आलोचना गरे । चेपाङले गाँजा खेतिकै कारण राक्सिराङ लगायतका क्षेत्रका सोझा गाउँले जेलमा परिरहेको भन्दै गाँजा, अफिम खेतिलाई निरुत्साहित गर्न विकल्पका लागि बजेटको विनियोजनका लागि माग गरे ।
प्रदेशसभा सदस्य शोभा शाक्यले बजेट विकासमुखी हुनुपर्नेमा मन्त्रीमुखी भएको गुनासो गरिन् । उनले भ्रष्टाचार र कुशासनलाई प्रवद्र्धनका लागि प्रदेश पूर्वाधार विकास कार्यक्रम आएको बताईन् । उनले यस्तो काम राजनीतिक सिण्डिकेट खडा गर्ने उद्धेश्यका साथ आएको भन्दै आपत्ति जनाईन् । 
प्रदेशसभा सदस्य रिना गुरुङले कुखुरापालन व्यवसायलाई बजेटले सम्बोधन नगरेको गुनासो गरिन् । भ्रमण दशक भनेर हास्यास्पद कुरा गरिएको भन्दै यसको खाका के भन्दै प्रश्न गरिन् । उनले नीति निर्मातालाई रकम बाँड्नु उपयुक्त नहुने बताईन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार