Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

दोस्रो दिन पनि प्रदेश बजेटमाथि छलफल

Photo1-1561109347.jpg

६ जेठ, हेटौँडा । ३ नम्बर प्रदेश सरकारले प्रस्तुत गरेको आव ०७६/०७७ को बजेटमाथिको छलफल शुक्रबार पनि चलेको छ । 
छलफलका क्रममा सत्तापक्षीय सांसद रामेश्वर फुँयालले शिक्षा क्षेत्रमा छुट्याएको बजेट प्रशंसनीय रहेको बताए । उनले बजेटको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक बर्ष बैशाखदेखि चैतसम्म बनाउनुपर्ने धारणा राखे । अर्का सांसद बसनतकुमार मानन्धरले कृषि क्षेत्रमा गरेको लगानी प्रभावकारी देखिएको भन्दै यसको निरन्तरताको प्रशंसा गरे । सांसद शशीजंग थापाले बजेट सन्तुलित र कार्यान्वयनमुखी आएको बताएका थिए । सांसद मुनु सिग्देलले अपेक्षा धेरै तर बजेट कम भएपनि प्रशंसायोग्य बजेट आएको बताईन् । उनले बजेट कार्यान्वयनमा खबरदारी गर्ने धारणा राखिन् ।
सत्तापक्षीय सांसदको सुझाव
सत्तापक्षीय सांसद सिता अधिकारीले बजेटको सफल कार्यान्वयनका लागि सुझाव दिएकी छिन् । उनले बजेट वितरणमुखी भएको बताउँदै पूँजिगत खर्च बढाउने र चालु खर्च घटाउनेतर्फ ध्यान दिनुपर्ने बुझाव दिईन् । उनले कृषि क्षेत्रमा छुट्याएको १० प्रतिशत बजेट कम भएको गुनासो गरिन् ।
त्यस्तै, सांसद प्रेमबहादुर पुलामीले हेटौँडाको पुरानो बन्द अवस्थामा रहेको रोप वे व्यवस्थापनबारे ध्यान दिन र प्रदेश राजधानीमा हवाई उडानको व्यवस्थापनतर्फ ध्यान दिन सुझाव दिए ।
सांसद आङदेम्बे लामाले बजेटमा समान व्यवहार गर्न सरकारलाई सुझाव दिए । बजेट कितावमा समानुपातिक आधारमा बजेट विनियोजन नभएको पाईएमा प्रतिपक्षमा उभिनुपर्ने अवस्था सिर्जना हुने भन्दै सचेत गराएका छन् । सांसद लक्ष्मण लम्सालले पहुँचका आधारमा बजेट विनियोजन हुने भएकाले सांसदहरुलाई बजेट आवश्यक परेको उल्लेख गर्दै यसलाई बढाउन माग गरे । उनले सरकारले विनियोजन गरेको बजेट खर्च हुन नसकिरहेको अवस्थामा सांसदहरुले लिएर गएका बजेट खर्च भएको समेत उदाहरण प्रस्तुत गरे ।
प्रतिपक्षको विरोध
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रभातकुमार तामाङले बजेटले तीन खम्बे अर्थ नीतिलाई आत्मसाथ गर्न नसकेको बताए । उनले प्रदेशभरीका सबै आर्थिक पक्षको विश्लेषण बजेटमा नआएको बताए । उनले कानून बनाउने सांसदलाई पैसा बोकेर पठाउने काम बन्द गर्नुपर्ने बताए । अर्का सांसद न्हुच्छेनारायण श्रेष्ठले बजेट नेता र मन्त्रीमुखी भएको भन्दै आलोचना गरे । उनले प्रतिपक्षले दिएको सुझावलाई ग्रहण गर्न समेत सत्तापक्षलाई आग्रह गरे । सांसद कल्पना नेपालीले चालु बर्षको बजेटमा एक घर एक रोजगार भनिएको र यो बर्ष एक घर एक धारा भनिएको उल्लेख गर्दै रोजगारीको कुरा नारामै सिमित भएजस्तै धाराको कुरा पनि नारामै सिमित नहोस् भन्नेतर्फ सचेत रहन सुझाव दिईन् । उनले समावेशिताको सिद्धान्त अन्तरगत महिला, दलित, जनजाति, अपांगता लगायतका क्षेत्रलाई बजेटले उपेक्षा गरेको बताईन् । प्रदेशसभा सदस्य पुकार महर्जन, सन्तबहादुर चेपाङ, दिपेन्द्र श्रेष्ठ लगायतले कार्यान्वयन हुन नसक्ने बजेट ल्याएको भन्दै यसको आलोचना गरे । चेपाङले गाँजा खेतिकै कारण राक्सिराङ लगायतका क्षेत्रका सोझा गाउँले जेलमा परिरहेको भन्दै गाँजा, अफिम खेतिलाई निरुत्साहित गर्न विकल्पका लागि बजेटको विनियोजनका लागि माग गरे ।
प्रदेशसभा सदस्य शोभा शाक्यले बजेट विकासमुखी हुनुपर्नेमा मन्त्रीमुखी भएको गुनासो गरिन् । उनले भ्रष्टाचार र कुशासनलाई प्रवद्र्धनका लागि प्रदेश पूर्वाधार विकास कार्यक्रम आएको बताईन् । उनले यस्तो काम राजनीतिक सिण्डिकेट खडा गर्ने उद्धेश्यका साथ आएको भन्दै आपत्ति जनाईन् । 
प्रदेशसभा सदस्य रिना गुरुङले कुखुरापालन व्यवसायलाई बजेटले सम्बोधन नगरेको गुनासो गरिन् । भ्रमण दशक भनेर हास्यास्पद कुरा गरिएको भन्दै यसको खाका के भन्दै प्रश्न गरिन् । उनले नीति निर्मातालाई रकम बाँड्नु उपयुक्त नहुने बताईन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार