Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

राज्यमन्त्री बानियाँद्वारा फेकोफन भवन शिलान्यास

FECOFUN-Makwanpur4-1481715319.JPG

२९ मंसिर, हेटौँडा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरको सामुदायिक स्रोतकेन्द्र भवन शिलान्यास गरेका छन् । फेकोफनको जिल्ला परिषदको अवसरमा राज्यमन्त्री बानियाँले बुधबार हेटौँडा–१० स्थित भुटनदेवी सामुदायिक वन समूहको जग्गामा भवन शिलान्यास गरेका हुन् ।

शिलान्यास एवं परिषद उद्घाटन कार्यक्रममा बोल्दै राज्यमन्त्री बानियाँले लोकतन्त्रमा वन जनताकै हुने बताउँदै यसको संरक्षण, सम्बद्र्धन र उपयोग उपभोक्ताले नै गर्नुपर्नेमा जोड दिए । वनलाई गरिव, दलित, विपन्न वर्गको हितमा अधिकतम सदुपयोग गर्नुपर्ने बताउँदै उनले यसमा सामुदायिकले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । वनलाई बैज्ञानिक ढंगबाट व्यवस्थापन गर्न सके आयआर्जन र वनको उत्पादकत्वमा बृद्धि हुनेतर्फ ध्यान दिन सामुदायिक वन उपभोक्ता समूहलाई आग्रह गरे । 

कार्यक्रममा सांसद राजाराम स्यांतान, गणेश थापा, नेकपा एमालेका गायत्री सुवेदी, माओवादी केन्द्रका कमानसिं पाख्रिन, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडी, जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, फकोफनका केन्द्रिय उपाध्यक्ष भीमप्रकाश खड्का, महासचिव भारति पाठक, मकवानपुरका सचिवालय सदस्य रामहरी चौलागाई र बलराम अधिकारीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम फेकोफन मकवानपुर अध्यक्ष पञ्चमाया स्यांतानको अध्यक्षतामा भएको थियो ।

१ करोड ९ लाख रुपैँयाको लागतमा निर्माण हुने दुई तल्ले ५ कोठे पक्की भवनमा दुई सभाहल रहने छन् । भवन निर्माण कार्य २ बर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार