Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश ३ को बजेट वितरणमुखी, सांसदहरु असन्तुष्ट

Photo1-1561372260.jpg

९ असार, हेटौँडा । ३ नम्बर प्रदेशको आ.व. ०७६/०७७ को बजेट वितरणमुखी भएको प्रदेशसभा सदस्यहरुले गुनासो गरेका छन् ।
उनीहरुले बजेट समावेशी र आवश्यकता भन्दा पनि नेतामुखी भएको बताए । प्रदेश सरकारले यसअघि भनेको परियोजना बैंक र जनताको मागको औचित्य नदेखिएको प्रदेशसभा सदस्य कल्पना नेपालीले बताईन् । 
‘परियोजन बैंक भनिएको थियो, त्यसबाट पनि योजना छैन, जनताको आवश्यकता अनुसारको योजना पनि छैन ।’–उनले भनिन्–‘पहुँचवाला नेताहरुको खल्तिको योजना परेको छ ।’ बजेट पुस्तिकामा प्रदेश सरकारको नीति तथा कार्यक्रम विपरित बजेट राखिएको छ । नीति तथा कार्यक्रममा बजेट तुर्जमा निर्देशिका तयार गर्ने र सानातिना आयोजनामा बजेट विनियोजन गर्ने परिपार्टीलाई निरुत्साहित गर्न पचास लाख रुपैया भन्दा माथिका आयोजना मात्र छनौट गरी कार्यान्वयन गर्ने उल्लेख रहेको थियो । ‘परियोजना बैंकबाट हैन बजेट हुण्डीमार्फत आएको देखियो, यस्तो वितरणमुखी बजेटले प्रदेश समृद्ध हुँदैन ।’–प्रदेशसभा सदस्य रमेश पौड्यालले बताए । बजेट विनियोजनका क्रममा प्रदेश सरकारले आफ्नै नीतिलाई पनि कुल्चिएको उनको भनाई थियो ।
‘पहुँचवाला नेताहरुको नीति तथा कार्यक्रममा उल्लेख भए विपरित १० लाख रुपैंयादेखिका योजना समावेश छन् ।’–प्रदेशसभा सदस्य रजनी जोन्छे अमात्यले भनिन्–‘बजेट पूर्ण रुपमा पूर्वाग्रही ढंगले विनियोजन भएको छ ।’ बजेटले प्रदेश सरकारका मूख्यमन्त्री, मन्त्री र पहुँचवाला सांसदहरुको मागलाई सम्बोधन गरेको प्रदेशसभा सदस्यहरुको गुनासो छ । 
बजेटमा एउटै योजनालाई टुक्र्याएर बजेट वितरण गरिएको छ । डिभिजन वन कार्यालय मकवानपुरको योजनामा एक वडा १ पार्क योजनामा १०/१० लाख राखिएको छ । ‘यो बजेट प्रत्येक वडालाई बाँड्दा साँढे १९ हजार रुपैँया प्राप्त हुन्छ, यसले कस्तो पार्क बनाउने ।’–एक प्रदेशसभा सदस्यले भने । बजेट विनियोजनप्रति सत्ता र प्रतिपक्ष दुबैतर्फका प्देशसभा सदस्यहरु रुष्ट छन् ।
तर बजेटले सबै जिल्ला समेट्ने कोशिस गरेको नेकपाका प्रमुख सचेतक रामेश्वर फुँयालले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार