९ असार, हेटौँडा । ३ नम्बर प्रदेशको आ.व. ०७६/०७७ को बजेट वितरणमुखी भएको प्रदेशसभा सदस्यहरुले गुनासो गरेका छन् ।
उनीहरुले बजेट समावेशी र आवश्यकता भन्दा पनि नेतामुखी भएको बताए । प्रदेश सरकारले यसअघि भनेको परियोजना बैंक र जनताको मागको औचित्य नदेखिएको प्रदेशसभा सदस्य कल्पना नेपालीले बताईन् ।
‘परियोजन बैंक भनिएको थियो, त्यसबाट पनि योजना छैन, जनताको आवश्यकता अनुसारको योजना पनि छैन ।’–उनले भनिन्–‘पहुँचवाला नेताहरुको खल्तिको योजना परेको छ ।’ बजेट पुस्तिकामा प्रदेश सरकारको नीति तथा कार्यक्रम विपरित बजेट राखिएको छ । नीति तथा कार्यक्रममा बजेट तुर्जमा निर्देशिका तयार गर्ने र सानातिना आयोजनामा बजेट विनियोजन गर्ने परिपार्टीलाई निरुत्साहित गर्न पचास लाख रुपैया भन्दा माथिका आयोजना मात्र छनौट गरी कार्यान्वयन गर्ने उल्लेख रहेको थियो । ‘परियोजना बैंकबाट हैन बजेट हुण्डीमार्फत आएको देखियो, यस्तो वितरणमुखी बजेटले प्रदेश समृद्ध हुँदैन ।’–प्रदेशसभा सदस्य रमेश पौड्यालले बताए । बजेट विनियोजनका क्रममा प्रदेश सरकारले आफ्नै नीतिलाई पनि कुल्चिएको उनको भनाई थियो ।
‘पहुँचवाला नेताहरुको नीति तथा कार्यक्रममा उल्लेख भए विपरित १० लाख रुपैंयादेखिका योजना समावेश छन् ।’–प्रदेशसभा सदस्य रजनी जोन्छे अमात्यले भनिन्–‘बजेट पूर्ण रुपमा पूर्वाग्रही ढंगले विनियोजन भएको छ ।’ बजेटले प्रदेश सरकारका मूख्यमन्त्री, मन्त्री र पहुँचवाला सांसदहरुको मागलाई सम्बोधन गरेको प्रदेशसभा सदस्यहरुको गुनासो छ ।
बजेटमा एउटै योजनालाई टुक्र्याएर बजेट वितरण गरिएको छ । डिभिजन वन कार्यालय मकवानपुरको योजनामा एक वडा १ पार्क योजनामा १०/१० लाख राखिएको छ । ‘यो बजेट प्रत्येक वडालाई बाँड्दा साँढे १९ हजार रुपैँया प्राप्त हुन्छ, यसले कस्तो पार्क बनाउने ।’–एक प्रदेशसभा सदस्यले भने । बजेट विनियोजनप्रति सत्ता र प्रतिपक्ष दुबैतर्फका प्देशसभा सदस्यहरु रुष्ट छन् ।
तर बजेटले सबै जिल्ला समेट्ने कोशिस गरेको नेकपाका प्रमुख सचेतक रामेश्वर फुँयालले बताए ।
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...


















-1780-1781487498.jpg)