Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक 

news_1_JtVz48M252-1561456762.jpg

१० असार, हेटौँडा । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक बर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्टस अवार्ड २०७५ को मनोनयन सार्वजनिक गरेको छ । 
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको उत्कृष्ट खेलाडी प्रशिक्षकको मनोनयनमा चार वटै विधामा क्रिकेटका खेलाडी र प्रशिक्षक परेका छन् ।
मञ्चले मंगलबार सार्वजनिक गरेको उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेट टिमका कप्तान पारस खड्का र सोमपाल कामी, प्याराग्लाइडिङका युकेश गुरुङ, गल्फका शुक्रबहादुर राई र जुडोका इन्द्रबहादुर श्रेष्ठ मनोनयनमा परेका छन् ।
यस्तै महिला तर्फको उत्कृष्ट खेलाडीको मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सिता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङ रहेका छन् ।
यसैगरी उत्कृष्ट युवा पुरुष खेलाडीमा ब्याटमिन्टनका प्रिन्स दाहाल, एथ्लेटिक्सका अजित कुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मञ्जली कुमारी योञ्जन र कराँतेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् ।
उत्कृष्ट प्रशिक्षकमा प्याराग्लाईडिङका योगश भट्टराई, क्रिकेटका जगत टमाटा, एथ्लेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरि खड्का मनोनयनमा छन् ।
खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने यो अवार्ड असार १७ गते प्रदान गरिने बताइएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार