२९मंसिर, हेटौंडा । मकवानपुरको हाँडीखोला–६ मा रहेको महेन्द्रज्योति उच्च माविलाई ५ थान कम्प्यूटर सहयोग प्राप्त भएको छ । मकवानपुर घर भै हाल बेलायतमा रहँदै आएका समाजसेवी चिरञ्जिवी ढकालले विद्यालयको लागि ५ थान कम्प्यूटर सहयोग गरेका हुन् ।
बुधबार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी ढकालले कम्प्यूटर हस्तान्तरण गरेका हुन् । ‘मैले केही बर्ष अध्ययन गरेको यस बिद्यालयलाई समयानुकुल प्राविधिक सिकाईमा सहयोग होस् भन्ने उद्देश्यले ५ थान कम्प्यूटर सहयोग गरेको हुँ’, उनले भने, ‘यसअघि बिद्यालयमा रहेको कम्प्यूटर र मैले दिएको कम्प्यूटरबाट यहाँका बिद्यार्थीलाई कम्प्यूटर शिक्षा अध्ययनको लागि सहयोग पुग्ने विश्वास लिएको छु ।’
ढकालले गत बर्ष बिद्यालयको लागि सोलार सहयोग गरेका थिए । सोलार सहयोगको क्रममा कम्प्यूटरको अभाव देखिएकोले अहिले सहयोग गरेको ढकालको भनाई छ । विदेशमा रहँदा पनि मकवानपुर र विशेषगरी हाँडीखोलाको समस्या समाधानमा सक्दो पहल र सहयोग गरिरहेको बताउँदै उनले आगामी दिनमा सक्दो सहयोग जारी रहने बताए ।
‘विदेशमा रहेका धेरै नेपालीबाट आएको सहयोग नेपालको विभिन्न स्थानमा दुरुपयोग भएकोमा हामी निकै चिन्तित छौँ’, सहयोगी ढकालले थपे, ‘अर्काले दिएको सामान त हो नि भनेर वेवास्ता गर्ने गलत प्रवृत्ति विकास हुँदै गएको छ । विदेशमा रहेका हामी नेपालको समस्यामा चिन्तित रहेका छौँ । आवश्यक सहयोग पनि गर्न तयार छौं ।’ उनले कम्प्यूटर शिक्षालाई प्रभावकारी रुपमा अघि बढाउन र दिइएको सामग्रीको संरक्षण गर्न समेत अनुरोध गरे ।
महेन्द्रज्योति उच्च माविका प्राचार्य गोकुल शर्माले सहयोगीबाट विद्यालयलाई धेरै सघाउ पुगेको बताउँदै ढकालले दिएको कम्प्यूटर समेत गर्दा १२ वटा भएको र छिट्टै कम्प्यूटर शिक्षा पढाई सुरु गर्ने जानकारी दिए । शिक्षक अभिभावक संघका अध्यक्ष अर्जुन पुडासैनीले सहयोग स्वरुप प्राप्त भएको कम्प्यूटरको प्रभावकारी सदुपयोग भएमा मात्र सहयोगको वास्तविक सार्थकता हुने बताए ।
सहयोगी ढकाललाई विद्यालयले फूलमाला सहित कदरपत्रले सम्मान गरेको विद्यालयका लेखापाल अनन्तप्रकाश अर्यालले जानकारी दिए ।
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

















-1780-1781487498.jpg)
