Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

खर्च कटौतिसम्बन्धी प्रस्ताव बहुमतले अस्विकृत

Samsad1-1561628899.jpg

१२ असार, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभामा विनियोजन विधेयक २०७६/०७७ माथिको खर्च कटौतिको प्रस्ताव बहुमतले अस्विकृत भएको छ । विहिबार प्रदेशसभा बैठकमा खर्च कटौतिसम्बन्धी ५ जना सांसदहरुको प्रस्ताव निणयार्थ प्रस्तुत हुँदा बहुमतले अस्विकृत भएको हो ।
बैठकमा नेपाली कांग्रेसका सांसद न्हुक्षेनारायण श्रेष्ठले सामाजिक विकास मन्त्रालयको बजेटमा प्रदेश स्वयंसेवक निर्वाह भत्ता र राष्ट्रिय विकास स्वयंसेवकसम्बन्धी खर्च कटौतिको प्रस्ताव दर्ता गरेका थिए । उनले दुई शिर्षकमा बजेट खर्च १ रुपैँया गरियोस् भनी प्रस्ताव गरेका थिए ।
त्यस्तै, नेमकिपाका सांसद सिर्जना शैज्युले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयको योजनामा उल्लेखित बजेट घटाईयोस भन्ने प्रस्ताव राखेकी थिईन् ।
नेमकिपाकै सांसद सुरेन्द्रराज गोसाईले भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको योजनामा एउल्लेखित खर्च घटाईयोस् भन्ने प्रस्ताव राखेका थिए ।
विवेकशिलका सांसद रमेश पौड्यालले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रदेश पूर्वाधार विकास कार्यक्रमको खर्च १ रुपैँया गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।
त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संसद सचिवालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको योजनाको खर्चमा १०० रुपैँया कायम गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।
प्रस्ताव निणयार्थ पेश गर्दा प्रस्ताव पेश गरेका सांसदहरुले पक्षमा र सत्ता पक्षीय सांसदहरुले विपक्षमा ध्वनि मत राखेका थिए ।
प्रदेशसभा नियमावलीका अनुसार “शीर्षकको खर्च रकमलाई घटाई एक रूपैयाँ गरियोस्” भनी प्रस्तुत गरिएको प्रस्तावलाई शीर्षकमा निहित नीतिको असहमति प्रकट गर्न प्रस्तुत गरिएको मानिनेछ ।, त्यस्तै, “शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्” भनी प्रस्तुत गरिएको प्रस्तावलाई मितव्ययिता अवलम्बन गर्न प्रस्तुत गरिएको मानिनेछ । र “शीर्षकको खर्च रकममा एक सय रूपैयाँ घटाइयोस्” भनी प्रस्तुत गरिएको प्रस्तावलाई प्रदेश सरकारको जवाफदेही क्षेत्रभित्रको कुरामा प्रस्तावक सदस्यलाई चित्त नबुझेको कुरा प्रकट गर्न प्रस्तुत गरिएको साङ्केतिक कटौतीको प्रस्ताव मानिनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार