१२ असार, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभामा विनियोजन विधेयक २०७६/०७७ माथिको खर्च कटौतिको प्रस्ताव बहुमतले अस्विकृत भएको छ । विहिबार प्रदेशसभा बैठकमा खर्च कटौतिसम्बन्धी ५ जना सांसदहरुको प्रस्ताव निणयार्थ प्रस्तुत हुँदा बहुमतले अस्विकृत भएको हो ।
बैठकमा नेपाली कांग्रेसका सांसद न्हुक्षेनारायण श्रेष्ठले सामाजिक विकास मन्त्रालयको बजेटमा प्रदेश स्वयंसेवक निर्वाह भत्ता र राष्ट्रिय विकास स्वयंसेवकसम्बन्धी खर्च कटौतिको प्रस्ताव दर्ता गरेका थिए । उनले दुई शिर्षकमा बजेट खर्च १ रुपैँया गरियोस् भनी प्रस्ताव गरेका थिए ।
त्यस्तै, नेमकिपाका सांसद सिर्जना शैज्युले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयको योजनामा उल्लेखित बजेट घटाईयोस भन्ने प्रस्ताव राखेकी थिईन् ।
नेमकिपाकै सांसद सुरेन्द्रराज गोसाईले भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको योजनामा एउल्लेखित खर्च घटाईयोस् भन्ने प्रस्ताव राखेका थिए ।
विवेकशिलका सांसद रमेश पौड्यालले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रदेश पूर्वाधार विकास कार्यक्रमको खर्च १ रुपैँया गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।
त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संसद सचिवालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको योजनाको खर्चमा १०० रुपैँया कायम गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।
प्रस्ताव निणयार्थ पेश गर्दा प्रस्ताव पेश गरेका सांसदहरुले पक्षमा र सत्ता पक्षीय सांसदहरुले विपक्षमा ध्वनि मत राखेका थिए ।
प्रदेशसभा नियमावलीका अनुसार “शीर्षकको खर्च रकमलाई घटाई एक रूपैयाँ गरियोस्” भनी प्रस्तुत गरिएको प्रस्तावलाई शीर्षकमा निहित नीतिको असहमति प्रकट गर्न प्रस्तुत गरिएको मानिनेछ ।, त्यस्तै, “शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्” भनी प्रस्तुत गरिएको प्रस्तावलाई मितव्ययिता अवलम्बन गर्न प्रस्तुत गरिएको मानिनेछ । र “शीर्षकको खर्च रकममा एक सय रूपैयाँ घटाइयोस्” भनी प्रस्तुत गरिएको प्रस्तावलाई प्रदेश सरकारको जवाफदेही क्षेत्रभित्रको कुरामा प्रस्तावक सदस्यलाई चित्त नबुझेको कुरा प्रकट गर्न प्रस्तुत गरिएको साङ्केतिक कटौतीको प्रस्ताव मानिनेछ ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







