१२ असार, काठमाडौं । २०७५ सालको एसईई परीक्षाको नतिजा विहिबार सार्वजनिक भएको छ।
जसअन्तर्गत १७ हजार पाँच सय ८० जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन्। सामुदायिकतर्फ २ हजार सात सय ९२ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन् भने प्राइभेटतर्फ १४ हजार सात सय ८८ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन्।
परिक्षामा सहभागी मध्ये ५१ हजार एक सय ३७ जनाले ३.२ देखि ३.६ जीपीए ल्याएका छन् । जस अनुसार ११ हजार दुई सय २३ जना सामुदायिकतर्फका छन् भने ३९ हजार ९ सय १४ जनाले प्राइभेटबाट ३.२ देखि ३.६ जीपीए ल्याएको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ।
त्यस्तै ६३ हजार हजार सात सय ४१ जनाले २.८ देखि ३.२ जीपीए ल्याएका छन्। जसमध्ये २६ हजार तीन सय ६६ जना सामुदायिक र ३७ हजार तीन सय ७५ जनाले प्राइभेटबाट २.८ देखि ३.२ जीपीए ल्याएका हुन्। एसईईमा ७६ हजार पाँच सय ६४ जनाले २.४ देखि २.८ जीपीए ल्याएका छन् । सामुदायिकबाट ५३ हजार ७ सय ३० जना रहेका छन् भने प्राइभेटबाट २२ हजार आठ सय ३४ जनाले २.४ देखि २.८ जीपीए ल्याएका छन्।
त्यसैगरि ९८ हजार दुई सय ७ जनाले २ देखि २.४ जीपीए ल्याएका छन्। जसमध्ये ८७ हजार चार सय ४२ जनाले सामुदायिकबाट ल्याएका छन् भने १० हजार सात सय ६५ जनाले प्राइभेटबाट २ देखि २.४ जीपीए ल्याएका छन्। ९५ हजार तीन सय ७ जनाले १.६ देखि २ जीपीए ल्याएका छन्। सामुदायिकबाट ९० हजार चार ४५ र प्राइभेटबाट ४ हजार आठ सय ६२ जनाले १.६ देखि २ जीपीए ल्याएका छन्।
४३ हजार आठ सय ४१ जनाले १.२ देखि १.६ जीपीए ल्याएकामध्ये सामुदायिकबाट ४२ हजार तीन सय ६३ जना र प्राइभेटबाट एक हजार चार सय ७८ जनाले १.२ देखि १.६ जीपीए ल्याएको कार्यालयले जनाएको छ। त्यस्तै चार हजार चार सय २९ जनाले ०.८ देखि १.२ जीपीए ल्याएका छन्। जसअनुसार सामुदायिकबाट चार हजार दुई सय ९६ र एक सय ३३ जनाले प्राइभेटबाट ०.८ देखि १.२ ल्याएका छन्।
२०७५ चैत्र १० गतेबाट परीक्षा सुरु भएको एसईई परीक्षामा कुल चार लाख ५९ हजार दुइ सय ७५ विद्यार्थी सहभागि भएका थिए।
साभार–नागरिक न्युज
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















