३० मंसिर, हेटौँडा । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सरकारले ल्याउन लागेको सहकारी ऐन निरंकुश हुनै नसक्ने दावि गरेका छन् । केन्द्रिय सहकारी दुग्ध उत्पादन सहकारी संघ लिमिटेडको २३ औं बार्षिक साधारण सभालाई विहिबार हेटौँडामा सम्बोधन गर्दै मन्त्री थानीले संसदमा पेश भएको सरकारी ऐन निरंकुश हुनै नसक्ने दावि गरेका हुन् ।
उनले बाहिर सहकारी ऐन निरंकुश आउन लागेको हल्ला चलेपनि त्यसमा सत्यता नरहेको भन्दै निरंकुशता विरुद्ध लडेका दलहरुले ल्याउन थालेको ऐन निरंकश हुनै नसक्ने बताए । उनले आउन लागेको ऐन सहकारी मैत्री हुनेमा ढुक्क हुन आग्रह गरे । उनले सहकारीकै माध्यमबाट गरिबीको अन्त्य र देश समृद्ध हुन सक्ने भएकाले यसको प्रवद्र्धनका लागि आफ्नो मन्त्रालय तत्पर रहेको बताए । उनले देशलाई दुग्ध क्षेत्रमा आत्मनिर्भर बनाउँदै निर्यात गर्न सक्ने अवस्थामा पुर्याउन सम्बन्धित सबै मन्त्रालयबीच समन्वयको खाँचो रहेको बताए ।
दुग्ध सहकारीले देशमा रोजगारीको अवसर सिर्जना गरेको भन्दै यो क्षेत्रलाई अनुदानमार्फत आत्मनिर्भर बनाउनु जरुरी रहेको बताए । उनले सहकारीले ग्रामिण भेगमा बैंकको सेवा दिईरहेको भन्दै यसको प्रवद्र्धनमा सरकार सचेत रहेको दावि गरे । कार्यक्रममा सांसद पशुपति चौलागाईले संसदमा प्रस्ताव भएको सहकारी ऐनमा ठूला तीन दलको साझा अवधारणा रहेको भन्दै यसले अहिले रहेका धेरै समस्या समाधान हुने बताए । उनले आउने ऐनले सहकारीका समस्या सम्बोधन हुन नसके पुनः यसलाई परिमार्जन गरेर भएपछि सहकारीको हितमा सदुपयोग गरिने दावि गरे ।
कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक कैलाश ढुंगेल, राष्ट्रिय सहकारी संघका संचालक बद्री लम्साल, दुग्ध उत्पादक सहकारी संघका पूर्व केन्द्रिय अध्यक्षहरु माधव कोइराला, ढाकाराम अर्याल, सेसीका कैशव कोइराला, दुग्ध विकास संस्थानका अध्यक्ष खेम थापा, पशुपंक्षी विकास मन्त्रालका सहसचिव केशव प्रेमी, पशु सेवा विभागका निर्देशक डा. विमलकुमार निर्मल, राष्ट्रिय सहकारी बैंकका संचालक रामहरी बजगाई, डेरी एशोसियसनका अध्यक्ष नरेन्द्रराज भण्डारी, सहकारी विकास बोर्डका केन्द्रिय सदस्य धर्मदत्त देवकोटा, जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेव अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

















-1780-1781487498.jpg)
