Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सहकारी ऐन निरंकुश हुनै सक्दैन : सहकारीमन्त्री थानी

Thani-1481799680.jpg

३० मंसिर, हेटौँडा । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सरकारले ल्याउन लागेको सहकारी ऐन निरंकुश हुनै नसक्ने दावि गरेका छन् । केन्द्रिय सहकारी दुग्ध उत्पादन सहकारी संघ लिमिटेडको २३ औं बार्षिक साधारण सभालाई विहिबार हेटौँडामा सम्बोधन गर्दै मन्त्री थानीले संसदमा पेश भएको सरकारी ऐन निरंकुश हुनै नसक्ने दावि गरेका हुन् ।

उनले बाहिर सहकारी ऐन निरंकुश आउन लागेको हल्ला चलेपनि त्यसमा सत्यता नरहेको भन्दै निरंकुशता विरुद्ध लडेका दलहरुले ल्याउन थालेको ऐन निरंकश हुनै नसक्ने बताए । उनले आउन लागेको ऐन सहकारी मैत्री हुनेमा ढुक्क हुन आग्रह गरे । उनले सहकारीकै माध्यमबाट गरिबीको अन्त्य र देश समृद्ध हुन सक्ने भएकाले यसको प्रवद्र्धनका लागि आफ्नो मन्त्रालय तत्पर रहेको बताए । उनले देशलाई दुग्ध क्षेत्रमा आत्मनिर्भर बनाउँदै निर्यात गर्न सक्ने अवस्थामा पुर्याउन सम्बन्धित सबै मन्त्रालयबीच समन्वयको खाँचो रहेको बताए ।

दुग्ध सहकारीले देशमा रोजगारीको अवसर सिर्जना गरेको भन्दै यो क्षेत्रलाई अनुदानमार्फत आत्मनिर्भर बनाउनु जरुरी रहेको बताए । उनले सहकारीले ग्रामिण भेगमा बैंकको सेवा दिईरहेको भन्दै यसको प्रवद्र्धनमा सरकार सचेत रहेको दावि गरे । कार्यक्रममा सांसद पशुपति चौलागाईले संसदमा प्रस्ताव भएको सहकारी ऐनमा ठूला तीन दलको साझा अवधारणा रहेको भन्दै यसले अहिले रहेका धेरै समस्या समाधान हुने बताए । उनले आउने ऐनले सहकारीका समस्या सम्बोधन हुन नसके पुनः यसलाई परिमार्जन गरेर भएपछि सहकारीको हितमा सदुपयोग गरिने दावि गरे ।

कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक कैलाश ढुंगेल, राष्ट्रिय सहकारी संघका संचालक बद्री लम्साल, दुग्ध उत्पादक सहकारी संघका पूर्व केन्द्रिय अध्यक्षहरु माधव कोइराला, ढाकाराम अर्याल, सेसीका कैशव कोइराला, दुग्ध विकास संस्थानका अध्यक्ष खेम थापा, पशुपंक्षी विकास मन्त्रालका सहसचिव केशव प्रेमी, पशु सेवा विभागका निर्देशक डा. विमलकुमार निर्मल, राष्ट्रिय सहकारी बैंकका संचालक रामहरी बजगाई, डेरी एशोसियसनका अध्यक्ष नरेन्द्रराज भण्डारी, सहकारी विकास बोर्डका केन्द्रिय सदस्य धर्मदत्त देवकोटा, जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेव अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

थप समाचार