Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा १८ लामिटारमा प्लाष्टिक मल्चिङ गरी मौसमी तथा बेमौसमी तरकारी

उपमहानगरको अनुदान पाउँदैनन् कृषक

65391218_2469143376702358-1561819383.jpg

सुनिल शिवाकोटी 

१४ असार,हेटौँडा । हेटौँडा १८ लामिटार मा प्लास्टिक मल्चिङमा तयार हुँदै गरेको मौसमी तथा बेमौसमी तरकारी जस्मा लटरम्म फलेको  खुर्सानी,काक्रो,करेला,घिरौला ,बोडि, फर्सीजस्ता तरकारी लहलहाउँदो छ । 
मकवानपुरको हेटौँडा उपमहानगरपालिका १८ भोर्लेका  बसन्तराज अधिकारी आफ्नो दैनिकी  तरकारी खेतिभएको बारीमा नै बिताउँछन। 
उक्त स्थानमा पुग्दा मेहनती हातले लटरम्म फलेका तरकारीको दृश्य देखेर त्यहाँ पुग्ने जो कोही लोभिने गर्दछन् । 
हेटौँडा नगर भित्रै पर्ने तर हेटौँडा बजारबाट करिब १५ किलोमिटरको दूरीमा रहेको उक्त स्थानमा अधिकारीले मनै लोभ्याउने व्यावसायिक तरकारी खेती गरेका हुन् ।
विदेशको जागिर छोडेर आफ्नो जन्म भुमीमा केही गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गर्न सफल भएका अधिकारीले मेहनत गरी आफ्नै २ बिघा बाझोबारीमा मौसमी तथा बेमौसमी विभिन्न जाताका तरकारी खेती गरेका छन । 
मलेसियाको मासिक ५० हजारको जागिर छाडेर नेपालमै केही गर्छु भन्दै १ बर्ष अघि नेपाल आएका अधिकारीले अहिले  हेटौँडा १८ लामिटार मा पल्टिक मल्चिङ बनाई  १४ कठ्ठा जग्गामा खुर्सानी,काक्रो,करेला,घिरौला ,बोडि, फर्सी  जस्मा मौसमी तथा बेमौसमीे  तरकारप् लटरम्म उब्जाएका छन । 
दिनकै५०किलोकादरले खुर्सानी,काक्रो,करेला,घिरौला ,बोडि, फर्सी  टिप्ने गरेको बताए ।  एक पल्ट तयार गरेको पल्टिक मल्चिङमा  २। ३ पटक सम्म खेती गर्न सकिने भन्दै अब व्यवसायिक बन्न यसले सहयोग पु¥याउने आशा लिएको बताए ।
२ लाख ५ हजार लगानी गरेर ३ कठ्ठामा खुर्सानी, ५ कठ्ठामा काक्रो र बाँकी  ६ कठ्ठामा  करेला,घिरौला ,बोडि, फर्सी  लगाएको र  जागिर नै तरकारी खेती बनेको बताउदै उनले बैशाखमा लगाएको खेतीले उत्पादन दिएको र हाल सम्म १ लाख ५० हजार आम्दानी भएको बताए  । परिवारको ४ सन्तान मध्य बसन्त राज जेठा छोरा भएको र यसै खेतिको आम्दानीबाट परिवारका सदस्यलाई पालण्णपोषण गर्न सहयोग मिलेको बताउदै उनले आफु र व्यवसायबाट निकै सन्तुष्ट रहेको बताए । 
मलेसियाको मासिक ५० हजारको जागिर छाडेर  स्वदशमै केही गर्नु पर्छ बन्ने प्रेरणले गर्दा आफु व्यवसायीक तरकारी खतिमा लागेको बताउने अधिकारीले  रोग किराबाट जोगाउन, गुणस्तरीय तरकारी उत्पादनमा बृद्धि र लागत घटाउन  सरकारी तथा गैर सरकारी कुनै पनि निकायबाट सहयोग प्राप्त नभएको बताए ।

                       उपमहानगरको अनुदान पाउँदैनन् कृषक 

म २।३ पटक हेटौंडा१८को वडाकार्यालय, नगरपालिका गए कुनै सहयोग  भएन, लगाएको खेतीमा लागेको रोग र त्यसको न्युनिकरणका लागि कृषि कार्यालय गए कृषि विज्ञलाई खबर गरे तर कसैले पनि सहयोग नगरेको बताए । सडक छैन, दैनिक उत्पादन भएको तरकारी बजार लैजान कठिनाई भएको र खेती भएको स्थानसम्म विद्युतीकरण नहुदा सिचाई गर्न कर्रा खोलबाट पम्पले पानी तानेर सिचाँई गर्न बाध्य भएको गुनासो पोखे ।   
देशमा बेरोजगारीको संख्या बढदै गइरहेको अवस्थामा स्वदेशमै केही गर्न सकिन्छ भन्दै कृषिमाआत्मनिर्भर भएका युवालाई सरकारी निकायबाट सहयोग हुन जरुरी देखिन्छ । पार्टीका कार्यक्रर्तालाई भन्दा पनि मेहनती र साच्चै हातगोडा खियाएर कृषिलाई जिउने आधार मानेका व्यक्तिलाई पहिचान गरी अनुदान र सहयोग गरेमा अहिले सरकारको नारा वास्तवीकमा रुपान्तर भई देशमा आर्थीक क्रन्ति संभव हुन्थ्योकिरु अनि विगतबाटै तरकारी खेतीको अभ्यास गर्दै आएका सिङ्गो नेपाली युवा आधुनिक तरिकाबाट व्यावसायिक खेतीमा सक्रिय हुने पक्का देखिनेछ ।  
 

65309538_374038826470933_-1561819385.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार