Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा १८ लामिटारमा प्लाष्टिक मल्चिङ गरी मौसमी तथा बेमौसमी तरकारी

उपमहानगरको अनुदान पाउँदैनन् कृषक

65391218_2469143376702358-1561819383.jpg

सुनिल शिवाकोटी 

१४ असार,हेटौँडा । हेटौँडा १८ लामिटार मा प्लास्टिक मल्चिङमा तयार हुँदै गरेको मौसमी तथा बेमौसमी तरकारी जस्मा लटरम्म फलेको  खुर्सानी,काक्रो,करेला,घिरौला ,बोडि, फर्सीजस्ता तरकारी लहलहाउँदो छ । 
मकवानपुरको हेटौँडा उपमहानगरपालिका १८ भोर्लेका  बसन्तराज अधिकारी आफ्नो दैनिकी  तरकारी खेतिभएको बारीमा नै बिताउँछन। 
उक्त स्थानमा पुग्दा मेहनती हातले लटरम्म फलेका तरकारीको दृश्य देखेर त्यहाँ पुग्ने जो कोही लोभिने गर्दछन् । 
हेटौँडा नगर भित्रै पर्ने तर हेटौँडा बजारबाट करिब १५ किलोमिटरको दूरीमा रहेको उक्त स्थानमा अधिकारीले मनै लोभ्याउने व्यावसायिक तरकारी खेती गरेका हुन् ।
विदेशको जागिर छोडेर आफ्नो जन्म भुमीमा केही गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गर्न सफल भएका अधिकारीले मेहनत गरी आफ्नै २ बिघा बाझोबारीमा मौसमी तथा बेमौसमी विभिन्न जाताका तरकारी खेती गरेका छन । 
मलेसियाको मासिक ५० हजारको जागिर छाडेर नेपालमै केही गर्छु भन्दै १ बर्ष अघि नेपाल आएका अधिकारीले अहिले  हेटौँडा १८ लामिटार मा पल्टिक मल्चिङ बनाई  १४ कठ्ठा जग्गामा खुर्सानी,काक्रो,करेला,घिरौला ,बोडि, फर्सी  जस्मा मौसमी तथा बेमौसमीे  तरकारप् लटरम्म उब्जाएका छन । 
दिनकै५०किलोकादरले खुर्सानी,काक्रो,करेला,घिरौला ,बोडि, फर्सी  टिप्ने गरेको बताए ।  एक पल्ट तयार गरेको पल्टिक मल्चिङमा  २। ३ पटक सम्म खेती गर्न सकिने भन्दै अब व्यवसायिक बन्न यसले सहयोग पु¥याउने आशा लिएको बताए ।
२ लाख ५ हजार लगानी गरेर ३ कठ्ठामा खुर्सानी, ५ कठ्ठामा काक्रो र बाँकी  ६ कठ्ठामा  करेला,घिरौला ,बोडि, फर्सी  लगाएको र  जागिर नै तरकारी खेती बनेको बताउदै उनले बैशाखमा लगाएको खेतीले उत्पादन दिएको र हाल सम्म १ लाख ५० हजार आम्दानी भएको बताए  । परिवारको ४ सन्तान मध्य बसन्त राज जेठा छोरा भएको र यसै खेतिको आम्दानीबाट परिवारका सदस्यलाई पालण्णपोषण गर्न सहयोग मिलेको बताउदै उनले आफु र व्यवसायबाट निकै सन्तुष्ट रहेको बताए । 
मलेसियाको मासिक ५० हजारको जागिर छाडेर  स्वदशमै केही गर्नु पर्छ बन्ने प्रेरणले गर्दा आफु व्यवसायीक तरकारी खतिमा लागेको बताउने अधिकारीले  रोग किराबाट जोगाउन, गुणस्तरीय तरकारी उत्पादनमा बृद्धि र लागत घटाउन  सरकारी तथा गैर सरकारी कुनै पनि निकायबाट सहयोग प्राप्त नभएको बताए ।

                       उपमहानगरको अनुदान पाउँदैनन् कृषक 

म २।३ पटक हेटौंडा१८को वडाकार्यालय, नगरपालिका गए कुनै सहयोग  भएन, लगाएको खेतीमा लागेको रोग र त्यसको न्युनिकरणका लागि कृषि कार्यालय गए कृषि विज्ञलाई खबर गरे तर कसैले पनि सहयोग नगरेको बताए । सडक छैन, दैनिक उत्पादन भएको तरकारी बजार लैजान कठिनाई भएको र खेती भएको स्थानसम्म विद्युतीकरण नहुदा सिचाई गर्न कर्रा खोलबाट पम्पले पानी तानेर सिचाँई गर्न बाध्य भएको गुनासो पोखे ।   
देशमा बेरोजगारीको संख्या बढदै गइरहेको अवस्थामा स्वदेशमै केही गर्न सकिन्छ भन्दै कृषिमाआत्मनिर्भर भएका युवालाई सरकारी निकायबाट सहयोग हुन जरुरी देखिन्छ । पार्टीका कार्यक्रर्तालाई भन्दा पनि मेहनती र साच्चै हातगोडा खियाएर कृषिलाई जिउने आधार मानेका व्यक्तिलाई पहिचान गरी अनुदान र सहयोग गरेमा अहिले सरकारको नारा वास्तवीकमा रुपान्तर भई देशमा आर्थीक क्रन्ति संभव हुन्थ्योकिरु अनि विगतबाटै तरकारी खेतीको अभ्यास गर्दै आएका सिङ्गो नेपाली युवा आधुनिक तरिकाबाट व्यावसायिक खेतीमा सक्रिय हुने पक्का देखिनेछ ।  
 

65309538_374038826470933_-1561819385.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार