Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्वकप क्रिकेटः पाकिस्तान शीर्ष ४ मा

Pakistan-Af-1561856673.jpg

१५ असार, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ औँ आइसिसि एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा अफगानिस्तानलाई रोमाञ्चक खेलमा हराउँदै पाकिस्तान शिर्ष ४ स्थानमा उक्लिएको छ । 
अफगानिस्तानलाई तीन विकेटले हराएको पास्तिानले जितका लागी अन्तिम ओभर सम्म कुर्नुप¥यो । यो जितसँगै पाकिस्तानले सेमिफाइनलको सम्भावना पनि बलियो बनाएको छ । 
टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२७ रन बनाएको थियो ।
अफगानिस्तानका लागि असगर अफगान र नजिबुल्लाह जदनले समान ४२–४२ रन बनाए भने रहमत साहले ३५ र इकरम अलिखिलले २४ रन बनाए ।
यस्तै बलिङतर्फ पाकिस्तानका लागि शाहीन अफ्रिदीले सर्वाधिक ४ विकेट लिँदा इमाद वसिम र वहाब रियाजले समान दुई–दुई विकेट लिए । 
जवाफमा पाकिस्तानले ४९ ओभर चार बलमा सात विकेट गुमाउँदै लक्ष्य हासिल ग¥यो । खराब सुरुवात गरेको पाकिस्तानले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको थियो । उसका ओपनर फखर जमान शून्य रनमा नै आउट भए ।
दोस्रो विकेटका लागि इमाम उल हक र बाबर आजमबीच ७२ रनको साझेदारी गरेपछि पाकिस्तान खेलमा फर्किएको थियो । बाबरले ४५ र इमाम ३६ रन बनाए । 
यस्तै पाकिस्तानका लागी वासिमले ४९, हरिस सोहेलले २७, मोहम्मद हफीजले १९, कप्तान सरफराज अहमदले १८,  वहाबले १५ र शदाब खानले ११ रन बनाए ।
अफगानिस्तानका लागि मुजीब उर रहमान  र मोहम्मद नाबीले दुई–दुई विकेट लिँदा राशिद खानले एक विकेट लिए । पाकिस्तानले ८ खेलबाट ९ अंक बनाउँदै शीर्ष चारमा पुगेको छ । अब उसले बंगलादेशसँग खेल्न बाँकी छ । (एजेन्सी)
 

Pakistan-Win-1561856674.jpg
wc_table_ocIAGN3VJ8-1561856675.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार