Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

कृषि उपज बजार निर्माण गर्न मउवासंघको माग

mcci-1481803013.JPG

३० मंसिर, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघले कृषि विकास राज्यमन्त्री राधिका तामाङसँग हेटौंडामा क्षेत्रीयस्तरको कृषिउपज थोक बजार निर्माण गर्न माग गरेको छ । संघको नेतृत्वमा कृषि विकास मन्त्रालयमा पुगि स्थानीय सरोकार तथा राजनैतिक दलको प्रतिनिधिसहितको टोलीले राज्यमन्त्री राधिका तामाङसँग थोक बजार निर्माणका लागि ध्यानाकर्षण गराएको हो । 
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित राप्ति किनारमा रहेको सरकारी स्वामित्वको जग्गालाई हेटौंडा उपमहानगरपालिकाले समेत बजार निर्माणमा लिखित रुपमै स्वीकृत दिएपछि काठमाडौंमा पुगेर कृषि उपज निर्माणका लागि ध्यानाकर्षण गराएको अध्यक्ष राजकुमार न्यौपानेले बताए । भेटमा राज्यमन्त्री तामाङले आफूले समेत उक्त स्थानको केही दिन अघि अवलोकन गरिसकेकोले यस विषयमा आफू सकारात्मक रहेको बताए । 
कृषि उपज बजार व्यवस्थापन समितिका गोविन्द दहालले बुटबल र सर्लाहीको बीचमा पूर्वपश्चिम राजमार्गमा कतै पनि यस्तो बजार नरहेकोले यसका लागि हेटौंडा राम्रो विकल्पको रुपमा रहेको बताए । भेटका अवसरमा कृषि सहकारीका एकराज उप्रेतीले चितवन, बारा, पर्सा, रौतहट, सिन्धुली लगायत मकवानपुर जिल्लाका समेत गरी करीब ५ हजार कृषकले प्रत्यक्ष लाभ लिन सक्ने जानकारी दिएका थिए । 
कार्यक्रममा हेटौँडा नगरपालिकाका विके महर्जन, मकवानपुर तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष खड्गबहादुर मोक्तान, एमालेबाट ध्रुब चौलागाई, नेपाली काँग्रेसकी कृषि संयोजक लक्ष्मी गौतम, राप्रपाका उपाध्यक्ष गुञ्जन न्यौपाने, सीताराम बर्तौला लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

थप समाचार