१७ असार, हेटौँडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ५ दिने चीन भ्रमणका लागि प्रस्थान गरेका छन् । केही समय अगाडि भगिनी सम्बन्ध कायम भएको चिनको गान्सु प्रान्तका गभर्नरको निमन्त्रणामा मुख्यमन्त्रीको नेतृत्वमा मंगलबार बिहान ७ जनाको टोलि त्यसतर्फ प्रस्थान गरेको हो ।
चिनको गान्सु प्रान्तको लान्झाउ शहरमा १८ गतेदेखि २१ गतेसम्म आयोजना हुने विविध कार्यक्रममा मुख्यमन्त्री पौडेलले सम्बोधन समेत गर्नेछन् । तालिका अनुसार मुख्यमन्त्री पौडेलले डेभलपमेन्ट फोरम एन्ड कोरिडोर लजिस्टिक इन्डस्ट्री प्रोमोसन कार्यक्रममा सहभागि हुनेछन् । १९ गते २५ औं चीन लान्झाउ इन्भेस्टमेन्ट एन्ड ट्रेड फेयर एन्ड हाई इन्ड फोरम अन सिल्क रोड कोअपरेसन कार्यक्रममा सम्बोधन गर्नेछन् ।
सोही अवसरमा गान्सु प्रान्तका गभर्नर ताङ रेन्जिअनसंग भेट हुने मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए । यस्तै २० गते सस्टिनेबल डेभलपमेन्ट फोरम अफ सिल्क रोड सिटिजमा सहभागी हुनुका साथै त्यहाँको विभिन्न स्थानको अवलोकन समेत गर्ने कार्यक्रम छ । २१ गते त्यहाका उद्योग, कृषि प्रदर्शनीको समेत अवलोकनको कार्यक्रम रहेको छ ।
सिन्धुलीको मरिण र मकवानपुरको मनहरीमा स्थापना हुने औद्योगिक क्षेत्र तथा विद्युतिय सवारसंचालनका बिषयमा पनि थप छलफल हुनेछ । भ्रमण टोलीमा पौडेलकी धर्मपत्नी बिजया पौडेल, प्रदेश सभा सदस्यहरू जुनेली श्रेष्ठ, कंचन खनाल र राधा घले, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका उपसचिव भोला दाहाल र मुख्यमन्त्री डोरमणि पौडेलका स्वकीय सचीव अनुप पौडेल सहभागी छन । टोलि २२ गते नेपाल फर्कने कार्यक्रम छ ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















