Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आधुनिकमा २० को उम्मेदवारी, आजदिनभर फिर्ता लिने समय

Aadhunik-School2-1481874469.jpg

१ पुस, हेटौँडा । मकवानपुरकै चर्चित सामुदायिक विद्यालय आधुनिक राष्ट्रिय माविमा चुनावी माहोल तातेको छ । विद्यालय व्यवस्थापन समिति गठनका लागि अहिले माहौल तातेको हो ।

विद्यालय व्यवस्थापन समितिमा आवश्यक ४ पदका लागि २० जनाको उम्मेदवारी परेको छ । २ महिला र २ पुरुष आवश्यक पर्ने समिति सदस्यमा १२ महिला र ८ पुरुषले उम्मेदवारी दिएका छन् । अभिभावक भेलामा आफुलाई आकांक्षीको रुपमा २० जनाले उम्मेदवारी दिएका छन् । पुरुषततर्फ भुमिनन्द गौतम, अर्जुन ढुंगाना, रामप्रसाद कालाखेती, रमेश कोइराला, सञ्जिव श्रेष्ठ, रमेशप्रसाद न्यौपाने, नरहरी महत र चित्तबहादुर विकले उम्मेदवारी दिएका छन् । महिलातर्फ गोरीमाया लामा, यक्षकुमारी थापा, मन्दिरा घिमिरे, शान्तकुमारी खड्का, मञ्जु गुप्ता, रमा नेपाल, अप्सरा ढकाल, जिना सुनार, शान्ति पौडेल, उर्मिला नेपाल, रेणुका फुँयाल वाईवा र लक्ष्मी गौतम रहेका छन् ।उम्मेदवारको उम्मेदवारी फिर्ताका लागि शुक्रबार अपरान्ह ४ बजेसम्मको समय दिईएको छ । दलिय भागबण्डाका आधारमा आफ्नो पक्षमा नेतृत्व लिनका लागि अहिले प्रमुख दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा छलफलमा जुटेको एक उम्मेदवारले जनाए ।

निर्वाचन प्रक्रिया अनुसार २ महिला र २ पुरुष निर्वाचन प्रक्रिया अनुसार छनौट हुनेछन् भने एक महिला र एक पुरुष समितिले मनोनित गर्नेछ । प्रधानाध्यापक सदस्य सचिव रहन्छन् भने एक शिक्षक प्रतिनिधि रहने छन् । ८ जनाको समितिको निर्णयबाट अध्यक्ष चयन हुनेछन् । देशमै चर्चा कमाएको विद्यालयको नेतृत्वमा दावि गरिरहेका उम्मेदवारहरुले पनि राजनैतिक ढंगबाट लविङलाई तिब्र पारेका छन् ।

यसअघि अध्यक्ष भएका चित्तबहादुर विक र यसअघि दावि गरेका नरहरी महतले आफ्नो पक्षमा माहोल जुटाउन दौडधुपमा लागेको जनाईन्छ । अन्य उम्मेदवार सर्वसम्मतिबाट समिति गठनको मनस्थितिमा रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार