१८ असार, हेटौंडा।नेपाल तरुण दल मकवानपुरले नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्वगीय गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मदिनको अवसरमा बाल गृहलाइ १ महिना सम्म पुग्ने खाद्यान्न सहयोग गरेको छ।
हेटौंडा–५ मा रहेको ग्रामीण जीवनस्तर सुधार मञ्चद्धारा सञ्चालित हाम्रो घर बालगृहमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल मकवानपुरले बुधबार खाद्यान्न सहयोग गरेको हो ।
नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्वगीय गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मदिनको अवसरमा तरुण दल मकवानपुरले बालगृहमा एक महिनासम्मलाई पुग्ने खाद्यान्न सहयोग गरिएको हो । मकवानपुर उद्योग वाणिज्य संघले केही समयअघि आयोजना गरेको औद्योगिक व्यापार मेलामा तरुण दलले सहयोग गरेबापत पाएको पारिश्रमिकबाट बालगृहमा खाद्यान्न सहयोग गरिएको तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले बताए ।
तरुण दलले बालगृहमा चामल, दाल, तेल, मसला, नुन, आलु, प्याज, लसुनलगायतका खाद्यान्न समाग्री सहयोग गरेको हो । तरुण दलका अध्यक्ष पाठकले बालगृहकी सञ्चालक इन्दिरा डल्लाकोटीलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेका थिए ।
अध्यक्ष पाठकको अध्यक्षतामा भएको खाद्यान्न वितरण कार्यक्रममा नेपाल तरुण दल मकवानपुरका संस्थापक अध्यक्ष एवम् पार्टी निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पार्टी मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, पार्टी प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्य अमृता थापा, इन्दिरा न्यौपाने, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव प्रमोदसिं रानाभाट, कार्यसमिति सदस्य कृष्णप्रसाद ढुङ्गानालगायत तरुण दलका जिल्ला कार्यत्रसमितिका पदाधिकारी तथा सदस्यलगायतको आतिथ्यता रहेको थियो ।
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...
१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...
११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...


















-1761227295-1778632336.jpg)