Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

तरुण दल मकवानपुरद्वारा बालगृहमा खाद्यान्न सहयोग

IMG_20190703_122253-1562136071.jpg

१८ असार, हेटौंडा।नेपाल तरुण दल मकवानपुरले नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्वगीय गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मदिनको अवसरमा बाल गृहलाइ १ महिना सम्म पुग्ने  खाद्यान्न सहयोग गरेको छ।

हेटौंडा–५ मा रहेको ग्रामीण जीवनस्तर सुधार मञ्चद्धारा सञ्चालित हाम्रो घर बालगृहमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल मकवानपुरले बुधबार खाद्यान्न सहयोग गरेको हो ।

नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्वगीय गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मदिनको अवसरमा तरुण दल मकवानपुरले बालगृहमा एक महिनासम्मलाई पुग्ने खाद्यान्न सहयोग गरिएको हो । मकवानपुर उद्योग वाणिज्य संघले केही समयअघि आयोजना गरेको औद्योगिक व्यापार मेलामा तरुण दलले सहयोग गरेबापत पाएको पारिश्रमिकबाट बालगृहमा खाद्यान्न सहयोग गरिएको तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले बताए ।

तरुण दलले बालगृहमा चामल, दाल, तेल, मसला, नुन, आलु, प्याज, लसुनलगायतका खाद्यान्न समाग्री सहयोग गरेको हो । तरुण दलका अध्यक्ष पाठकले बालगृहकी सञ्चालक इन्दिरा डल्लाकोटीलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेका थिए ।

अध्यक्ष पाठकको अध्यक्षतामा भएको खाद्यान्न वितरण कार्यक्रममा नेपाल तरुण दल मकवानपुरका संस्थापक अध्यक्ष एवम् पार्टी निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पार्टी मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, पार्टी प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्य अमृता थापा, इन्दिरा न्यौपाने, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव प्रमोदसिं रानाभाट, कार्यसमिति सदस्य कृष्णप्रसाद ढुङ्गानालगायत तरुण दलका जिल्ला कार्यत्रसमितिका पदाधिकारी तथा सदस्यलगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार