१९ असार, हेटौँडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकासका गति संगसंगै लैजान चिनको गान्सु प्रान्तसंग भगिनी सम्बन्ध जोडेको बताएका छन् ।
चिनको ५ दिने भ्रमणका क्रममा विहिबार गान्सु प्रान्तमा भएको २५ औं चीन लान्झाउ इन्भेस्टमेन्ट एन्ड ट्रेड फेयर एन्ड हाई इन्ड फोरम अन सिल्क रोड कोअपरेसन कार्यक्रममा सम्बोधन गर्दै उनले चिन तथा गान्सु प्रान्तको अभुतपूर्व विकासबाट नेपाल प्रभावित भएको धारणा राखे ।
यो भन्दा अगाडि पनि राष्ट्रपति विद्यादेबी भण्डारीसंग चिनको भ्रमण गरेको स्मरण गर्दै मुख्यमन्त्री पौडेलले चिनसंग सदैब राम्रो सम्बन्ध हुने प्रष्ट पारे । मुख्यमन्त्री पौडेलले दुई देशले एक अर्काको सार्वभौमिकता र संघीयतामा उत्तिकै सम्मान गरेको बताउँदै चिनसंग ऐतिहासिक, सांस्कृतिक, आर्थिक र भौगोलिक आधार पनि मिल्ने बताए ।
चीनको भ्रमणमा रहेका मुख्यमन्त्री पौडेलले शुक्रबार सस्टिनेबल डेभलपमेन्ट फोरम अफ सिल्क रोड सिटिजमा सहभागिता जनाउनुका साथै त्यहाँको विभिन्न स्थानको अवलोकन समेत गर्नेछन् ।
मुख्यमन्त्री पौडेलसङ्ग उहाँकी धर्मपत्नी बिजया पौडेल, प्रदेश सभा सदस्यहरू जुनेली श्रेष्ठ, कंचन खनाल र राधा घले, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव भोला दाहाल र मुख्यमन्त्री डोरमणि पौडेलका स्वकीय सचिव अनुप पौडेल सहभागी छन् । टोलि २३ गते स्वदेश फर्कनेछ ।
मुख्यमन्त्री पौडेल र ज्याङ यान्युबीच भेट
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र चीनको गान्सु प्रान्तको रुरल वर्क प्लान एण्ड डेभलपमेन्टका डाईरेक्टर ज्याङ यान्युबीच बिहिबार भेटवार्ता भएको छ । भेटका क्रममा नेपालको आधुनिक कृषि प्रणालीबाट कृषिक्षेत्रको विकासका वियमा छलफल भएको हो ।
हाम्रो कृषि प्रणाली परम्परागत भएको भन्दै नेपालको कृषि प्रणालीमा अत्याधुनिक प्रविधि भित्र्याउन मुख्यमन्त्री पौडेलले आग्रह गरे । चक्लाबन्दी, टनेल खेति गरी उत्पादनसंगै कोल्ड स्टोर निर्माया गरी सम्पूण कृषिका प्रकृया एकै स्थानमा गर्ने कार्यमा सहकार्य गर्न तयार रहेको डाइरेक्टर यान्युले बताए । काभ्रे र मकवानपुरमा तरकारी, धादिङ र रसुवामा फुजी स्याउ उत्पादन हुने मुख्यमन्त्री पौडेलले जानकारी गराएका थिए ।
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...


















-1780-1781487498.jpg)