Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा–१ का अध्यक्षबाट आफ्नो तलब मदरसालाई दान

Sabin-1562256872.jpg

१९ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपानेले आफ्नो तलब मदरसा दारुल कुरआनलाई सहयोग गरेका छन् । न्यौपानेले आफ्नो एक महिनाको तलब आफ्नै वडामा निर्माण भइरहेको मुस्लिम समुदायको अनाथ बालबालिकाहरु अध्ययन गर्ने मदरसालाई सहयोग गरेका हुन् ।
उनले एक महिनाको तलब बराबरको चेक मदरसा समितिका अध्यक्षलाई हस्तान्तरण गरेका छन् । हेटौंडा उपमहानगरपालिकाले वडा अध्यक्षलाई मासिक २५ हजार रुपैँया तलब दिँदै आएको छ ।
जरुवाटोलमा साढे १० धुर क्षेत्रफल जग्गामा निर्माण भइरहेको मदरसाको छत ढलानको काम शनिबार हुँदैछ । विभिन्न क्षेत्रबाट जुटेको बजेट र सहयोगबाट निर्माण भइरहेको भवन ढलान गर्न समस्या आउने देखेपछि विहीबार मदरसा व्यवस्थापन समिति र निर्माण समितिका पदाधिकारीहरुले वडा अध्यक्ष न्यौपानेसंग भेटेका थिए । सोही अवसरमा अध्यक्ष न्यौपानेले आफ्नो एक महिनाको तलब सहयोग गरेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी समितिका सल्लाहकार हातिम अन्सारी र समिम मियाँ, सहसचिव जुनैजु मियाँ, सदस्य फिरोज खानलगायतले सहयोगको प्रशंसा गरेका थिए । ६ वटा कोठा रहेको भवनमा हाल कक्षा ३ सम्म अध्यापन हुँदै आएको मदरसाले जनाएको छ ।  विद्यालयमा हाल ४० जना अनाथ मुस्लिम विद्यार्थी अध्ययनरत छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार