Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

गाउँपालिकाको बजेटले मार्क्सवाद र माओवादको प्रशिक्षण

touchmaster_1562334912941-1562335271.jpg

२० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले कार्यालयको बजेटले मार्क्सवाद र माओवादको प्रशिक्षण दिएको छ । गाउँपालिकाको 
चालू आव ०७५/०७६ को बजेटले नेकपाका कार्यकर्ताहरुलाई मार्क्सवाद र माओवादको ३ दिने प्रशिक्षण दिईएको हो ।
युवा क्षमता विकास तालिम शिर्षकको ३ लाख ५० हजार रूपैयाँबाट तीन दिन आवासीय रूपमा मार्क्सवाद र माओवादको प्रशिक्षण दिएको हो ।
आयोजक कैलाश गाउँपालिका र फिलिङ्गो मिडिया सहयोगी रहेको उक्त तालिमअसार १८ गतेबाट शुरू भई शुक्रबार सकिएको छ ।  तालिममा नेकपाका मनहरी, राक्सीराङ र कैलाश गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको स्रोतको दाबी छ ।
तालिममा पूर्व सूचना तथा संचारमन्त्री राम कार्की, नेकपाका नेताहरु डा. विजयकुमार पौडेल, घनश्याम भुसाल, रामनारायण विडारी, विरोध खतिवडा र सांसद ओम घलानले प्रशिक्षण दिएका थिए । प्रशिक्षण युवापुस्ता, जनप्रतिनिधि र पार्टी पंक्तिको क्षमता विकास तथा नेतृत्व निर्माण तालिम अन्तरगत मार्क्सवादका आधारभुत सिद्धान्त, नेपाली कम्युनिष्ट आन्दोलन र अवको कार्यभार लगायतका बारेमा केन्द्रित रहेको थियो ।
कार्यक्रममा प्रदेश नं ३ का सांसद एवम् नेकपा जिल्ला संयोजक मुनु सिग्देल, प्रदेश सांसद तथा नेकपा प्रदेश कमिटी सदस्य ओमबहादुर ग्लान (प्रदीप), नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटी सदस्य एकराज उप्रेती, नेकपाका जिल्ला कमिटी सदस्य नरेन्द्रलाल रिजाल, बनस्तम थिङ, तत्कालीन प्रेस चौतारीका उपमहासचिव रामकुमार एलन, केन्द्रीय सदस्य शिवकुमार काशी, युवा संघ नेपालका नेताहरु नवीन सुवेदी, लक्ष्मण उप्रेती, वाइसीएलका नेता कमल अर्याल, गोविन्द गलान लगायतको सहभागिता रहेको थियो ।
गाउँपालिकाको युवा क्षमता विकास तालिमको पैसाले आफ्ना कार्यकर्ताहरुलाई मार्क्सवाद र माओवादको सिद्धान्त पढाएको भन्दै कैलाश गाउँपालिकाका जनप्रतिनिधिहरु आक्रोशित रहेका छन् । उनीहरुले यसबारेमा गाउँपालिका प्रमूखसंग जवाफ माग्ने बताएका छन् ।
यता गाउँपालिका अध्यक्ष टंक मोक्तानले भने कम्युनिष्टको सिद्धान्त भनेको विश्वको मार्गदर्शक सिद्धान्त रहेको र अाफुहरू समेत त्यहि सिकेर आएकाले प्रशिक्षण दिएको बताए । उनले बजेटले पार्टीको प्रशिक्षण नभई समाजवादतर्फ उन्मुख गराउन युवाहरुलाई प्रेरित गर्न तालिम दिइएको बताउँदै क्याम्पसमा कम्युनिष्टको सिद्धान्त पढाउन हुने तर आफुहरूले पढाउन किन नहुने भन्दै प्रश्न गरे । उनले यसलाई बजेट दुरुपयोग भन्न नमिल्ने बताए ।
बिवादले परिषद अवरुद्ध
कैलाश गाउँ कार्यपालिकाको बैठक वडा अध्यक्षहरुद्वारा तेश्रोपटक पनि बहिष्कार गर्दा अझै सम्पन्न हुन सकेको छैन । कैलाश गाउँपालिकाका १० वटै वडा अध्यक्षहरुले तेश्रोपटक असार १७ गतेको बैठकसमेत बहिष्कार गरेका हुन् ।
वडा अध्यक्षहरुले सिलिङ बजेट नदिएको, बैठक व्यबस्थित र समयतालिकाअनुसार नभएको, फरक राजनीतिक दलको उपभोक्ता समितिले गरेको कामको पेश्की फछ्र्योट नगरेको, एजेण्डाको बारेमा जानकारी नै नदिई गाउँपालिका प्रमूखले एकलौटी निर्णय गर्न खोजेको आरोप लगाएका छन् ।
मकवानपुरको १० स्थानीय तहको मध्ये कैलाश गाउँपालिकाको मात्रै गाउँसभा हुन सकेको छैन् । यसअघि वडा अध्यक्षहरुले असार ६ गते र १० गतेसमेत बैठक बहिष्कार गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार