२० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले कार्यालयको बजेटले मार्क्सवाद र माओवादको प्रशिक्षण दिएको छ । गाउँपालिकाको
चालू आव ०७५/०७६ को बजेटले नेकपाका कार्यकर्ताहरुलाई मार्क्सवाद र माओवादको ३ दिने प्रशिक्षण दिईएको हो ।
युवा क्षमता विकास तालिम शिर्षकको ३ लाख ५० हजार रूपैयाँबाट तीन दिन आवासीय रूपमा मार्क्सवाद र माओवादको प्रशिक्षण दिएको हो ।
आयोजक कैलाश गाउँपालिका र फिलिङ्गो मिडिया सहयोगी रहेको उक्त तालिमअसार १८ गतेबाट शुरू भई शुक्रबार सकिएको छ । तालिममा नेकपाका मनहरी, राक्सीराङ र कैलाश गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको स्रोतको दाबी छ ।
तालिममा पूर्व सूचना तथा संचारमन्त्री राम कार्की, नेकपाका नेताहरु डा. विजयकुमार पौडेल, घनश्याम भुसाल, रामनारायण विडारी, विरोध खतिवडा र सांसद ओम घलानले प्रशिक्षण दिएका थिए । प्रशिक्षण युवापुस्ता, जनप्रतिनिधि र पार्टी पंक्तिको क्षमता विकास तथा नेतृत्व निर्माण तालिम अन्तरगत मार्क्सवादका आधारभुत सिद्धान्त, नेपाली कम्युनिष्ट आन्दोलन र अवको कार्यभार लगायतका बारेमा केन्द्रित रहेको थियो ।
कार्यक्रममा प्रदेश नं ३ का सांसद एवम् नेकपा जिल्ला संयोजक मुनु सिग्देल, प्रदेश सांसद तथा नेकपा प्रदेश कमिटी सदस्य ओमबहादुर ग्लान (प्रदीप), नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटी सदस्य एकराज उप्रेती, नेकपाका जिल्ला कमिटी सदस्य नरेन्द्रलाल रिजाल, बनस्तम थिङ, तत्कालीन प्रेस चौतारीका उपमहासचिव रामकुमार एलन, केन्द्रीय सदस्य शिवकुमार काशी, युवा संघ नेपालका नेताहरु नवीन सुवेदी, लक्ष्मण उप्रेती, वाइसीएलका नेता कमल अर्याल, गोविन्द गलान लगायतको सहभागिता रहेको थियो ।
गाउँपालिकाको युवा क्षमता विकास तालिमको पैसाले आफ्ना कार्यकर्ताहरुलाई मार्क्सवाद र माओवादको सिद्धान्त पढाएको भन्दै कैलाश गाउँपालिकाका जनप्रतिनिधिहरु आक्रोशित रहेका छन् । उनीहरुले यसबारेमा गाउँपालिका प्रमूखसंग जवाफ माग्ने बताएका छन् ।
यता गाउँपालिका अध्यक्ष टंक मोक्तानले भने कम्युनिष्टको सिद्धान्त भनेको विश्वको मार्गदर्शक सिद्धान्त रहेको र अाफुहरू समेत त्यहि सिकेर आएकाले प्रशिक्षण दिएको बताए । उनले बजेटले पार्टीको प्रशिक्षण नभई समाजवादतर्फ उन्मुख गराउन युवाहरुलाई प्रेरित गर्न तालिम दिइएको बताउँदै क्याम्पसमा कम्युनिष्टको सिद्धान्त पढाउन हुने तर आफुहरूले पढाउन किन नहुने भन्दै प्रश्न गरे । उनले यसलाई बजेट दुरुपयोग भन्न नमिल्ने बताए ।
बिवादले परिषद अवरुद्ध
कैलाश गाउँ कार्यपालिकाको बैठक वडा अध्यक्षहरुद्वारा तेश्रोपटक पनि बहिष्कार गर्दा अझै सम्पन्न हुन सकेको छैन । कैलाश गाउँपालिकाका १० वटै वडा अध्यक्षहरुले तेश्रोपटक असार १७ गतेको बैठकसमेत बहिष्कार गरेका हुन् ।
वडा अध्यक्षहरुले सिलिङ बजेट नदिएको, बैठक व्यबस्थित र समयतालिकाअनुसार नभएको, फरक राजनीतिक दलको उपभोक्ता समितिले गरेको कामको पेश्की फछ्र्योट नगरेको, एजेण्डाको बारेमा जानकारी नै नदिई गाउँपालिका प्रमूखले एकलौटी निर्णय गर्न खोजेको आरोप लगाएका छन् ।
मकवानपुरको १० स्थानीय तहको मध्ये कैलाश गाउँपालिकाको मात्रै गाउँसभा हुन सकेको छैन् । यसअघि वडा अध्यक्षहरुले असार ६ गते र १० गतेसमेत बैठक बहिष्कार गरेका थिए ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















