२१ असार,हेटौंडा। हेटौंडा जेसिजको आयोजनामा जारी खुल्ला फुटसल प्रतियोगिताको उपाधि विजय यूथ क्लवले हात पारेको छ ।
शनिबार हेटौंडा ४ कमलडाडाँमा रहेको फुटसल ग्राउण्ड भएको खेलमा एफसी ईन्टरनेट सिटीलाई ६–० गोल अन्तरले हराउँदै उपाधि माथि कब्जा जमाएको हो। सेमीफाइनलमा विजय यूथले एफसी मल्टिभिजनलाई र ईन्टरनेट सिटीले हेटौंडा फुटबल एकेडेमीलाई हराउँदै फाइनल भिडन्त पक्का गरेका थिए । विजय यूथलाई उपाधि जिताउने क्रममा कप्तान सुदिप राजबाहकले ह्याट्रिक गर्दा अनिष श्रेष्ठ, अभय राना, अरुज सिंहले समान एक÷एक गोल गरेका थिए।
प्रतियोगिताको विजेता बनेसँगै विजय युथले नगद ५० हजार रुपैयाँ ट्रफी,मेडल हात पारेको छ। उपविजेता बनेकोको ईन्टरनेटले २५ हजार रुपैयाँमै चित्त बुझाउन बाध्य बनेको हो।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजय यूथका गोलरक्षक अनिल श्रेष्ठ घोषित भए । उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।
विजयी खेलाडीहरुलाई नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमेशचन्द्र भुषाल, उपाध्यक्षद्वय कृष्णप्रसाद अर्याल र गोकुल सापकोटा तथा आयोजक जेसीजका अध्यक्ष सन्देश डिसीले पुरस्कार वितरण गरेका हुन् । प्रतियोगितामा मकवानपुरका २० टिमको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक विकेशलाल श्रेष्ठको संयोजकत्व एवम् अध्यक्ष सन्देश डिसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष कृष्णप्रसाद अर्याल, हेटौंडा जेसीज पूर्व अध्यक्ष गणेशकुमार श्रेष्ठ, बस्तीपुर जेसीजका अध्यक्ष सुनिल अधिकारी, गोरखा जेसीज अध्यक्ष राजिव अधिकारी, वीरगञ्ज जेसीज अध्यक्ष शेखर चौधरी, हेटौंडा जेसीजका उपाध्यक्ष संगीत श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...


-1792888897.jpg)










-nepal-1792111426.jpg)




