२१ असार,हेटौंडा। हेटौंडा जेसिजको आयोजनामा जारी खुल्ला फुटसल प्रतियोगिताको उपाधि विजय यूथ क्लवले हात पारेको छ ।
शनिबार हेटौंडा ४ कमलडाडाँमा रहेको फुटसल ग्राउण्ड भएको खेलमा एफसी ईन्टरनेट सिटीलाई ६–० गोल अन्तरले हराउँदै उपाधि माथि कब्जा जमाएको हो। सेमीफाइनलमा विजय यूथले एफसी मल्टिभिजनलाई र ईन्टरनेट सिटीले हेटौंडा फुटबल एकेडेमीलाई हराउँदै फाइनल भिडन्त पक्का गरेका थिए । विजय यूथलाई उपाधि जिताउने क्रममा कप्तान सुदिप राजबाहकले ह्याट्रिक गर्दा अनिष श्रेष्ठ, अभय राना, अरुज सिंहले समान एक÷एक गोल गरेका थिए।
प्रतियोगिताको विजेता बनेसँगै विजय युथले नगद ५० हजार रुपैयाँ ट्रफी,मेडल हात पारेको छ। उपविजेता बनेकोको ईन्टरनेटले २५ हजार रुपैयाँमै चित्त बुझाउन बाध्य बनेको हो।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजय यूथका गोलरक्षक अनिल श्रेष्ठ घोषित भए । उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।
विजयी खेलाडीहरुलाई नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमेशचन्द्र भुषाल, उपाध्यक्षद्वय कृष्णप्रसाद अर्याल र गोकुल सापकोटा तथा आयोजक जेसीजका अध्यक्ष सन्देश डिसीले पुरस्कार वितरण गरेका हुन् । प्रतियोगितामा मकवानपुरका २० टिमको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक विकेशलाल श्रेष्ठको संयोजकत्व एवम् अध्यक्ष सन्देश डिसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष कृष्णप्रसाद अर्याल, हेटौंडा जेसीज पूर्व अध्यक्ष गणेशकुमार श्रेष्ठ, बस्तीपुर जेसीजका अध्यक्ष सुनिल अधिकारी, गोरखा जेसीज अध्यक्ष राजिव अधिकारी, वीरगञ्ज जेसीज अध्यक्ष शेखर चौधरी, हेटौंडा जेसीजका उपाध्यक्ष संगीत श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















