Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्वकप क्रिकेट पहिलो सेमिफाइनल रोकियो, अब के हुन्छ ?

HBtzPQDv-1562721699.jpg

२५ असार, हेटौँडा । लगातारको बर्षाका कारण भारत र न्यूजिल्याण्ड विचको विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल रिजर्भ डेमा हुने भएको छ । 
रिजर्भ डेको नियम अनुसार ज्यूनिल्याण्डले खेल रोकिएको अवस्थाबाटै ब्याटिङ थाल्ने छ । टस जितेर पहिला ब्याटिङ गरिरहेको न्यूजिल्याण्डले ४६.१ ओभरमा ५ विकेटको नोक्सानीमा २११ रन बनाएपछि खेल रोकिएको थियो ।
अवको खेल ४६.१ ओभर ५ विकेटको क्षतिको अवस्थाबाटै हुने छ । यो अवस्थामा न्यूजिल्याण्डका रोस टेलर ६७ र लाथम ३ रनमा नटआउट छन् । 
यस अघि न्यूजिल्याण्डको स्कोरबोर्डमा १ रन हुँदा मार्टिन गप्टिललाई गुमाएको न्यूजिल्याण्डका लागि हेनरी निकोलस र कप्तान केन विलियमसनले पारी सम्हाल्ने प्रयास गरेका थिए । 
यी दुईका बीचमा भएको ६८ रनको साझेदारी रवीन्द्र जडेजाले तोडेका थिए । निकोलस २८ रन बनाएर आउट भएका थिए ।
भुवनेश्वर कुमारले ११ बल बलिङ गर्न बाँकी छ भने बुम्राहले २ ओभर बलिङ गर्न बाँकी छ । 
यदि बुधबार पनि वर्षा भएर खेल पूरा हुन नकेन भारतलाई फाइदा पुग्ने छ । लिग चरणमा शिर्ष स्थानमा रहेको भारत स्वतः फाइनलमा पुग्नेछ । 
यस्तै दोस्रो सेमिफाइनल बिहीबार हुनेछ । बिहीबार अष्ट्रेलिया र इंगल्याण्ड खेल्नेछन् । अष्ट्रेलिया लिगको दोस्रो स्थानमा रहेर र इंगल्याण्ड तेस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको थियो । (एजेन्सी)
 

india-nz-final-1562721699.jpg
1-1562721697.jpg
1vqRk0JWL7FPTLD9XL9q-1562721698.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार