२५ असार, हेटौंडा । मकवानपुरका प्रभावशाली नेता एवम् नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बाँनीयाले २५ मिटर राजमार्ग विस्तार गर्दा मुअाव्जा सुनिश्चित गर्नुपर्ने बताएका छन् । उनले राजमार्ग विस्तारको काम रोक्न नहुने बताए ।
३ नम्बर प्रदेश प्रमुख प्रतिपक्षि दलका नेता समेत रहेका बाँनीयाले अहिलेको समयमा प्रदेशको राजधानी बन्न लागेको र औद्योगिक क्षेत्रको सुदृढिकरण, फास्ट ट्रयाक, हेटौँडा–धरान–चतरा बाटो, कान्तिलोक पथ, मयुरधापमा बन्ने औद्योगिक क्षेत्रले जिल्लाको आगामि भविष्य सुनौलो हुने तर्फ सवै सचेत जिल्लावासी बुझ्नुपर्ने बताएका छन् ।
पूर्व गृह राज्यमन्त्री समेत रहेका बाँनीयाले नेपाल कम्यूनिष्ट पार्टीका केही नेताहरुलाई औद्योगिक क्षेत्र पनि यही चाहिने, प्रदेशको राजधानी पनि यहि नै चाहिने तर २५ मिटर सडक विस्तारका बारेमा बोल्न नसक्नु जनता झुक्याएर नाफामुखि दाउ हेर्दै बसिरहेका आरोप लगाए ।
सडक विस्तार नगरी राजधानी सार्ने हिजोकै मनसायमा ३ नम्बर प्रदेशको सरकार लागेको बाँनीयाले आरोप लगाए । हामी सधै अग्रगामि पक्षमा रहनुपर्छ, विकासका क्रममा केही विनास हुने भन्दै नेता बाँनीयाले हेटौँडा नगरमा २५ मिटर सडक विस्तार हुँदा विगतमा मुआब्जा लिएका, लिदैँ नलिएका र हाल घर भत्कदा सुकुम्वासी हुने अवस्था आएकाहरुको तथ्यांक निकालि मुअाव्जा पाउने पर्ने उनको माग समेत रहेको छ । बाँनीयाले भने ‘वास्तविक पिडित को हो ? तथ्य, कागज प्रमाण तथा सरकारी दस्तावेजहरुलाई हेरेर पत्ता लगाउन सकिन्छ, त्यसपछि मुआब्जाबारे निर्णय गर्नुपर्छ ।'
सडक विभागले नियम विपरित काम गर्छ भने आफुले नीति र विधि विपरित हुने कार्यको विरोध गर्ने समेत बाँनीयाले बताए ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















