Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

समुदाय प्रहरी साझेदारी कार्यक्रमको बारेमा  सरोकारवाला निकायसंग छलफल

66614867_2394742570745266-1562861069.jpg


सुनिल शिवाकोटी 
 
२६ असार, हेटौँडा
। समुदाय प्रहरी जिल्ला समिती मकवानपुरले समुदाय प्रहरी साझेदारी कार्यक्रमको बारेमा सरोकारवाला निकायसंग छलफल र अन्तरक्रिया गरेको छ । 
जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा जिल्ला प्रशासन कार्यालय मकवानपुरका भएको कार्यक्रममा सहभागिहरु प्रजिअ, जनप्रतिनिधी,प्रहरी प्रशासन, संचारकर्मी, महिला तथा बालबालिकाकर्मी, शिक्षक,विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले समुदाय प्रहरी साझेदारी कार्यक्रमको बारेका चर्चा गरेका थिए । 
कार्यक्रममा बोल्दै जिल्ला समन्व्य समिति मकवानपुरका उप प्रमुख भगवति पुडासैनीले समुदाय प्रहरी साझेदारी कार्यक्रमले समाज सुधारमा केही सकारात्क सन्देश दिएको तर गाउँ गाउँ नगर र टोलटोलमा कार्यक्रमको महत्वको बारेमा आम नागरिकलाई अझै चेतना नभएको बताईन। 
पुडासौनीले समुदाय प्रहरी साझेदारी कार्यक्रमले समुदायमा प्रहरीको भुमिकाको महत्व झल्काउने भन्दै यस कार्यक्रमलाई प्रभावकारी गराउन जि स स मकवानपुरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन ।
कार्यक्रममा बोल्दै समुदाय प्रहरी जिल्ला समिती मकवानपुर संयोजक तथा प्रजिअ अस्मान तामाङगले समुदाय प्रहरी साझेदारी कार्यक्रमले सबै वर्गलाई छोएको विशेषगरी विद्यालय तह र समाजको तल्लो तहमा समुदाय प्रहरी साझेदारी कार्यक्रमको आवश्यकतालाई बुझाउन निकै जरुरी रहेको बताएका छन । 
त्यसैगरी कार्यक्रममा बोल्दै मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जिल्लामा प्रहरीले विभिन्न नियाकसंग सहकार्य गरेर विभिन्न मितिमा विद्यालय तह र समाजको हरेक वर्ग,धर्मका आम मानिस समक्ष समुदाय प्रहरी साझेदारी कार्यक्रमको महत्वको बारेका विभिन्न कार्यक्रम गरी जानकारी गरईएको बताएका छन । उपरीक्षक सिंहले यस साझेदारी कार्यक्रमले प्रहरी र समुदायका नागरिक विच भ्रातृत्व विकास गर्न टेवा पुग्ने बताएका छन । उनले जिल्ला हुने अपराधीक गतिविधिमा यस कार्यक्रमले सहयोग गर्ने बताए । 
त्यसैगरी कार्यक्रममा बोलदै मकवानपुर उद्योग वाण्ज्यि संघका उपाध्यक्ष माधव न्यौपानेले कार्यक्रमले व्यवसायीलाई पनि निकै सहयोग गरेको भन्दै कार्यक्रमलाई प्रभावकारी बनाउन मकवानपुर उद्योग वाण्ज्यि संघ सदैव तत्पर रहेको बताए छन ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरी हुमागाईले पत्रकारले समाजमा हुने गरेका नकारात्क गतिविधीको बारेमा कलम चलाउने भएकाले समुदाय प्रहरी साझेदारी कार्यक्रमले पत्रकारलाई आफ्नो पेशामा मर्यादीत बनाउन सहयोग पुयाउने बताए । 
 कार्यक्रममा राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक कमल बहादुर थापा, मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बिष्णु ढकाल,पत्रकार सुनिल शिवाकोटी, शिक्षक  महासंघ मकवानपुर अध्यक्ष जिवन ढकाल, वाल हेल्पलाईकी सम्झना अधिकारी, राखेप प्रदेश ३ सदस्य कल्पना शर्मा, अधिवक्ता मदन दाहाल, नेपाल राष्ट्रिय अभिभावक संघका उपाध्यक्ष साधुराम चौलागाई लगायतले समुदाय प्रहरी साझेदारी कार्यक्रमको बारेमा मन्तव्य व्यक्त गरेको थिए । 
साथै छलफल र अन्तरक्रिया मार्फत हेटौँडा बजारमा सिसिटिभीको उचित व्यवस्थापन, जिल्लाको विभिन्न भेगमा मौलाएको लागु औषध गाँजा, अफिम लगातका लागु औषधको गाउँपालिकासंग समन्व्य व्यवस्थापन र प्रकोप व्यवस्थापनका लागि प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो पुग्नका लागि उद्धार टोलिलाई  तयारी अवस्थामा राख्ने लगायतका  ३ वटा  निर्णय भएको छ । 

66627337_444456306285902_-1562861071.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

थप समाचार