Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

समुदाय प्रहरी साझेदारी कार्यक्रमको बारेमा  सरोकारवाला निकायसंग छलफल

66614867_2394742570745266-1562861069.jpg


सुनिल शिवाकोटी 
 
२६ असार, हेटौँडा
। समुदाय प्रहरी जिल्ला समिती मकवानपुरले समुदाय प्रहरी साझेदारी कार्यक्रमको बारेमा सरोकारवाला निकायसंग छलफल र अन्तरक्रिया गरेको छ । 
जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा जिल्ला प्रशासन कार्यालय मकवानपुरका भएको कार्यक्रममा सहभागिहरु प्रजिअ, जनप्रतिनिधी,प्रहरी प्रशासन, संचारकर्मी, महिला तथा बालबालिकाकर्मी, शिक्षक,विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले समुदाय प्रहरी साझेदारी कार्यक्रमको बारेका चर्चा गरेका थिए । 
कार्यक्रममा बोल्दै जिल्ला समन्व्य समिति मकवानपुरका उप प्रमुख भगवति पुडासैनीले समुदाय प्रहरी साझेदारी कार्यक्रमले समाज सुधारमा केही सकारात्क सन्देश दिएको तर गाउँ गाउँ नगर र टोलटोलमा कार्यक्रमको महत्वको बारेमा आम नागरिकलाई अझै चेतना नभएको बताईन। 
पुडासौनीले समुदाय प्रहरी साझेदारी कार्यक्रमले समुदायमा प्रहरीको भुमिकाको महत्व झल्काउने भन्दै यस कार्यक्रमलाई प्रभावकारी गराउन जि स स मकवानपुरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन ।
कार्यक्रममा बोल्दै समुदाय प्रहरी जिल्ला समिती मकवानपुर संयोजक तथा प्रजिअ अस्मान तामाङगले समुदाय प्रहरी साझेदारी कार्यक्रमले सबै वर्गलाई छोएको विशेषगरी विद्यालय तह र समाजको तल्लो तहमा समुदाय प्रहरी साझेदारी कार्यक्रमको आवश्यकतालाई बुझाउन निकै जरुरी रहेको बताएका छन । 
त्यसैगरी कार्यक्रममा बोल्दै मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जिल्लामा प्रहरीले विभिन्न नियाकसंग सहकार्य गरेर विभिन्न मितिमा विद्यालय तह र समाजको हरेक वर्ग,धर्मका आम मानिस समक्ष समुदाय प्रहरी साझेदारी कार्यक्रमको महत्वको बारेका विभिन्न कार्यक्रम गरी जानकारी गरईएको बताएका छन । उपरीक्षक सिंहले यस साझेदारी कार्यक्रमले प्रहरी र समुदायका नागरिक विच भ्रातृत्व विकास गर्न टेवा पुग्ने बताएका छन । उनले जिल्ला हुने अपराधीक गतिविधिमा यस कार्यक्रमले सहयोग गर्ने बताए । 
त्यसैगरी कार्यक्रममा बोलदै मकवानपुर उद्योग वाण्ज्यि संघका उपाध्यक्ष माधव न्यौपानेले कार्यक्रमले व्यवसायीलाई पनि निकै सहयोग गरेको भन्दै कार्यक्रमलाई प्रभावकारी बनाउन मकवानपुर उद्योग वाण्ज्यि संघ सदैव तत्पर रहेको बताए छन ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरी हुमागाईले पत्रकारले समाजमा हुने गरेका नकारात्क गतिविधीको बारेमा कलम चलाउने भएकाले समुदाय प्रहरी साझेदारी कार्यक्रमले पत्रकारलाई आफ्नो पेशामा मर्यादीत बनाउन सहयोग पुयाउने बताए । 
 कार्यक्रममा राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक कमल बहादुर थापा, मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बिष्णु ढकाल,पत्रकार सुनिल शिवाकोटी, शिक्षक  महासंघ मकवानपुर अध्यक्ष जिवन ढकाल, वाल हेल्पलाईकी सम्झना अधिकारी, राखेप प्रदेश ३ सदस्य कल्पना शर्मा, अधिवक्ता मदन दाहाल, नेपाल राष्ट्रिय अभिभावक संघका उपाध्यक्ष साधुराम चौलागाई लगायतले समुदाय प्रहरी साझेदारी कार्यक्रमको बारेमा मन्तव्य व्यक्त गरेको थिए । 
साथै छलफल र अन्तरक्रिया मार्फत हेटौँडा बजारमा सिसिटिभीको उचित व्यवस्थापन, जिल्लाको विभिन्न भेगमा मौलाएको लागु औषध गाँजा, अफिम लगातका लागु औषधको गाउँपालिकासंग समन्व्य व्यवस्थापन र प्रकोप व्यवस्थापनका लागि प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो पुग्नका लागि उद्धार टोलिलाई  तयारी अवस्थामा राख्ने लगायतका  ३ वटा  निर्णय भएको छ । 

66627337_444456306285902_-1562861071.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार