२६ असार, हेटौंडा। विद्यार्थी छन शिक्षक छैनन। सुन्दा अचम्म लाग्न सक्छ तर वास्तविकता हो। मकवानपुरको कैलाश गाउँपालिकाको एक विद्यालयमा भने शिक्षक नहुँदा विद्यार्थीहरु अध्ययन गर्नबाट बञ्चित भएका छन्।
कैलाश ७ मा रहेको श्री प्राथमिक विद्यालय कोथलीटार चैत्र महिनादेखि शिक्षकविहीन भएको हो । चैत्र ८ गतेबाट विद्यालयका प्रधानाध्यापक बिष्णु मिश्र र शिक्षक रबिन्द्रबहादुर प्रजाको अवकास भएपछि विद्यालय शिक्षकविहीन भएकस छन । शिक्षक नियुक्तीको लागि गाउँपालिकालाई पटक पटक अनुरोध गर्दा पनि कुनै सुनुवाई नभएको स्थानीय अभिभावकले जानकारी दिएका छन् । स्थानीय युवाहरु रेणुका प्रजा र निमा प्रजाले विना तलब विद्यार्थीलाई पढाउँदै आएका छन् । ‘विद्यालयमा शिक्षक नै नभएपछि स्थानीय युवाहरुले हेरिदिने गरेका छन् । हामीले तलब दिन सकेका छैनौं’, विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशव चेपाङले भने, ‘हामीले विज्ञापन गर्न खोजेको थियौँ, गाउँपालिकाले रोक्यो । जिल्ला शिक्षा विकास समन्वय इकाई कार्यालय र कैलाश गाउँपालिकासंग पटक पटक हारगुहार गर्दा पनि माग सम्बोधन हुन सकेको छैन ।’ शिक्षक नियुक्ती गर्न खोज्दा गाउँपालिका अध्यक्ष टंक मोक्तानसहित जिम्मेवार पदाधिकारीले तलब कहाँबाट खुवाउछौ भन्दै शिक्षक नियुक्ति नदिएको चेपाङले बताए । विद्यालयमा १६९ जना विद्यार्थी रहेका छन् । अधिकांक चेपाङ विद्यार्थी रहेको विद्यालयमा गाउँपालिकाको लापरबाहीले उनीहरुको भविष्य अन्यौलमा परेको स्थानीय अभिभावकको गुनासो छ । ७ नम्बर वडामा कांग्रेसले जितेको कारण गाउँपालिकाले भेदभाव गरेको स्थानीयको भनाई छ । ‘गाउँपालिका अध्यक्ष माक्र्सवादको प्रशिक्षण दिँदै हिँडेका छन् । यता विद्यालयमा शिक्षक नहुँदा उनीहरुको भविष्य अन्धकार बनेको छ’, एक अभिभावकले गुनासो गरे । ७ नम्बर वडा अध्यक्ष उदास लामाले विद्यालयमा शिक्षक नहुँदा विजोग भएको स्वीकार्दै गाउँपालिकाले वास्ता नगरेको प्रतिक्रिया दिए । ‘एउटा वडा अध्यक्षले गाउँपालिकाको कारण आफ्नो वडाको विद्यालयमा शिक्षक नियुक्त गर्न सकेको छैन’, उनले भने, ‘गाउँपालिकाबाट किन असमान व्यवहार भैरहेको छ बुझ्न सकेको छैन ।’
यता यस बिषयमा बुझ्न गाउँपालिका अध्यक्ष टंक मोक्तानसंग फोन सम्पर्क गर्दा मोक्तानको फोन लागन सकेन ।विद्यालयमा १६९ जना विद्यार्थी अध्ययनरत रहेका छन्
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...


















-1780-1781487498.jpg)