२६ असार, हेटौंडा। विद्यार्थी छन शिक्षक छैनन। सुन्दा अचम्म लाग्न सक्छ तर वास्तविकता हो। मकवानपुरको कैलाश गाउँपालिकाको एक विद्यालयमा भने शिक्षक नहुँदा विद्यार्थीहरु अध्ययन गर्नबाट बञ्चित भएका छन्।
कैलाश ७ मा रहेको श्री प्राथमिक विद्यालय कोथलीटार चैत्र महिनादेखि शिक्षकविहीन भएको हो । चैत्र ८ गतेबाट विद्यालयका प्रधानाध्यापक बिष्णु मिश्र र शिक्षक रबिन्द्रबहादुर प्रजाको अवकास भएपछि विद्यालय शिक्षकविहीन भएकस छन । शिक्षक नियुक्तीको लागि गाउँपालिकालाई पटक पटक अनुरोध गर्दा पनि कुनै सुनुवाई नभएको स्थानीय अभिभावकले जानकारी दिएका छन् । स्थानीय युवाहरु रेणुका प्रजा र निमा प्रजाले विना तलब विद्यार्थीलाई पढाउँदै आएका छन् । ‘विद्यालयमा शिक्षक नै नभएपछि स्थानीय युवाहरुले हेरिदिने गरेका छन् । हामीले तलब दिन सकेका छैनौं’, विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशव चेपाङले भने, ‘हामीले विज्ञापन गर्न खोजेको थियौँ, गाउँपालिकाले रोक्यो । जिल्ला शिक्षा विकास समन्वय इकाई कार्यालय र कैलाश गाउँपालिकासंग पटक पटक हारगुहार गर्दा पनि माग सम्बोधन हुन सकेको छैन ।’ शिक्षक नियुक्ती गर्न खोज्दा गाउँपालिका अध्यक्ष टंक मोक्तानसहित जिम्मेवार पदाधिकारीले तलब कहाँबाट खुवाउछौ भन्दै शिक्षक नियुक्ति नदिएको चेपाङले बताए । विद्यालयमा १६९ जना विद्यार्थी रहेका छन् । अधिकांक चेपाङ विद्यार्थी रहेको विद्यालयमा गाउँपालिकाको लापरबाहीले उनीहरुको भविष्य अन्यौलमा परेको स्थानीय अभिभावकको गुनासो छ । ७ नम्बर वडामा कांग्रेसले जितेको कारण गाउँपालिकाले भेदभाव गरेको स्थानीयको भनाई छ । ‘गाउँपालिका अध्यक्ष माक्र्सवादको प्रशिक्षण दिँदै हिँडेका छन् । यता विद्यालयमा शिक्षक नहुँदा उनीहरुको भविष्य अन्धकार बनेको छ’, एक अभिभावकले गुनासो गरे । ७ नम्बर वडा अध्यक्ष उदास लामाले विद्यालयमा शिक्षक नहुँदा विजोग भएको स्वीकार्दै गाउँपालिकाले वास्ता नगरेको प्रतिक्रिया दिए । ‘एउटा वडा अध्यक्षले गाउँपालिकाको कारण आफ्नो वडाको विद्यालयमा शिक्षक नियुक्त गर्न सकेको छैन’, उनले भने, ‘गाउँपालिकाबाट किन असमान व्यवहार भैरहेको छ बुझ्न सकेको छैन ।’
यता यस बिषयमा बुझ्न गाउँपालिका अध्यक्ष टंक मोक्तानसंग फोन सम्पर्क गर्दा मोक्तानको फोन लागन सकेन ।विद्यालयमा १६९ जना विद्यार्थी अध्ययनरत रहेका छन्
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




