Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

देउरालीको पहिरो हटाइयो, फाखेल र सिस्नेरी अझै अवरुद्ध, लगातारको बर्षाले जनजिवन कष्टकर

66266922_2543857328980256-1562901637.jpg

२७ असार, हेटौंडा । हेटौँडाबाट काठमाडौँ जाने छोटो बाटो सिस्नेरी–फाखेल–हुमाने–काठमाडौं सडकखण्ड अन्तर्गत देउरालीमा झरेको पहिरो हटाइएको छ । 
विहिबार देखि परेको पानीका कारण ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ देउराली भन्दा एक किलोमिटर तल झरेको पहिरो हटाइएपनि गाडी भने सुचारु हुन सकेको छैन । 
फाखेल र सिस्नेरीमा झरेको पहिरो अझै हटाउँन नसकिएका कारण बाटो सुचारु हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।
बिहिबार राति देखि परेको पानीले लेदो माटोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । भिमफेदीका प्रहरी निरिक्षक सन्त लामाको नेतृत्वमा गएको प्रहरी टोलीको सकृयतामा पहिरो पन्छाइएको प्रहरी उपरिक्षक सिंहले जनाकारी दिए । यस्तै जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरिक्षक सुरेन्द्र श्रेष्ठको टोली त्यस तर्फ परिचालन गरिसकिएको पनि प्रहरी उपरिक्षक सिंहले बताए ।
यता, निरन्तर परेको बर्षासंगै गएको पहिरोले गर्दा सोमबारदेखि अवरुद्ध कान्तिलोकपथ सुचारू हुन सकेको छैन ।
कान्तिलोकपथ अन्तर्गत  भिमफेदी गाउँपालिका ८ गगटे, कालोपहिरो भन्ने ठाउँमा सोमबार दिउँसो  पहिरो  र मंगलबार बिहान लेनडाडा सिमात खोला नजिकै ठुलो ढुङ्गा खस्दा राजपथ अबरुद्ध बनेको इलाका प्रहरी कार्यालय ठिङ्गनका प्रहरी निरीक्षक सागर विक्रम राणाले बताएका छन् ।
यस्तै लगातारको बर्षा पछि आएको बाढीले कुखरेनी खोलामा विहिबार मात्रै हालेको हुमपाइप बगाएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरी हेटौँडा ५ सनोपोखरा पिप्ले कुना क्षेत्र डुवानमा परेको छ । राप्ति र कर्रा खोलमा पानिको वहाव लगाता बढीरहेको छ । 
संभावित खतरालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यलय मकवानपुरले सुरक्षा टोलीलाई तैनाथ अवस्थामा राखिएको र केही टोलीलाई परिचालन समेत गरिसकिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरिक्ष मुकेश कुमार सिंहले जानकारी दिए ।
 

sadak_SWWYvbvWL2-15628939-1562901639.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार