२७ असार, हेटौंडा । हेटौँडाबाट काठमाडौँ जाने छोटो बाटो सिस्नेरी–फाखेल–हुमाने–काठमाडौं सडकखण्ड अन्तर्गत देउरालीमा झरेको पहिरो हटाइएको छ ।
विहिबार देखि परेको पानीका कारण ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ देउराली भन्दा एक किलोमिटर तल झरेको पहिरो हटाइएपनि गाडी भने सुचारु हुन सकेको छैन ।
फाखेल र सिस्नेरीमा झरेको पहिरो अझै हटाउँन नसकिएका कारण बाटो सुचारु हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।
बिहिबार राति देखि परेको पानीले लेदो माटोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । भिमफेदीका प्रहरी निरिक्षक सन्त लामाको नेतृत्वमा गएको प्रहरी टोलीको सकृयतामा पहिरो पन्छाइएको प्रहरी उपरिक्षक सिंहले जनाकारी दिए । यस्तै जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरिक्षक सुरेन्द्र श्रेष्ठको टोली त्यस तर्फ परिचालन गरिसकिएको पनि प्रहरी उपरिक्षक सिंहले बताए ।
यता, निरन्तर परेको बर्षासंगै गएको पहिरोले गर्दा सोमबारदेखि अवरुद्ध कान्तिलोकपथ सुचारू हुन सकेको छैन ।
कान्तिलोकपथ अन्तर्गत भिमफेदी गाउँपालिका ८ गगटे, कालोपहिरो भन्ने ठाउँमा सोमबार दिउँसो पहिरो र मंगलबार बिहान लेनडाडा सिमात खोला नजिकै ठुलो ढुङ्गा खस्दा राजपथ अबरुद्ध बनेको इलाका प्रहरी कार्यालय ठिङ्गनका प्रहरी निरीक्षक सागर विक्रम राणाले बताएका छन् ।
यस्तै लगातारको बर्षा पछि आएको बाढीले कुखरेनी खोलामा विहिबार मात्रै हालेको हुमपाइप बगाएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरी हेटौँडा ५ सनोपोखरा पिप्ले कुना क्षेत्र डुवानमा परेको छ । राप्ति र कर्रा खोलमा पानिको वहाव लगाता बढीरहेको छ ।
संभावित खतरालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यलय मकवानपुरले सुरक्षा टोलीलाई तैनाथ अवस्थामा राखिएको र केही टोलीलाई परिचालन समेत गरिसकिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरिक्ष मुकेश कुमार सिंहले जानकारी दिए ।
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...


















-1780-1781487498.jpg)