Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

देशैभर बाढी र पहिरोको कारण १७ जनाको मृत्यु, ७ जना बेपत्ता

111-1562981446.jpg

२८ असार, हेटौँडा । लगातारको झरीका कारण आएको बाढी पहिरोमा परि १७ जनाको ज्यान गएको छ । बाढी पहिरोमा परि ७ जना बेपत्ता भएका छन् । त्यस्तै बाढी पहिरोमा परि ७ जना घाइते भएका छन् । 
घरको पर्खाल भत्किँदा काठमाण्डौको मूलपानीमा एकै परिवारका तीन जनाको ज्यान गएको छ । मूलपानीको बाबाचोकको नजिकै रहेको घरको पर्खाल भत्किँदा बारा देवताल गाउँपालिका ५ घर भई अहिले कागेश्वरी मनोहरा–६, मूलपानी बस्ने ३५ वर्षीया शर्मिला यादव, गर्भवती रहेकी ३० वर्षीया   नितु यादव र १३  वर्षीय कुन्दन यादवको ज्यान गएको हो । 
यस्तै खोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखाको पहिरोमा परि हराएका तीन जनाको शव भेटिएको छ । शुक्रबार बिहान पहिरोले घर बगाउँदा हराएका २९ वर्षीया रेखा राईसँगै उहाँका ४ वर्षीय छोरा रमण र ७ महिने छोरा रोजनको शव निकालिएको प्रहरीले जनाएको छ । रेखाका श्रीमान् विष्णु भने भागेर बाँचेका प्रहरीले जनाएको छ ।
यस्तै, पहिरोले पुरिएर भोजपुर रामप्रसाद राई गाउँपालिका ७, बासिखोराका जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका जनक विकको ज्यान गएको प्रहरीले जनाएको छ । यसैगरी पहिरोले घर पुर्दा काभ्रेको बनेपा नगरपालिका ३ चुनतालमा हजुरआमा गोमा दंगाल र उहाँकी नातिनीको ज्यान गएको छ । पहिरोमा परेर दुई जना घाइते भएका छन् । 
ललितपुरको बाग्मती गाउँपालिका–२ माल्टामा पञ्चलाल जिम्बाको घर पहिरोले पुरिँदा ११ वर्षका छोरा सरोज जिम्माको ज्यान गएकोे बाग्मती गाउँपालिकाले जनाएको छ । अर्को छोराको भने उद्दार गरिएको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए । यस्तै गोठ भत्किँदा रामेछाप नगरपालिका–५, रामपुरकी पदम कुमारी सुनुवारको ज्यान गएको प्रहरीले जनाएको छ । 
यस्तै सिन्धुलीको फिक्कल गाँउपालिका १ महादेवडाँडाकी हेमकुमारी सुनुवारको पहिरोले बगाएर ज्यान गएको छ । यस्तै पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ का ११ वर्षीय निखिल पटेलको बाढीमा डुबेर ज्यान गएकोे छ । सिङ्गीयाही खोलामा आएको बाढीबाट दाउरा तान्न खोज्दा उनी डुबेको प्रहरीले जनाएको छ ।
यस्तै, धादिङको गजुरी गाउँपालिका ४ बालुवाडाँडामा  घर भत्किँदा कृष्णबहादुर तामाङकी ८ वर्षीया छोरी अस्मिताको ज्यान गएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १२ वर्षीय जयराम तामाङ घाइते भएका छन् ।
यस्तै मकवानपुरको थाहा नगरपालिका–७, आग्राको बाल्चा भिरमा चिप्लेर लड्दा रौतहटको जितपुर नगरपालिका ६ का उमेश यादवको ज्यान गएको छ । थाहा नगरपालिका वडा नम्बर–३, मा महाभिर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको ज्यान गएको छ । दम्कीबाट खोलाले बगाएको उनलाई चार सय मिटर तल पुगेपछि स्थानीय बासिन्दाले उद्दार गरी अस्पताल पु¥याएका थिए । उपचारका क्रममा अस्पतालमा उनको ज्यान गएको हो । 
यसैगरि मकवानपुरको कैलाश गाउँपालिकामा निरन्तर परेको वर्षातको कारण डुडु खेलामा आएको बाढीले स्थानिय कान्छा सुनारलाई बगाएको प्रहरीले जनाएको छ । साभारः उज्याले अनलाइन
 

1111-1562981447.jpg
11111-1562981448.jpg
aa-1562981448.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716165644.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी, मधेश, लुम्बिनी, ...

मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

थप समाचार