२८ असार, हेटौँडा । लगातारको झरीका कारण आएको बाढी पहिरोमा परि १७ जनाको ज्यान गएको छ । बाढी पहिरोमा परि ७ जना बेपत्ता भएका छन् । त्यस्तै बाढी पहिरोमा परि ७ जना घाइते भएका छन् ।
घरको पर्खाल भत्किँदा काठमाण्डौको मूलपानीमा एकै परिवारका तीन जनाको ज्यान गएको छ । मूलपानीको बाबाचोकको नजिकै रहेको घरको पर्खाल भत्किँदा बारा देवताल गाउँपालिका ५ घर भई अहिले कागेश्वरी मनोहरा–६, मूलपानी बस्ने ३५ वर्षीया शर्मिला यादव, गर्भवती रहेकी ३० वर्षीया नितु यादव र १३ वर्षीय कुन्दन यादवको ज्यान गएको हो ।
यस्तै खोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखाको पहिरोमा परि हराएका तीन जनाको शव भेटिएको छ । शुक्रबार बिहान पहिरोले घर बगाउँदा हराएका २९ वर्षीया रेखा राईसँगै उहाँका ४ वर्षीय छोरा रमण र ७ महिने छोरा रोजनको शव निकालिएको प्रहरीले जनाएको छ । रेखाका श्रीमान् विष्णु भने भागेर बाँचेका प्रहरीले जनाएको छ ।
यस्तै, पहिरोले पुरिएर भोजपुर रामप्रसाद राई गाउँपालिका ७, बासिखोराका जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका जनक विकको ज्यान गएको प्रहरीले जनाएको छ । यसैगरी पहिरोले घर पुर्दा काभ्रेको बनेपा नगरपालिका ३ चुनतालमा हजुरआमा गोमा दंगाल र उहाँकी नातिनीको ज्यान गएको छ । पहिरोमा परेर दुई जना घाइते भएका छन् ।
ललितपुरको बाग्मती गाउँपालिका–२ माल्टामा पञ्चलाल जिम्बाको घर पहिरोले पुरिँदा ११ वर्षका छोरा सरोज जिम्माको ज्यान गएकोे बाग्मती गाउँपालिकाले जनाएको छ । अर्को छोराको भने उद्दार गरिएको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए । यस्तै गोठ भत्किँदा रामेछाप नगरपालिका–५, रामपुरकी पदम कुमारी सुनुवारको ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै सिन्धुलीको फिक्कल गाँउपालिका १ महादेवडाँडाकी हेमकुमारी सुनुवारको पहिरोले बगाएर ज्यान गएको छ । यस्तै पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ का ११ वर्षीय निखिल पटेलको बाढीमा डुबेर ज्यान गएकोे छ । सिङ्गीयाही खोलामा आएको बाढीबाट दाउरा तान्न खोज्दा उनी डुबेको प्रहरीले जनाएको छ ।
यस्तै, धादिङको गजुरी गाउँपालिका ४ बालुवाडाँडामा घर भत्किँदा कृष्णबहादुर तामाङकी ८ वर्षीया छोरी अस्मिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १२ वर्षीय जयराम तामाङ घाइते भएका छन् ।
यस्तै मकवानपुरको थाहा नगरपालिका–७, आग्राको बाल्चा भिरमा चिप्लेर लड्दा रौतहटको जितपुर नगरपालिका ६ का उमेश यादवको ज्यान गएको छ । थाहा नगरपालिका वडा नम्बर–३, मा महाभिर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको ज्यान गएको छ । दम्कीबाट खोलाले बगाएको उनलाई चार सय मिटर तल पुगेपछि स्थानीय बासिन्दाले उद्दार गरी अस्पताल पु¥याएका थिए । उपचारका क्रममा अस्पतालमा उनको ज्यान गएको हो ।
यसैगरि मकवानपुरको कैलाश गाउँपालिकामा निरन्तर परेको वर्षातको कारण डुडु खेलामा आएको बाढीले स्थानिय कान्छा सुनारलाई बगाएको प्रहरीले जनाएको छ । साभारः उज्याले अनलाइन
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...


















-1780-1781487498.jpg)