Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

शनिबार पनि देशका धेरै ठाउँमा हुरीबताससहित ठूलो पानी पर्ने 

IRA_.2019_0712_0010_hQqUY-1562983113.jpg

२८ असार, हेटौँडा । शनिबार पनि देशका धेरै ठाउँमा हुरीबताससहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।
मनसुनी न्यूनचापिय रेखामा न्यूनचापिय क्षेत्र पनि मिसिएपछि बिहीबार रातिदेखि नै मध्य र पूर्वका धेरै ठाउँमा हुरीबताससहित निकै ठूलो पानी परेको मौसम पुर्वानुमान महाशाखाले जनाएको हो ।
महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार यो प्रणाली पश्चिमसम्म नै फैलिएकाले शनिबार पश्चिमी तराईमा पनि ठूलो पानी पर्ने सम्भावना छ ।
शनिबार भने लगातार झरी पर्ने सम्भावना कम रहेको मौसमविद् श्रेष्ठले बताए । तर पनि धेरै ठूलो पानी पर्ने देखिएकाले पूर्व र मध्य क्षेत्रका पहाडी भेगमा पहिरो खस्ने तथा मध्य, पूर्व र पश्चिमको तराई क्षेत्रका नदीमा ठूलो बाढी आउँने भएकाले सजग भने हुनुपर्ने उनको भनाइ छ ।
यस्तै हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिबिलिटिका कारण अवरोध आउने सक्ने भएकोले उच्च सतर्कता अपनाउन उनले आग्रह गरे । झरी नपरे पनि सोमबारसम्म नै केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको श्रेष्ठले बताए ।
गएको २४ घण्टामा सिमरामा ३ सय ११ दशमलव ९ मिलिमिटर, जनकपुरमा २ सय ४५ दशमलव २ मिलिमिटर, धरानमा १ सय ५५ मिलिमिटर, काठमाण्डूमा १ सय १५ दशमलव २ मिलिमिटर र ओखलढुंगामा १ सय १ दशमलव ३ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा

२ जेठ, हेटौंडा। बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन...

इन्द्रसरोवरमा भ्यान दुर्घटना, ४ जना घाइते
images-1715780125.jpg

२ जेठ, हेटौंडा। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित फर्पिङ कुलेखानीमा भ्यान गाडी दुर्घटना हुँदा...

हेटौंडा १७ को रानीखोला राजदेवी खानेपानी बोर्डको स्वामित्वमा
FB_IMG_1715754202947-1715778586.jpg

२ जेठ, हेटौडा । हेटौडा–१७ मा रहेको रानी खोला राजदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बुधवारबाट हेटौडा...

सन्दीप लामिछानेले पाए सफाई
FB_IMG_1715776730960-1715777674.jpg

२ जेठ, काठमाण्डौं। क्रिकेटर सन्दीप लामिछानेले सफाई पाएका छन्। लामिछानेलाई बुधबार  उच्च अदालत पाटनले बलात्कार...

संसदमा कांग्रेसको दादागिरी चल्न दिंदैनौंः ओली
Screenshot_20240515_16205-1715769371.jpg

२ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब संसदमा कांग्रेसको दादागिरी चल्न नदिने बताएका छन् ।...

दीपेन्द्र टी-२० अलराउण्डरतर्फ १० औं स्थानमा
DipendraSinghAiree_202310-1715768654.jpg

२ जेठ, काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२० अलराउण्डर वरीयतामा एक स्थान सुधारेका छन्...

बुधबार सुनचाँदीको मूल्य बढेर कारोबार
Gold-1715767875.jpg

२ जेठ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन...

गृहमन्त्री र नेपालका लागि स्विडेनका राजदूतबीच भेटवार्ता
rabi-lamixane-sweden-rajd-1715767356.jpg

२ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछाने र नेपालका लागि स्विडेनका राजदूत जन थेलेफबीच शिष्टाचार भेटवार्ता भएको छ...

मकवानपुरगढीमा मोटरसाइकल पल्टिदा दुई जना गम्भीर घाइते
images-1715755255.jpg

२ जेठ, हेटौंडा। आइतबार राति मकवानपुरगढी वडा नम्बर २ मा मोटरसाइकल पल्टिदा दुई जना घाईते भएका छन।  मकवानपुरगढि २...

थप समाचार