Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बाढी पहिरोका कारण मकवानपुरमा मृत्यु हुनेको संख्या तीन 

111-1563002592.jpg

२८ असार, हेटौँडा । विहिबार देखिको अबिरल बर्षाको कारण आएको बाढी र पहिरोका कारण मकवानपुरमा मात्रै मृत्यु हुनेको संख्या तीन पुगेको छ । 
मकवानपुरको थाहानगरपालिका–३ मा दम्की खोलाले बगाउँदा १४ बर्षीया स्कुले छात्राको मृत्युभएको छ । स्थानीय जनकल्याण मावीमा अध्ययनरत बालिका सन्तमाया बलामी स्कुलबाट घर फर्कनेक्रममा खोला तर्दा उनलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
यस्तै मकवानपुरको इन्द्रसरोबर २ मा शुक्रबार साँझ भेलले  बगाउँदा एक युवतिको मुत्यु  भएको छ । इन्द्रसरोबर २, हेचुलिमा १४ बर्षीया सुष्टी डिमडुङगलाइ घर नजिकै आएको भेलले  बगाएको प्रहरीले जनाएको छ ।
यसैगरी मकवानपुरको कैलाशगाउँपालिका १० मा शुक्रबार साँझ खोलामा आएको बाढीले बगाउँदा वेपत्ता भएका एक जना पुरुषको शव भेटिएको छ । कैलाश १० का अन्दाजी ५०÷५५ बर्षका सानु कान्छा सुनारलाई डुडु खोला तर्ने क्रममा खोलामा आएको बाढीले बगाएको थियो ।
अबीरल वर्षासंगै आएको बाढी पहीरोका कारण पुर्वपश्चिम राजमार्ग अबरुद्ध भएको छ । राजमार्गको चुरियामाई सडकखण्डमा पहीरो गएर सवारी आवागमनमा अवरोध पुगेको छ ।
यस्तै मनहरी ज्यामीरे सडक खण्डमा रुख ढलेर राजमार्ग रोकीएको छ । दुबै स्थलमा जनपथ र सशस्त्र प्रहरीको टोली परिचालन गरी राजमार्ग खुलाउने प्रयास भईरहेको मकवानपुरका प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिए ।
यस्तै छोटो दुरीमा चल्ने काठमाडौँ सिस्नेरी हेटौंडा सडक र काठमाडौँ फाखेल हेटौँडा सडक खण्डपनि पहिरोका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार