Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

बाढी पहिरोका कारण मकवानपुरमा मृत्यु हुनेको संख्या तीन 

111-1563002592.jpg

२८ असार, हेटौँडा । विहिबार देखिको अबिरल बर्षाको कारण आएको बाढी र पहिरोका कारण मकवानपुरमा मात्रै मृत्यु हुनेको संख्या तीन पुगेको छ । 
मकवानपुरको थाहानगरपालिका–३ मा दम्की खोलाले बगाउँदा १४ बर्षीया स्कुले छात्राको मृत्युभएको छ । स्थानीय जनकल्याण मावीमा अध्ययनरत बालिका सन्तमाया बलामी स्कुलबाट घर फर्कनेक्रममा खोला तर्दा उनलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
यस्तै मकवानपुरको इन्द्रसरोबर २ मा शुक्रबार साँझ भेलले  बगाउँदा एक युवतिको मुत्यु  भएको छ । इन्द्रसरोबर २, हेचुलिमा १४ बर्षीया सुष्टी डिमडुङगलाइ घर नजिकै आएको भेलले  बगाएको प्रहरीले जनाएको छ ।
यसैगरी मकवानपुरको कैलाशगाउँपालिका १० मा शुक्रबार साँझ खोलामा आएको बाढीले बगाउँदा वेपत्ता भएका एक जना पुरुषको शव भेटिएको छ । कैलाश १० का अन्दाजी ५०÷५५ बर्षका सानु कान्छा सुनारलाई डुडु खोला तर्ने क्रममा खोलामा आएको बाढीले बगाएको थियो ।
अबीरल वर्षासंगै आएको बाढी पहीरोका कारण पुर्वपश्चिम राजमार्ग अबरुद्ध भएको छ । राजमार्गको चुरियामाई सडकखण्डमा पहीरो गएर सवारी आवागमनमा अवरोध पुगेको छ ।
यस्तै मनहरी ज्यामीरे सडक खण्डमा रुख ढलेर राजमार्ग रोकीएको छ । दुबै स्थलमा जनपथ र सशस्त्र प्रहरीको टोली परिचालन गरी राजमार्ग खुलाउने प्रयास भईरहेको मकवानपुरका प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिए ।
यस्तै छोटो दुरीमा चल्ने काठमाडौँ सिस्नेरी हेटौंडा सडक र काठमाडौँ फाखेल हेटौँडा सडक खण्डपनि पहिरोका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

नीति तथा कार्यक्रम मन्त्रीपरिषदबाट पारित
pm-mantralay-5a4e1145ebf4-1715673239.jpg

१ जेठ, काठमाडौं । मन्त्रीपरिषद बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold1-1715668423.jpg

१ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो । मंगलबार...

यसवर्ष मनसुनमा सरदरभन्दा बढी पानी पर्ने
Capture-1715659730.JPG

१ जेठ, हेटौंडा । आगामी मनसुनमा देशका धेरै ठाउँमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम...

काँग्रेस संसदीय दलको बैठक आज
dd-1715659583.JPG

१ जेठ, हेटौंडा । काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने...

प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेश हुने
df-1715659296.JPG

१ जेठ, हेटौंडा । बागमती प्रदेश सभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को...

सन्दीप लामिछानेको मुद्धाको पेशी आज
9CuXAh9PNVbr11VdDwBmTyhM5-1715654219.jpg

१ जेठ, हेटौंडा । बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्धाको पेशी आजका लागि तोकिएको छ ।...

सरकारको वार्षिक नीति तथा कार्यक्रम आज
1641373260_1615078427_san-1715653709.jpg

१ जेठ, हेटौंडा । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ...

थप समाचार