२९ असार, हेटौँडा । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ४३ पुगेको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
शनिवाररातिसम्ममा देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । बाढी, पहिरो र डुवानमा परेका १ हजार १ सय ४ जनाको उद्धार गरिएको छ ।
बाढीपहिरोमा परी ललितपुरमा ६, भोजपुरमा ५, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३–३, धादिङ र सिन्धुलीमा २–२, पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा, चितवन, धनुषा, सुर्खेत र डोल्पामा १र१ जनाको मृत्यु भएको छ । मृतकमध्ये १८ जना महिला र २५ जना पुरुष रहेका छन् ।
त्यस्तै बाढीपहिरोमा परी मकवानपुरमा चार, धनकुटामा तीन, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २–२, खोटाङ, धादिङ, चितवन, दोलखा र रामेछापमा एकरएक गरी २० जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै सिन्धुली ६, इलाम र मोरङमा ३–३, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाडौँ र ललितपुरमा एक÷एक जना गरी २४ जना बेपत्ता भएका छन् । सुरक्षाकर्मीले अहिले पनि उद्धार कार्य भने जारी रहेको जनाएको छ ।
बाढी र पहिरोमा परेका महोत्तरीमा ५ सय, रौतहटमा २ सय, काठमाडौंमा १ सय ८५, सिन्धुलीमा ७०, उदयपुरमा १०, ललितपुरमा ८, सिरहामा २ तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १÷१ जना गरी ९ सय ७९ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
बाढीपहिरो र डुवानबाट प्रभावित स्थानमा क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रदेशका प्रहरी खटिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं उपत्यकामा ८ हजार ८ सय ५६, प्रदेश १ मा ६ हजार ३ सय ५, प्रदेश २ मा ५ हजार ७ सय २, प्रदेश ३ मा ३ हजार ४ सय ५ र कर्णाली प्रदेशमा ३ हजार १ सय १२ गरी २७ हजार ३ सय ८० प्रहरी परिचालन गरिएको छ ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















