Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

पुटिनलाई कारवाही गर्ने ओबामाकाे चेतावनी

Obama-Putin-1482144233.jpg

४ पुस । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नोभेम्बरमा भएको राष्ट्रपतिको चुनाव अगावै रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई ह्याकिङमा नलाग्न आग्रह गरेको बताएका छन् । शनिबार ‘के ओबामालाई इमेल ह्याकिङ प्रकरणमा रुसी राष्ट्रपतिको हात छ जस्तो लाग्छ’ भनी सोधिएको प्रश्नमा ओबामाले भ्लादमिर पुटिनको संलग्नताबिना यस्तो हुन नसक्ने दाबी गरे । तर उनले चुनावको अभियानका क्रममा गरिएको भनिएको हस्तक्षेपका लागि रुसले सजाय पाउने बताए ।

अमेरिकाको एनपिआर रेडियोलाई दिएको अन्तर्वार्ताका क्रममा ओबामाले भने, ‘हामीले कारवाही गर्नैपर्छ र हामी गर्नेछौँ ’ क्लिन्टन र डेमोक्रेटिक पार्टीको इमेल ह्याकिङ गरेको आरोप रुसमाथि लागिरहेको छ जसको मस्कोले खण्डन गर्दै आएको छ ।

ओबामाले चुनाव अघि आफूले पाएको गुप्तचरको सूचनाले रुसले डेमोक्रेटिक पार्टीका इमेलहरु ह्याक गरिरहेकोमा आफूलाई विश्वस्त बनाएको पनि उल्लेख गरे । उनले राष्ट्रपतिमा निर्र्वािचत डोनल्ड ट्रम्पलाई अमेरिकाको चुनावी प्रक्रियामा भएको हस्तक्षेपको विषयलाई गम्भीर रुपमा लिन आह्वान गरेका छन् ।

तर उनले उक्त हस्तक्षेपले चुनावी परिणाममा निर्णायक असर गरे नगरेको बारेमा भने कुनै टिप्पणी गरेनन् । यसैबीच चुनावमा पराजित भएपछि पहिलोपटक प्रतिक्रिया जनाउँदै डेमोक्रेटिक तर्फकी उम्मेदवार हिलारी क्लिन्टनले रुसले इमेल ह्याक गरेकै कारण आफूले चुनावमा हार बेहोरेको बताएकी छन् ।

उनले आफू चुनावमा पराजित हुनुमा रुसले अनधिकृत रुपमा इमेल ह्याक गर्नुलाई जिम्मेवार ठह¥याएकी छन् । उनले पाँच वर्षअघिको रुसको संसदीय चुनावलाई आफूले धाँधलीपूर्ण भनेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूविरुद्ध व्यक्तिगत प्रतिशोध साँधेको पार्टीका आफ्ना दाताहरुलाई बताएकी हुन् । अमेरिकाको संघीय जाँच ब्यूरो एफबिआइका निर्देशक जेम्स कोमीले चुनावको केही दिनअघि अनुसन्धानबारे पत्र सार्वजनिक गरिदिँदा मुख्य राज्यहरुमा आफूले हारेको उनले उल्लेख गरिन् ।

यसैबीच अमेरिकाको गुप्तचर निकाय सिआइएको राष्ट्रपति चुनावमा रुसी हस्तक्षेप भएको भन्ने मुल्यांकन प्रति एफबिआइले समर्थन जनाएको छ । डेमोक्र्या्टिक पार्टी र क्लिन्टनकी एकजना निकट सहयोगीको इमेलहरु अनधिकृत रुपमा ह्याक गरेको अभियोग रुसमाथि लगाइँदै आएको छ ।

द न्यूयोर्क टाइम्सले भनेको छ, चुनाव अघि इमेलहरु रुसले ह्याक गरेको भन्ने खबरहरु ब्यापक रुपमा फैलिए पनि क्लिन्टनले उक्त विषयमा पहिलोपटक प्रतिक्रिया जनाएकी हुन् ।  क्लिन्टनलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले लेखेको छ, ‘यो आक्रमण म र मेरो चुनावी अभियानमाथि मात्रै होइन देशविरुद्धकै हमला हो । यो हाम्रो प्रजातन्त्रको निष्ठा र देशको सुरक्षासँग सम्बन्धित विषय हो ।’ रुसी राष्ट्रपतिका एकजना प्रवक्ताले प्रमाण बिना लगाइएको आरोप अनुचित भएको प्रतिक्रिया दिएका छन् । रिपब्लिकनका तर्फबाट राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले रुसमाथिको आरोपलाई ‘मजाक’का रुपमा चित्रण गर्दै त्यो राजनीतिक रुपमा पूर्वाग्रही भएको बताएका छन् । साभार : नागरिक न्यूज


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

थप समाचार