४ पुस । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नोभेम्बरमा भएको राष्ट्रपतिको चुनाव अगावै रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई ह्याकिङमा नलाग्न आग्रह गरेको बताएका छन् । शनिबार ‘के ओबामालाई इमेल ह्याकिङ प्रकरणमा रुसी राष्ट्रपतिको हात छ जस्तो लाग्छ’ भनी सोधिएको प्रश्नमा ओबामाले भ्लादमिर पुटिनको संलग्नताबिना यस्तो हुन नसक्ने दाबी गरे । तर उनले चुनावको अभियानका क्रममा गरिएको भनिएको हस्तक्षेपका लागि रुसले सजाय पाउने बताए ।
अमेरिकाको एनपिआर रेडियोलाई दिएको अन्तर्वार्ताका क्रममा ओबामाले भने, ‘हामीले कारवाही गर्नैपर्छ र हामी गर्नेछौँ ’ क्लिन्टन र डेमोक्रेटिक पार्टीको इमेल ह्याकिङ गरेको आरोप रुसमाथि लागिरहेको छ जसको मस्कोले खण्डन गर्दै आएको छ ।
ओबामाले चुनाव अघि आफूले पाएको गुप्तचरको सूचनाले रुसले डेमोक्रेटिक पार्टीका इमेलहरु ह्याक गरिरहेकोमा आफूलाई विश्वस्त बनाएको पनि उल्लेख गरे । उनले राष्ट्रपतिमा निर्र्वािचत डोनल्ड ट्रम्पलाई अमेरिकाको चुनावी प्रक्रियामा भएको हस्तक्षेपको विषयलाई गम्भीर रुपमा लिन आह्वान गरेका छन् ।
तर उनले उक्त हस्तक्षेपले चुनावी परिणाममा निर्णायक असर गरे नगरेको बारेमा भने कुनै टिप्पणी गरेनन् । यसैबीच चुनावमा पराजित भएपछि पहिलोपटक प्रतिक्रिया जनाउँदै डेमोक्रेटिक तर्फकी उम्मेदवार हिलारी क्लिन्टनले रुसले इमेल ह्याक गरेकै कारण आफूले चुनावमा हार बेहोरेको बताएकी छन् ।
उनले आफू चुनावमा पराजित हुनुमा रुसले अनधिकृत रुपमा इमेल ह्याक गर्नुलाई जिम्मेवार ठह¥याएकी छन् । उनले पाँच वर्षअघिको रुसको संसदीय चुनावलाई आफूले धाँधलीपूर्ण भनेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूविरुद्ध व्यक्तिगत प्रतिशोध साँधेको पार्टीका आफ्ना दाताहरुलाई बताएकी हुन् । अमेरिकाको संघीय जाँच ब्यूरो एफबिआइका निर्देशक जेम्स कोमीले चुनावको केही दिनअघि अनुसन्धानबारे पत्र सार्वजनिक गरिदिँदा मुख्य राज्यहरुमा आफूले हारेको उनले उल्लेख गरिन् ।
यसैबीच अमेरिकाको गुप्तचर निकाय सिआइएको राष्ट्रपति चुनावमा रुसी हस्तक्षेप भएको भन्ने मुल्यांकन प्रति एफबिआइले समर्थन जनाएको छ । डेमोक्र्या्टिक पार्टी र क्लिन्टनकी एकजना निकट सहयोगीको इमेलहरु अनधिकृत रुपमा ह्याक गरेको अभियोग रुसमाथि लगाइँदै आएको छ ।
द न्यूयोर्क टाइम्सले भनेको छ, चुनाव अघि इमेलहरु रुसले ह्याक गरेको भन्ने खबरहरु ब्यापक रुपमा फैलिए पनि क्लिन्टनले उक्त विषयमा पहिलोपटक प्रतिक्रिया जनाएकी हुन् । क्लिन्टनलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले लेखेको छ, ‘यो आक्रमण म र मेरो चुनावी अभियानमाथि मात्रै होइन देशविरुद्धकै हमला हो । यो हाम्रो प्रजातन्त्रको निष्ठा र देशको सुरक्षासँग सम्बन्धित विषय हो ।’ रुसी राष्ट्रपतिका एकजना प्रवक्ताले प्रमाण बिना लगाइएको आरोप अनुचित भएको प्रतिक्रिया दिएका छन् । रिपब्लिकनका तर्फबाट राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले रुसमाथिको आरोपलाई ‘मजाक’का रुपमा चित्रण गर्दै त्यो राजनीतिक रुपमा पूर्वाग्रही भएको बताएका छन् । साभार : नागरिक न्यूज
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















