Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

इन्द्रसरोबरमा ओभर फ्लोबाट पानी पठाउने

Display-Kulekhani11-1563257381.jpg

मंगलबार विहान ७ः२० मा मापन गरिएको पानीको सतह

३१ असार, हेटौँडा । नेपालकै एक मात्रै मानव निर्मित जलाशय ईन्द्रसरोबरको ढोका खोल्ने सम्भावना टरेको छ । 
सोमबार विहान अप्रत्यासित रुपमा पानीको सतह बढेपछि ड्यामको ढोका खोलेर नियन्त्रित निकास गर्ने भनिएपनि दिउँसो पानी बढ्ने क्रम कम हुँदै गएपछि ड्यामको ढोका खोलिएको थिएन । ‘जलाधार क्षेत्रमा पानी पनि नपरेको र सतह बढ्ने क्रम पनि कम भएकाले ढोका खोल्नुपर्ने अवस्था अहिले छैन ।’–एक कर्मचारीले भने–‘यसरी नै बढ्यो भने ओभर फ्लोबाट पानी पठाउने तयारी छ ।’ 
अहिले जस्तै परिस्थिति सामान्य रहँदा ढोका खोल्नुपर्ने अवस्था नआउने उनको भनाई छ । आयोजना पनि संचालनमा रहेको र मौसम पनि अनुकुल हुँदा पानी बढ्ने क्रम घटिरहेको छ । सतह अप्रत्याशित बढेर ड्याममा क्षति नपुगोस् भनेर निगरानी भने जारी रहेको छ ।
ईन्द्रसरोबर जलायश भरिन अब ३ मिटर मात्रै बाँकी रहेको छ । सरोबरमा विहान ११ः२० मा पानीको सतह १५२६.९९ पुगेको छ । १५३० मिटर पानी भण्डारण गर्न सक्ने जलाशयको क्षमता छ । जलाशयमा विहान ७ः२० मा १५२६.९१ थियो । पछिल्लो ४ घण्टामा ०.०४ मिटर पानी बढेको हो । यसलाई हेर्ने हो भने जलाशयमा पानी बढ्ने गति निकै कम भएको छ । 
२०७१ साल असोज २५ गते पनि जलायशमा पानीको सतह १५२८ मिटर पुगेको थियो । त्यतिखेर ओभरफ्लोबाटै नियमित रुपमा पानी निकासा गराईएको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार