३१ असार, काठमाडौं । प्रदेश नम्बर ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले राजीनामा दिएका छन् ।
राजिनामालाई व्यक्तिगत कारण भनिएपनि संस्थामाथिको अवमूल्यन नै राजिनामाको मूख्य कारण रहेको स्रोतको दावि छ । प्रदेश सरकारले आर्थिक बर्ष २०७६/०७७ को बजेट तयार गर्दा प्रदेश नीति तथा योजना आयोगलाई अवमूल्यन गरेपछि उनले राजिनामा दिने ‘मुड’ बनाएको एक कर्मचारीले बताए । देवकोटाको नेतृत्वमा आयोग गठनको कार्यालय व्यवस्थापन, एक बर्ष नपुग्दै प्रदेशको प्रोफाइल तयार गर्ने, प्रदेश विकासको आधारपत्र तयार, लगानी सम्मेलन, परियोजना बैंक जस्ता अवधारणा अघि सारेर व्यवस्थित विकासको आधार तयार गर्न काम थालिसकेका थिए ।
‘तर योजना आयोगले तयार गरेको खाका, आधार पत्र र परियोजना बैंक जस्ता विषयलाई सरकारले पूर्ण रुपमा वेवास्ता गर्यो ।’–ति कर्मचारीले भने–‘त्यसपछि उहाँ जस्तो इमान्दार व्यक्तिले राजिनामाको विकल्प रोज्नुपरेको हुनुपर्छ ।’ नीति तथा योजना आयोगले परियोजना बैंकमार्फत कार्यान्वयन गर्ने गरी प्रदेशको सबै निर्वाचन क्षेत्रबाट १० करोडदेखि ५० करोडसम्मको ४/४ वटा योजना माग गरेको थियो । यसका लागि प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको नेतृत्वमा अन्य सांसद, जनप्रतिनिधि लगायतको रोहवरमा योजना छनौट गरिएको थियो । पछि प्रदेशसभा सदस्यहरुलाई २/२ वटा छान्न भनिएको थियो । बजेटमा भने यसलाई पूर्ण रुपमा अवमूल्यन गरिएको थियो ।
बजेट बक्तव्यपछि आर्थिक मामिला तथा योजना मन्त्रालयको पत्रकार सम्मेलनमा पत्रकारहरुले योजना आयोगले मागेका योजना बजेटमा कसरी समावेश हुन्छन् भन्ने विषयमा प्रश्न गर्दा उनले आफु आशावादी रहेको बताएका थिए । तर मन्त्रालयगत योजना विवरण ‘रातो किताव’ आउँदा योजनाहरुलाई वेवास्ता गरिएको थियो । यस विषयमा संसदमा समेत चर्को आलोचना भएको थियो ।
सांसदहरुले नीति तथा योजना आयोगलाई ‘निकम्मा’ बनाईएको, आयोगको खारेजी हुनुपर्ने, परियोजना बैंकबाट नभई ‘हुण्डि’बाट योजना आएको, मन्त्रीहरुको खल्तिबाट योजना ल्याईयो जस्ता धारणा राखेका थिए । जवाफका क्रममा मूख्यमन्त्री डोरमणी पौडेलले पनि केही कमजोरी भएको र सच्याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
नीति आयोगको दिगो विकासको अवधारणा र सकारात्मक कामलाई प्रदेश सरकारले बेवस्ता गरि आफ्नो ढंगले चलेकै कारण उपाध्यक्ष देवकोटाको राजिनामा आएको प्रदेशसभा सदस्य निमा लामाले बताए । ‘मनोमानी हिसाबले बितरणमुखी, प्रदेश सरकार आफैले पारित गरेको आर्थिक कार्यबिधि भन्दा विपरित, संघियताको मर्म बिपरित र स्थानीय र प्रदेश बिचमा दुरी बढाउने खालको आर्थिक बर्ष २०७६/७७ को बजेट आएकोले उहाँको राजिनामा आएको हुन सक्छ ।’–उनले भने ।
यसअघि पनि सरकारले आयोग सदस्यमा नियुक्त गरेकी डा.रेणुराज भण्डारीले पद अस्विकार गरेकी थिईन् । ३ नम्बर प्रदेशका मूख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पनि असन्तुष्टी व्यक्त गर्दै राजिनामा दिएका थिए भने मूख्यमन्त्री डोरमणी पौडेलसंग विवाद भएपछि भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित पदबाट हटाईएका थिए । आयोग महिला सदस्यमा नयाँ नियुक्ति गरिएपनि मूख्य न्यायाधिवक्ता र भौतिक पूर्वाधार विकास मन्त्री भने अहिलेसम्म सरकारले ल्याउन सकेको छैन ।
देशकै उत्कृष्ट प्रदेश सरकार बन्ने लक्ष्य अघि सारेर मूख्यमन्त्री डोरमणी पौडेल नेतृत्वको सरकार गठनको १७ महिनामा पद अस्विकार, राजिनामा, बर्खास्ती लगायतका समस्याबाट गुज्रिएको छ । प्रतिपक्षमात्रै नभई सत्तपक्षीय सांसदहरु नै स्थायी राजधानी र नामाकरण गर्न नसकेको भन्दै संसदमै सरकार विरुद्ध आवाज उठाईरहेका छन् । प्रदेश सरकार समस्याको घेराबन्दीमा पर्दै गएको राजनीतिक विश्लेषकहरुको भनाई छ ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















