Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

पत्रकार पुडासैनीलाई ज्यान मार्ने धम्की, युनियन मकवानपुरद्वारा दोषिलाई कारवाहीको माग

IMG_20190717_091438-1563334234.jpg

१साउन,हेटौंडा। पत्रकार बलराम पुडासैनीलाइ ज्यान मार्ने धम्की अाएको छ ‌।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा स्ल्याब ढलानमा भएको लापरबाहीको समाचार प्रकाशन गरेबापत नेपाल पत्रकार महासंघ मकवानपुरका शाखाका सदस्य एवम् नेपाल प्रेस युनियन मकवानपुरका संगठन विभाग प्रमुख बलराम पुडासैनीमाथि ज्यान मार्ने धम्की आएको हो ।

गढी–३ स्थित भानु माविदेखि फुटसल मैदानसम्म भएको एक सय १० मिटर स्ल्याब ढलान एक महिना नबित्दै भत्किएको समाचार सम्प्रेषण गरेको भन्दै उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद घिमिरेले पत्रकार पुडासैनीलाई ज्यान मार्ने धम्की दिएको जनाइएको छ।

ज्यान मार्ने धम्की अाएसगै प्रेस युनियन मकवानपुरले धम्की आएको बिरोधमा विज्ञप्ति जारी गर्दै समाजमा भएको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध समाचार लेखेकै आधारमा ज्यान मार्नेसम्मको धम्की दिइनु निन्दनीय भएको जनाएको छ। । युनियन मनवानपुरले पत्रकारले लेखेको समाचारमा चित्त नबुझे खण्डन गर्ने वा त्यसविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था हुँदा हुँदै पत्रकारको जिउ मास्नेसम्मको 

अपराधमा तम्सने जोकोहीलाई कारबाहीको दायरमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन अनुरोध गरेको छ।  त्यसैगरी पत्रकार पुडासैनीको जिउ धनको सुरक्षा गरी उपभोक्ता समितिका अध्यक्षरामप्रसाद घिमिरेमाथि आवश्यक कारबाही गर्न युनियनले माग गरेको छ ‌‌।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा बैठक आज बस्दै
1596282866samsad-1715825396.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ ।  बैठकमा सार्वजनिक...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
dirgha_lRngsAr7Rp_L6CADlW-1715824470.jpg

३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1715823687.jpg

३ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । सभामुख देवराज घिमिरेले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1715822742.jpg

३ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  कोशी र मधेश प्रदेश सहित...

बागमतीमा मन्त्रालयको संख्या १३ पुग्यो
Capture-1715818461.JPG

३ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएको छ । विनाविभागिय मन्त्री व्यवस्थापनको लागि...

बागमतीमा दुर्घटना: पदमपोखरीका मुडवरीको मृत्यु
accident.-1715793140.jpg

२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...

पेट्रोलमा ७, डिजेल र मट्टितेलमा ५ रुपैयाँले घट्यो मूल्य
Petrol-Pump-1715784937.jpg

२ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोल र डिजेलको  मूल्य घटाएको छ । निगमले बुधबार मध्ये रातबाट लागुहुनेगरी...

क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा
Screenshot_20240515_19214-1715782202.jpg

२ जेठ, हेटौंडा। बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन...

इन्द्रसरोवरमा भ्यान दुर्घटना, ४ जना घाइते
images-1715780125.jpg

२ जेठ, हेटौंडा। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित फर्पिङ कुलेखानीमा भ्यान गाडी दुर्घटना हुँदा...

थप समाचार